कांग्रेस महाधिवेशनः पाल्पाका दुइ पालिकामा निर्वाचन, ७ सर्वसम्मत, एक स्थगित

कांग्रेस महाधिवेशनः पाल्पाका दुइ पालिकामा निर्वाचन, ७ सर्वसम्मत, एक स्थगित

पाल्पा, असाेज ९

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएकाे छ भने एकवटामा स्थगित भएकाे छ ।

नेपाली कांग्रेस निस्दी गाउँपालिकाकाे सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखाेलामा बिष्णु अाचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पाेखरेल सर्वसम्मत रूपमा चयन भएका छन् । रिब्दीकाेट गाउँपालिकामा मतदानकाे माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित भएका छन् । उनी ९७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका छन् ।

यस्तै पाल्पाकाे रामपुर नगरपालिका नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराइ र अर्जुन रेग्मी बीच प्रतिस्पर्धा भएकाे छ । रामपुरमा मतदान सम्पन्न भएर मतगणना कार्य जारी रहेकाे छ । यस्तै जिल्ला सदरमुकामकाे तानसेन नगरपालिकामा उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै १४ अाैं नगर अधिवेशन स्थगित गरिएकाे छ । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नगर सभापतिमा सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा श्रेष्ठ र शाक्यको दावी छ । यद्यपी शाक्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्धारित कार्यतालिका अनुसार क्रियाशिलता सदस्य विवाद नरहेका तथा समाधान भएर वडा अधिवेशन भएका ६४ जिल्लाहरुमा पालिका अधिवेशन भएकाे हाे । १३ जिल्लामा भने सदस्यता विवाद अझै कायम नै रहेकाले वडा अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस