कांग्रेस पाल्पाद्वारा जेष्ठ राजनीतिज्ञ सभा तथा सम्मान

कांग्रेस पाल्पाद्वारा जेष्ठ राजनीतिज्ञ सभा तथा सम्मान

पाल्पा, असाेज १३

नेपाली कांग्रेस पाल्पाले जेष्ठ राजनीतिज्ञ सभा तथा सम्मान कार्यक्रम गरेकाे छ । पार्टी कार्यालयमा अायाेजित सभामा २१ जना जेष्ठ नागरिकहरूकाे सम्मान गरिएकाे हाे ।

सङ्घर्षका विभिन्न चरणमा नेतृत्व गरेका अग्रजहरूकाे सम्मानमा राजनीतिज्ञ सभा अायाेजना गरिएकाे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरि नेपालले बताए । अहिले पनि पार्टीकै हितमा अनुभव र समर्पण भावनाका साथ जीवनको उत्तरार्द्द बिताइरहेका अविभावक पार्टीका अमुल्य निधि मात्र नभएर प्रजातान्त्रिक संघर्षको गौरवपुर्ण इतिहास भएकाे उनले बताए । यस्तै नेपाली कांग्रेसका नेता राजनप्रसाद पन्तले अविभावकलाई सम्मान गर्नु भनेको हाम्रो वैचारिक सम्पदा, पार्टी इतिहास र नेतृत्व विकासका बारेमा बुझ्ने एक उत्तम तरिका भएकाे बताए ।

बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका तात्कालिक र दीर्घकालिक नीतिगत मान्यता बुझ्न जेष्ठ नागरिकहरूलाइ सम्मान गरिएकाे नेपाली कांग्रेस पाल्पाका सभापती वीर बहादुर रानाले बताए । पार्टी कार्यकर्ताहरूको सम्मान, सहानुभूति र पार्टीबारेका सूचनाले थप बाँच्ने हौसला प्रदान गर्छ । उनी भन्छन्, यदि युवा कार्यकर्ताहरूले वृद्ध पार्टी नेता वा अभिभावकबारे चासो लिएनन् भने उनीहरूले आफूलाई अक्षम वा नयाँ पुस्ताले प्रौढहरूलाई घृणा गर्दछन् भनेर सोच्ने छन् । त्यसैले यो विषय अत्यन्त संवेदनशील हो ।

सम्मानीत व्यक्तित्व वनमाली निराकारले काङ्ग्रेसको पहिलो, दोश्रो र तेश्रो पुस्ताबीच वैचारिक आदानप्रदानमा सम्मानले सहयोग पु¥याउने बताए । कार्यक्रम सचिव झपेन्द्र गहिरेकाे सञ्चालनमा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस