तानसेनमा शाक्य निर्विराेध, यि हुन्ः नेपाली कांग्रेस पालिका हाँक्ने सभापति

तानसेनमा शाक्य निर्विराेध, यि हुन्ः नेपाली कांग्रेस पालिका हाँक्ने सभापति

पाल्पा, असाेज १३

नेपाली कांग्रेस तानसेन नगरसभापतिमा सुवर्ण शाक्य निर्विराेध निर्वाचित भएका छन् । बुधबार भएकाे नगर अधिवेशनबाट शाक्य निर्विराेध भएकाे निर्वाचन अधिकृत कुस्माखर पाेखरेलले बताए ।

यस्तै पाल्पाकाे रामपुर नगरपालिका नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराइ विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन रेग्मीलाइ पछि पार्दै भट्टराइ निर्वाचित भएका हुन् । कुल २ सय ८ मत खसेकोमा भट्टराईले १ सय २५ र रेग्मीले ८२ मत प्राप्त गरे । रिब्दीकाेट गाउँपालिकामा मतदानकाे माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित भएका छन् । उनी ९७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका छन् ।

पाली कांग्रेसको पूर्वखोला गाउँपालिकाको अधिवेशनले महिला नेतृ विष्णुकुमारी आचार्यलाई गाउँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।पाल्पाको पालिकास्तरको नेतृत्वमा उनी एक जना मात्रै महिला सभापति भएकी छिन् ।गाउँ सभापतिमा महिला निर्विरोध निर्वाचित भएपछि काँग्रेसका नेता कार्यकर्तासँगै आम नागरिकमा समेत सकारात्मक सन्देश गएको स्थानीय युवा नेता किशोर पंगेनीले बताए ।

नेपाली कांग्रेस निस्दी गाउँपालिकाकाे सभापतिमा पूर्ण बहादुर खाँड सर्वसम्मत हुँदा रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पाेखरेल निर्विराेध भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका दशवटै स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस