यसरी लेख्न सकिन्छ थेसिस (पाठ १ देखि २९ सम्म)-डा. वाग्ले

यसरी लेख्न सकिन्छ थेसिस (पाठ १ देखि २९ सम्म)-डा. वाग्ले

डा. मनप्रसाद वाग्ले

थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा छन् । नियमित कक्षा नलिएकाले लेख्न तरिका थाहा नहुँदा उनीहरूले वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् ।

पाठ १ – रिसर्च प्रपोजल कसरी तयार पार्ने?
थेसिसको प्रपोजल लेख्नेक्रममा केही विद्यार्थी तनावमा देखिनु अस्वाभाविक होइन । यसलाई तनावका रूपमा नलिई निर्माणात्मक प्रक्रियाका रूपमा बुझ्नु उचित हुन्छ । वास्तवमै यो कठिन कार्य हो । तर, जब तपाईं आफ्नो प्रपोजलमा सफल हुनुहुन्छ, थेसिसको झन्डै ५० प्रतिशत काम पूरा भएको ठान्दा हुन्छ ।प्रपोजल तयार पार्दा धेरैलाई केमा रिसर्च गर्ने भन्ने टाउको दुखाइ हुन्छ । जुन क्षेत्रमा आफ्नो बलियो पकड छ, त्यसैलाई समात्न सक्नुभयो भने सजिलो हुन्छ । यदि तपाईं माध्यमिक विद्यालयमा विज्ञान पढाउनुहुन्छ भने तपाईंको शीर्षक माध्यमिक विद्यालयको विज्ञानसँग सम्बन्धित समस्यामा आधारित गराउन सके तनाव स्वाट्टै घट्न सक्छ ।

त्यसपछि कुन समस्या लिने भन्नेमा जानोस् । पाठ्यक्रम पाठ्यपुस्तक वा शिक्षण सिकाइ वा मूल्यांकन वा कक्षा व्यवस्थापन अथवा तपाईंले अनुभूत गर्नुभएको अन्य कुनै समस्या र त्यसपछि तपाईंको थेसिसले उक्त समस्यामा अनुसन्धान गरेर कस्ता–कस्ता प्रश्नको उत्तर खोजेको हो, विचार गर्नुहोस् । ती प्रश्न नै तपाईंको ‘रिसर्च क्वैसन’ हुन् । उदाहरणका लागि यदि तपाईं माध्यमिक तहको विज्ञान विषयमा किन विद्यार्थी बढी असफल हुन्छन् भन्ने पत्ता लगाउन चाहनुहुन्छ भने तपाईंको एउटा रिसर्च क्वैसन ‘ह्वाट आर द रिजन बिहाइन्ड स्टुडेन्टस्, फेलर इन सेकेन्डरी स्कुल साइन्स सबजेक्टस्’ हुन सक्छ । यो क्वान्टिटेटिभ रिसर्चको नमुना भयो ।

क्वालिटेटिभ गर्नुहुन्छ भने त्यसैलाई अलि परिमार्जन गरेर विज्ञान विषयप्रति विद्यार्थीले आफ्नो धारणा कस्तो बनाएका रहेछन् त भनेर ‘हाउ डु स्टुडेन्टस् पर्सिभ द लर्निङ अफ साइन्स इन सेकेन्डरी स्कुल’ भनेर अगाडि बढ्न सक्नुहुन्छ ।

पाठ २- हाउ टु राइट अ टपिक अफ रिसर्च?

आज फेरि टपिककै बारेमा कुरा गरौं । यसअघि हामीले टपिक छान्नेबारे केही भनेका थियौं । सकभर आफ्नो रुचि र लगाव भएको टपिक छान्दा राम्रो भनेर । अर्को एउटा उदाहरण लिउँ है । यदि तपाईं कम साक्षर वा कम शिक्षित मानिसका समूहबारे किन उनीहरू अरूको तुलनामा कमजोर भए भन्ने अनुसन्धानमा रुचि राख्नुहुन्छ भने तपाईंको टपिक के होला ?

एउटा यस्तो हुन सक्छ ‘मिनिङ या एजुकेसन टु त मार्जिनलाइज्ड ग्रुप स् एन एथ्नोग्राफी अफ रुट इन नेपाल’ । यो उदाहरण यहाँ किन ल्याइएको हो भने टपिकमा के–के कुरा उल्लेख भए राम्रो होला भनेर हो । जस्तो यो टपिकले मार्जिनलाइज्ड ग्रुपको शिक्षामा एउटा इथ्नोग्राफी गर्छु भन्छ र त्यसको लोकेसन नेपाल देखाउँछ । अर्थात् मूल विषय मार्जिनलाइज्ड ग्रुपको शिक्षा र अनुसन्धान विधि इथ्नोग्राफी स्थान (नेपाल) र टपिकमा यसरी नै तीनवटा कुरा प्रस्ट पार्न सके अगाडिको बाटोमा अल्झिरहनुपर्दैन । यसैमा अरू विधि पनि लागू गर्न सकिन्छ ।

तपाईं केस स्टडी पनि गर्न सक्नुहुन्छ । यो क्वालिटिभ रिसर्च टाइटलको नमुना हो । क्वालिटिभ गर्नुपर्दा टपिकमा इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल, मेथड र लोकेसन खुलाउँदा राम्रो । जस्तो फोकस इन्फ्लुएन्सिङ एजुकेसन या द मार्जिनलाइज्ड ग्रुप स् सर्भ अफ रुट इन नेपाल’ । अब तपाईंहरूलाई एउटा हामेवर्क दिन्छु ।प्लिल राइट थ्री रिसर्च क्वैसन अन दिस टपिक । अर्को पाठमा हामी यसबारे छलफल गर्ने छौं ।

पाठ ३ – रिसर्च क्वैसन

गएको छलफलमा हामीले टपिक कसरी लेख्ने भन्नेबारे केही कुरा गर्यौं । वास्तवमा टपिक भनेकै तपाईंको रिसर्च प्रब्लम हो । क्वालिटी रिसर्चका लागि भने बेग्लै रिसर्च क्वैसन बनाउनु जरुरी हुन्छ । किनभने क्वालिटी रिसर्चले समाजमा जे छ, त्यो नै सत्य मानेको हुन्छ भने क्वालिटी रिसर्चले मानिसका भावना, विचार, सोचाइ फरक–फरक हुने हुनाले सत्य एउटै हुन सक्दैन ।फरक मान्छेका लागि सत्य पनि फरक हुन्छ भन्ने विश्वास गर्छ । वास्तवमा रिसर्च क्वैसन भनेको तपाईंले छान्नुभएको टपिकले कस्तो उत्तरको अपेक्षा गर्छ, त्यसले अहिले भइरहेको ज्ञानमा नयाँ कुरा के थप्न चाहन्छ भन्ने संकेत हो ।

त्यसैले, रिसर्च क्वैसन प्रस्ट, विशिष्ट र समस्यासँग प्रत्यक्ष गाँसिएको हुनु जरुरी छ । त्यसैले गएको टपिक मिनिङ या एजुकेसन टु द मार्जिनलाइज्ड ग्रुप स् एन एथ्नोग्राफी या ‘रुट इन नेपाल’ मै क्वालिटी रिसर्चको यस्तो रिसर्च क्वैसन हुन सक्छ । तर, योभन्दा फरक हुनुहुँदैन भनेकोचाहिँ होइन है । यो एउटा उदाहरणमात्रै हो ।

–हाउ डु रुट पिपुल कन्सट्रक्ट द मिनिङ अफ एजुकेसन ।

–हाउ डु दे रिलेट द मिनिङ अफ एजुकेसन टु दियर कल्चरल कन्टेक्स्ट ।

–ह्वाट भ्यालु अफ एजुकेसन डु दे सी इन दियर डेली लाइफ ।

अब तपाईं पनि एउटा रिसर्च प्रब्लम विचार गर्नुस् । त्यसैमा एउटा टपिक बनाउनुस् । रिसर्च क्वैसन लेख्ने अभ्यास गर्नुस् । शंका लागे मलाई लेखिपठाउनुस् । फेरि छलफल गर्न सकिन्छ ।

पाठ ४-इन्ट्रोडक्सन च्याप्टर

पाठ (लेसन) ३ मा हामीले रिसर्च क्वैसन्सबारे छलफल ग¥यौं । अब इन्ट्रोडक्सन च्याप्टर कसरी लेख्ने भन्नेमा छलफल गरौं । यो च्याप्टरले खासगरी तपाईंको अनुसन्धान समस्यालाई परिचय दिने काम गर्छ । पाठकले के थाहा पाउनु जरुरी हुन्छ भने तपाईंको अनुसन्धानको मुख्य एजेन्डा के हो ?

जेनेरल इन्ट्रोडक्सन

तपाईंले प्रयोग गर्नुभएका टर्मिनोलोजीले के अर्थ राख्छ ? शीर्षकले भन्न खोजेको कुरा के हो रु शीर्षक कोसँग सम्बन्धित छ रु उनीहरूको अहिलेको अवस्था कस्तो छ रु उनीहरूको अवस्थाबारे मूलतः कस्तो कुरा उठिरहेको छ आदि ।

व्याकग्राउन्ड

तपाईंलाई त्यही अनुसन्धान किन गर्नुपर्यो ?

र्यासनल त्यो अनुसन्धानले कस्तो नलेज अपेक्षा गर्छ । पर्पोज एन्ड रिसर्च क्वैसन्स तपाईंले छान्नुभएको शीर्षक र रिसर्च क्वैसन त्यस क्षेत्रको कस्तो नलेज ग्यापबाट तानिएका हुन्छन् । स्टेटमेन्ट द प्रब्लम, तपाईंको अनुसन्धान ले उक्त शीर्षकअन्तर्गत कतिमात्रै अध्ययन गर्न सक्छ । डिलिमिट्सन र च्याप्टरको अन्त्यमा एउटा समरी लेख्दा राम्रो हुन्छ, जसले तपाईंको इन्ट्रोडक्सन च्याप्टरमा मुख्य रूपमा छलफल भएका विषयवस्तुलाई सारमा उल्लेख गर्छ ।

तपाईंले व्याकग्राउन्ड पाँच सय, र्यासनल तीन सय शब्द, पर्पोज दुई वाक्य, स्टेटमेन्ट अफ द प्रब्लम दुई सय शब्दमा, रिसर्च क्वैसन्स तीनवटा र डिलिमिट्सन दुई सय शब्दमा लेख्ने प्रयास गरे पुग्छ । धेरै लामो लेख्नु जरुरी छैन । तर, एउटा कुरा के विचार गर्नु जरुरी छ भने लिटरेचन रिभ्यु दोस्रो च्याप्टरमा लेख्ने भए पनि, लिटरेचन रिभ्यु तपाईंको पहिलो काम हुन्छ । लिटरेचन रिभ्यु नगरी नलेज ग्याप थाहा हुँदैन । यो थाहा नपाई न त शीर्षक नै छान्न सकिन्छ, न त अफ द प्रब्लम र रिसर्च क्वैसन्स नै बनाउन सकिन्छ ।

पाठ ५

लिटेरेचर रिभ्यु

गएको चारवटा खण्डमा हामीले मोटामोटी रूपमा ‘इन्ट्रोडक्सन च्याप्टर’ कसरी लेख्ने भन्नेबारे कुरा ग¥यौं । आज ‘लिटेरेचर रिभ्यु’ बारे केही कुरा गरौं ।खासगरी थेसिस लेख्नेका लागि यो खण्ड एकदमै महत्वपूर्ण छ । ‘लिटेरेचर रिभ्यु’ बाट प्राप्त गरेकै ज्ञानका आधारमा सम्पूर्ण थेसिसमा सकारात्मक बल प्राप्त हुन्छ । पुस्तक, जर्नल, थेसिस, शिलालेख, डायरी, नीतिगत दस्तावेजजस्ता लेखोट, मूर्ति, तस्बिर, धार्मिक र सांस्कृतिक महत्वका वस्तुजस्ता आर्टिफ्याक्टस, भिडिओ, अडियोजस्ता मिडिया र तपाईंको अनुसन्धानसँग सम्बन्धित अन्य कुरा ‘लिटेरेचर रिभ्यु’ का लागि सामग्री हुन सक्छन् । सबैभन्दा पहिले आफ्नो थेसिससँग सम्बन्धित सामग्री पहिल्याउनुपर्ने हुन्छ । त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्छ । अध्ययन गर्दै जाँदा तपाईंको थेसिससँग मिल्ने कुरा वा तपाईंको थेसिसलाई सहयोग पुग्ने कुरा नोट गर्ने गर्नुपर्छ । नोट गर्दा दुई कुरामा ध्यान दिनुहोस् ।

पहिलो, घतलाग्दा र स–साना वाक्य हुबहु सारेर ‘इन्भर्टेड कमा’ भित्र राखी त्यो कुन स्रोतबाट झिकिएको हो, पेज नम्बरसहित कोष्ठमा वा फुटनोटमा जनाउनुपर्ने हुन्छ ।

दोस्रो, धेरै लामा परिच्छेद हुबहु सार्न मिल्दैन । त्यस्ता परिच्छेद हुबहु सारेको पाइएमा त्यसलाई ‘प्लगिरिजम’ अर्थात् बौद्धिक चोरी गरेको ठहरिन्छ । तपाईंको थेसिस अस्वीकृत गरिन्छ । त्यसैले त्यस्ता परिच्छेद आफैंले पढ्ने, अर्थ बुझ्ने अनि आफ्नै किसिमले लेख्ने गर्नुपर्छ, जसलाई ‘प्याराप्रसिङ’ भनिन्छ । ‘प्याराप्रसिङ’ गर्दा पनि कोष्ठ वा फुटनोटमा उक्त सामग्री कहाँबाट प्राप्त भएको हो वा कसले लेखेको हो भन्ने कुरा उल्लेख गर्नुपर्छ ।

अर्को पाठमा हामी ‘लिटेरेचर रिभ्यु’ गर्दा के–के गर्ने र कसरी गर्ने भन्ने विषयमा केन्द्रित हुनेछौं ।

पाठ ६

लिटेरेचर रिभ्यु

अघिल्लो पाठमा हामीले लिटेरेचर रिभ्युबारे परिचय लिने काम गर्यौं । आज हामी लिटेरेचर रिभ्युमा के–के रिभ्यु गर्ने भनेर छलफल गर्ने छौं । खासगरी लिटेरेचर रिभ्युमा चार किसिमका लिटेरेचर खोजेर रिभ्यु गर्ने गरिन्छ । ती हुन् :

थिमेटिक रिभ्यु:

तपाईंको टपिकसँग मेल खाने कुनै पनि विषयवस्तु यसमा पर्छन् । कुनै किताब, अनुसन्धानात्मक प्रकाशन, थेसिस, पिरियाडिकल्सजस्ता आफ्नो रिसर्च प्रब्लम र रिसर्च क्वैसनसँग मेल खाने प्रत्यक्ष वा अप्रत्यक्ष सामग्री तपाईंले रिभ्यु गर्नुपर्ने हुन्छ ।

थ्यौरिटिकल रिभ्यु :

खासगरी सोसल साइन्समा थेसिस लेख्नेहरूले कुनै न कुनै सोसल थ्यौरीको सहयोग लिने गर्छन् । यसो भनेको के हो भने तपाईं आफ्नो थेसिसलाई कुन थ्यौरीको आँखाबाट हेर्नुहुन्छ वा व्याख्या गर्न चाहनुहुन्छ भन्ने हो । जसलाई तपाईंको थ्यौरिटिकल प्रस्पेक्टिभ पनि भन्ने गरिन्छ । थ्यौरी नभई थेसिस बन्ने कुरै भएन । किनभने थेसिस भनेकै भएका थ्यौरीमा नयाँ ज्ञान थप्नु हो वा नयाँ थ्यौरी निर्माण गर्नु हो ।

इम्पिरिकल रिभ्यु :

यो भनेको तपाईंको थेसिससँग मिल्ने रिसर्च यसअघि अरू कसैले गरेको हुन सक्छ । चाहे त्यो थेसिसका रूपमा होस् वा कुनै जर्नल आर्टिकलका रूपमा । त्यो नेपालकै हुनुपर्छ भन्ने जरुरी छैन । त्यस्ता प्रिभियस रिसर्चले तपाईंले रोज्नुभएको अनुसन्धानको समस्याबारे के भनेका रहेछन् त रु त्यो कुरा लिटेरेचर रिभ्युमा अत्यन्तै आवश्यक ठानिन्छ ।

पोलिसी रिभ्यु :

कुनै पनि देशका आफ्ना नियम कानुन हुन्छन् । तपाईंको थेसिससँग सम्बन्धित पक्षमा आफ्नो देश र अन्तर्राष्ट्रिय कानुनमा केही पोलिसी, रुल्स एन्ड रेगुलेसन्स तय गरिएका हुनाले थेसिसले त्यस्ता नियम कानुनबारे तपाईंको ध्यानाकृष्ट गर्ने गर्छ । तपाईंले आफू त्यसमा सुसूचित छु भन्ने प्रमाणका रूपमा त्यस्ता डकुमेन्ट खोजी रिभ्यु गर्नुपर्ने हुन्छ ।अर्को पाठमा लिटेरेचर रिभ्युका लागि प्राप्त डकुमेन्ट कसरी रिभ्यु गर्ने भन्नेबारे छलफल गरिनेछ ।

पाठ ७

लिटेरेचर रिभ्यु–३

आज हामी लिटेरेचर रिभ्यु गर्दा के–के कुरामा विचार पुर्याउनुपर्छ । नोट गर्दा कसरी गर्ने भन्नेबारे चर्चा गर्नेछौं ।सबैभन्दा पहिला थिमेटिक रिभ्युबारे भनौं । तपाईंले फेलापार्नु भएका पुस्तक वा अन्य कुनै छापा वा विद्युतीय सामग्री तपाईंको अनुसन्धानसँग मेल खान्छ कि खाँदैन भन्ने कुरा कसरी थाहा पाउने रु सबैभन्दा पहिले तपाईं आफ्नो रिसर्च टपिकभित्र के–कस्ता कि वर्डस् छन् हेर्नुहोस् । कि वर्डस्ले माग गरेका अन्य सहायक शब्दको एउटा सूची बनाउनोस् ।

उदाहरणका लागि हाम्रो रिसर्च टपिक ‘द लेभल’ या नलेज मेनेजमेन्ट इन टिचर्स स् अ सर्भे’ या हाइयर एजुकेसन इन्स्टिच्युसन इन काठमाडौं’ भन्ने छ भने तपाईंले मुख्य रूपमा नलेज, नलेज मेनेजमेन्ट एन्ड हाइयर एजुकेसन टिचर्सलाई मुख्य खोजीको विषय बनाउनुप¥यो । फेरि ती शब्दलाई समेट्ने सहायक शब्द पनि काम लाग्ने हुन सक्छन् । जस्तो टाइप्स या नलेज, नलेज, एक्विसन, नलेज युटिलाइजेसन, नलेज प्रडक्टस्, नलेज इकोनोमी आदि । त्यसैले अब लिटेरेचरको खोजी गर्दा यस्ता शब्द भएका लिटेरेचर काम लाग्ने हुन सक्छन् भनेर विचार गर्नु राम्रो हुनेछ ।

जुन–जुन लिटेरेचरमा यी शब्दको प्रयोग भएको भेट्टाउनुहुन्छ, ती लिटेरेचर तपाईंका लागि उपयुक्त हुने भए । त्यसपछि प्राप्त लिटेरेचर अध्ययन गर्नुहोस् । नोट गर्नुहोस् । नोट गर्दा खासगरी यसमा तपाईंको टपिकलाई प्रस्ट पार्ने, तपाईंलाइ भोलि डिफेन्स गर्न सघाउ पुग्ने र तथ्यांक वा सूचना संकलन गरिसकेपछि त्यसमा थप गर्न सकिने कुरा मात्र नोट गर्नुहोस् । एउटा कुरा ख्याल गर्नुहोस् कि त्यसरी नोट गर्दा कुन किताबबाट, कहिले प्रकाशित भएको, कसले लेखेको, कसको प्रकाशन र कुन मितिको प्रकाशन हो, त्यो पनि नोट गर्दै जानुहोला । नत्र पछि थेसिस तयार भइसकेपछि फेरि त्यो विवरण कता पुगिसकेको हुन्छ । रिफ्रेन्स लिस्ट तयार पार्न कठिनाइ पर्छ ।

त्यस्तै, दोस्रोप्रकारको लिटेरेचर रिभ्यु भनेको थ्यौरिटिकल रिभ्यु हो । तपाईंको अनुसन्धानसँग प्रत्यक्ष सरोकार राख्ने थ्यौरी पहिचान गर्नु पहिलो काम हुनेछ । त्यसपछि त्यो थ्यौरी भनेको के हो रु त्यसले कस्तो दृष्टिकोण राख्छ रु त्यसका मुख्य–मुख्य दलील के हुन् ? किन ती थ्यौरी वा थ्यौरिज तपाईंको थेसिससँग सरोकार राख्छ भन्ने कुरा लेख्नुपर्ने हुन्छ ।

तेस्रो, लिटेरेचर भनेको पोलिसी रिभ्यु हो । यसअन्तर्गत तपाईंको टपिकसँग मेल खाने राष्ट्रिय वा अन्तर्राष्ट्रिय नियम कानुनको खोजी गर्नु र त्यसको विवरण छोटकरीमा लेख्नु हो ।

चौथो, लिटेरेचर भनेको इम्पिरिकल रिसर्च रिभ्यु हो । तपाईंको टपिकसँग मेल खानेखालको अनुसन्धान यसअघि धेरैले गरेका हुन सक्छन् । ती अनुसन्धानको खोजी गरेर त्यो कुन पृष्ठभूमिमा, कसले, कतिजनामा, कुन विधि अपनाएर गरेको रहेछ र त्यसको फाइन्डिङ्स के रहेछ भनेर हेर्नुपर्ने हुन्छ । त्यसको संक्षेपीकरण लेख्नुपर्ने हुन्छ ।

यति गर्दैमा तपाईंको काम पूरा हुँदैन । अरूका कुरा आफ्नो थेसिसमा उल्लेख गर्नुमात्र लिटेरेचर रिभ्यु हैन । त्यसमा आफ्नो तर्क, वादविवाद र छलफल अनिवार्य हुन्छ । त्यसैले चारवटै रिभ्युमा तपाईंको विचार, छलफल र तपाईंको अनुसन्धानसँग गाँस्दै जानुभयो भने मात्र लिटेरेचर रिभ्यु राम्रो मानिन्छ ।

पाठ ८

कन्सेप्चुअल फ्रेमवर्क

यसभन्दा अगाडिका सात खण्डमा हामीले रिसर्च प्रपोजल तयार पार्दा पहिलो दुई च्याप्टर इन्ट्रोडक्सन पार्ट र रिभ्यु अफ लिटेरेचर पार्ट कसरी लेख्ने भन्नेबारे जानकारी पायौं ।

तेस्रो च्याप्टर भनेको परम्परागत ढाँचामा मेथोलोजी च्याप्टर हो । तर, त्यो च्याप्टर सुरु गर्नुअघि तपाईंको आफ्नो रिसर्च कसरी अगाडि बढ्छ रु रिसर्च क्वैसनको उत्तर कसरी प्राप्त हुन्छ भन्नेबारे स्पष्ट हुनु जरुरी छ । तपाईंले दोस्रो च्याप्टरमा गर्नुभएको थ्यौरिटिकल रिभ्यु र तेस्रो च्याप्टरमा गर्नुहुने मेथोलोजी प्रसेसलाई कसरी तपाईंका भेरिएबल्स रिसर्च प्रब्लमसँग सम्बन्धित बनाएर अगाडि बढाउँदा तपाईंले आशा गर्नुभएको आउटपुट निस्कन्छ भन्ने सोच र त्यसको व्याख्या वा चार्ट नै कन्सेप्चुअल फ्रेमवर्क हो । यसमा तपाईंले तीन कुरा विचार गर्नुपर्यो ।

तपाईंको थ्यौरी

तपाईंको मेथोलोजी र

तपाईंको आउटपुट

यी तीन कुरालाई तपाईं कसरी संयोजन गरेर अगाडि बढ्नुहुन्छ रु भन्ने प्रश्नको जवाफ नै तपाईंको कन्सेप्चुअल फ्रेमवर्क हो । यसले तपाईंको अनुसन्धानको एउटा रूपरेखा तयार पारिदिन्छ । तपाईं त्यही गोरेटो हुँदै सहज रूपमा आफ्नो गन्तव्यमा पुग्न सफल हुनुहुन्छ । यसलाई तपाईंको रिसर्चको एउटा मानसिक चित्रण भन्दा पनि फरक पर्दैन । जसले तपाईंलाई प्रशस्त मार्गनिर्देश गर्छ ।

पाठ ९

क्वान्टिटीरक्वालिटिभ रिसर्चमा फरक

मेथोलोजी च्याप्टर सुरु गर्नुअघि तपाईं कुन प्रकारको अनुसन्धान गर्न चाहनुहुन्छ भन्नेबारे थाहा पाउन जरुरी छ । क्वान्टिटी र क्वालिटिभ रिसर्चमा फरक के छ त?

क्वान्टिटी रिसर्चमा

अंककै गणना गर्छ कि चित्रतालिका रु बरु मापन अंककै हुन्छ, मान्दैन विचार । अरू जे छ त्यो नै हो सत्य, अन्य कुरा तथ्यांकले नकार्छ । जे नै भन्छ– त्यहीमात्र सकार्छ । वस्तुगत ज्ञानमा लिप्त सत्य एक छ, आखिर सत्यता खोज्न निस्कन्छ मापन गर्न खातिर तथ्यांक । शास्त्रीय विज्ञ थिच्दै मेसिन दंग छ । दुनियाँ हाँक्छ हेर आविष्कार अनन्य छ ।

क्वालिटिभ रिसर्च

विचार–विमर्श गर्छ कि त्यो गहन छलफल जे निस्कन्छ, विचार त्यो मान्दछ है अत्युत्तम मानिस–मानिसबीच विचार फरक निरन्तर । स्वाभाविक स्थिति भित्रै ज्ञान लिन्छ । शिरोपर विषयगत ज्ञानमा लिप्त विचार बोक्छ । आखिर सत्यता एकमा होइन अनेक खोज्न खातिर स्थिति मामिला बुझ्छ । व्याख्या सोहीअनुरूप जस्ताको तस्तै बुन्छ धारणा सोच प्रारूप ।

क्वान्टिटेटिभ काउन्टिङ नम्बर्स मेकिङ फिगर्स डाटा डिमान्ड क्वान्टिटेटिभ काउन्टिङ नम्बर्स मेकिङ फिगर्स डाटा डिमान्ड स्टाट मेजर्स यु सी इज एक्ज्याक्ट पिक्चर नथिङ बियोन्ड ड्याट इज रियल मिन मेडियन भेरियन्स एन्ड मोड कोरोलेसन टेस्ट एनोभा मोर रियालिटी इज आउट दियर सिङ्गल इट आउट नलेज इज अब्जेक्टिभ फाइन्ड इट आउट डु यु नो ह्वाट दिस अन अर्थ इट इज नथिङ बट क्वान रिसर्च क्वालिटेटिभ थिङकिङ पर्सेप्सन आइडियाज मोर मीट ह्युमान सब्जेक्टस एन्ड एक्सप्लोर भ्यालु बाउन्ड एन्ड होलिस्टिक फोकस । थ्यौरिज एभोल्भेड इन न्याचुरालिस्टिक लोकस अन्डरस्ट्यान्डिङ ह्युमान इन्टरप्रिटेसन्स रियालिटी चेन्ज इन पर्सेप्सन बायोग्राफी केस स्टडी एथ्नोग्राफी फेनोमेनोलोजी एन्ड ग्राउन्ड थ्यौरी । डु यु नो ह्वाट दिस अन अर्थ इट इज नथिङ बट क्वाल रिसर्च ।

पाठ १०

मेथोलोजी

मेथोलोजी भन्नाले अनुसन्धान विधिमात्र नभई, त्योभन्दा अलि बढी कुरा जनाउँछ । त्यसैले मेथोलोजी र मेथडमा फरक छ । मेथोलोजी भन्नाले तपाईंको थेसिसको वैज्ञानिक र सैद्धान्तिक पक्ष बुझिन्छ भने मेथड भन्नाले फिल्ड वर्क कसरी गर्ने, स्याम्पल कसरी छनोट गर्ने र विश्लेषण कसरी गर्ने भन्नेमात्र बुझिन्छ । यसरी हेर्दा मेथड भनेको मेथोलोजीको एउटा भागमात्र मान्न सकिन्छ । मेथोलोजीमा तपाईंले चार मुख्य भाग लेख्नुपर्ने हुन्छ । ती हुन्:

(१) सैद्धान्तिक पक्ष स् यसलाई कसैले फिलोसोफिकल प्रेमिस पनि भन्छन् । जसअन्तर्गत सत्य त्रुथलाई हेर्ने तपाईंको दृष्टिकोण के हो रु अर्थात् तपाईंको अन्तोलोजी के हो रु तपाईंको विश्वासमा ज्ञानको सिर्जना कसरी हुन्छ रु अर्थात् तपाईंको इपिटिमोलोजी के हो रु यी दुई कुरामा प्रस्ट नभई तपाईंको मेथोलोजी अगाडि बढ्दैन । किनभने तपाईं बाहिर जे छ, त्यो नै सत्य मान्नुहुन्छ अनि ज्ञान मापन गर्न सकिन्छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको थेसिस क्वान्टिटिभ हुन्छ । तर, सत्य एउटै हुँदैन यो त मानिसका विचार र बुझाइअनुसार फरक–फरक हुन्छ भन्ने विश्वास तपाईंको हो र ज्ञानको निर्माण विषयगत हुन्छ भन्ने कुरा विश्वास गर्नुहुन्छ भने तपाईंको थेसिस क्वालिटिभ हो भन्ने बुझ्न सकिन्छ ।

त्यस्तै स्याम्पलमा लिइएको तथ्यांकले जे देखाउँछ, त्यो जनसंख्यामा हुबहु लागू गर्न सकिन्छ वा सामान्यीकरण गर्न सकिन्छ भन्ने तपाईंको विश्वास हो भने तपाईं क्वालिटिभ रिसर्च गर्दै हुनुहुन्छ । जहाँ फरक विचारको गुञ्जायस रहन्न । अर्थात् तपाईंको थेसिस भ्यालु फ्री हुन्छ । तर, आफ्ना इन्फम्यान्टससँग लिइएको सूचना सामान्यीकरणका लागि नभई प्रत्येकका विचारलाई महत्व दिँदै व्याख्यात्मक प्रस्तुति गर्ने र जे देखिन्छ त्यसलाई इन्फम्यान्टसकै विचारका रूपमा थेसिस तयार पार्न चाहनुहुन्छ भने त्यो भ्यालु लादेन हुन्छ । तपाईंको थेसिस क्वालिटिभ प्रकृतिको बन्छ ।

(२) विधि पक्ष स् यसमा तपाईंले आफ्नो अनुसन्धान ढाँचा, अनुसन्धानको प्रकार क्वालिटिभ कि क्वान्टिटिभ, तपाईंको पपुलेसन एन्ड स्याम्पल क्वान्टिटिभ भए अनि तपाईंको इन्फरम्यान्टस क्वालिटिभ भए, सूचना वा तथ्यांक संकलनका लागि टुल्स के–के, कसरी सूचना वा तथ्यांक संकलन गर्ने हो र त्यसको विश्लेषण कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्नुपर्छ । क्वान्टिटिभ भए रिप्रेजेन्टिटिभ स्याम्पल र र्यान्डमनेस आवश्यक पर्छ भने क्वान्टिटिभ भए सानो समूह वा व्यक्तिमै पनि अध्ययन गर्न सकिन्छ ।

(३) गुणात्मकता अर्थात् स् तपाईंको थेसिस गुणस्तरको छ र त्यसमा शंका गर्नुपर्दैन भन्ने प्रमाण के हो रु कसरी तपाईंको थेसिसले त्यस्ता अविश्वासका पाटालाई पाखा लगाउने काम गरेको छ त रु तपाईंले त्यस्तो विश्वास जगाउन के–के काम गर्नुभयो त रु जस्ता प्रश्नको उत्तर यसमा आवश्यक पर्छ ।

(४) नैतिकता र निष्पक्षता स् तपाईंले अनुसन्धानका दौरान गर्नुभएका काम कुराले कतै तपाईंको इमानदारीमाथि प्रश्न उठाउने त होइनन्? तपाईं कसरी अरूले पत्याउने किसिमले आफ्ना रिसर्च डिजाइन बनाउनुहुन्छ रु उदाहरणका लागि के तपाईंले आफ्नो डाटाका लागि कसैलाई बाध्य पार्नुभएको त छैन ? त्यसो हो भने तपाईंको थेसिसमा नैतिकताको प्रश्न देखियो ।

यो मेथोलोजी च्याप्टरको सामान्य परिचय हो । यसलाई अर्को पाठमा पुनः प्रस्ट पारिनेछ ।

पाठ ११

गएको पाठमा हामीले मेथोलोजी च्याप्टरमा लेखिनुपर्ने चार महत्वपूर्ण कुराबारे चर्चा गर्यौं। आज तिनै चार पक्षलाई पुनः प्रस्ट्याउने कोसिस गर्दै छु । सबैभन्दा पहिले तपाईंले आफ्नो पोजिसन क्लियर गर्नु जरुरी हुन्छ । त्यो भनेको तपाईंको दृष्टिकोणमा सत्य भनेको के हो रु अर्थात् तपाईंको अन्टोलोजी के हो रु यसले तपाईंको पूरै रिसर्चलाई गाइड गर्छ । तपाईं एउटै मात्र सत्यमा विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्च पोजिटिभिजमरपोस्ट पोजिटिभिजम ढाँचाको बन्न पुग्छ । तपाईं क्वान्टिटिभ रिसर्चमार्फत बजारमा उपलब्ध सूचना संकलन गरेर सत्य प्राप्तितिर लाग्नुहुन्छ । होइन, यदि तपाईं सत्य एउटै हुँदैन यो त विचार र भावना अनि सामाजिक परिवेशअनुसार फरक–फरक हुन्छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्च ननपोजिटिभिस्ट ढाँचाको बन्न पुग्छ । तपाईं क्वालिटिभ रिसर्चमार्फत समाजको स्थिति, मानिसका विचार र बुझाइ, फरक संस्कृतिका फरक प्रसंगजस्ता सूचना संकलन गर्नुहुन्छ र कसका लागि के सत्य हुन्छ भन्ने कुरा पत्ता लगाउनतिर लाग्नुहुन्छ ।

त्यस्तै नलेजलाई तपाईंले कसरी व्याख्या गर्नुहुन्छ भन्ने कुराले पनि तपाईंको रिसर्चलाई प्रभाव पारेको हुन्छ । जसलाई तपाईंको भउष्कतझययिनथ भनिन्छ । यदि मान्छेमा भएका ज्ञानलाई मापन गर्न सकिन्छ भन्ने वस्तुगत ज्ञानमा विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्चले सर्वेको माध्यम वा सूचनाका लागि तयार पारिएका अन्य टुलबाट संख्यात्मक तथ्यांक संकलन गर्छ । अनि तथ्यांकशास्त्रीय विधि प्रयोग गरेर ज्ञानको मापन गर्न खोज्छ । त्यसलाई ठूलो समूह वा क्षेत्रका लागि त्यही ज्ञानको सामान्यीकरण गर्छ । होइन तपाईंको विचारमा ज्ञान मापन गर्ने विषय नै होइन । यो त इन्टर्याक्सन, डिस्कोर्स वा कुराकानीका आधारमा जे देखिन्छ त्यही नै हुन्छ भन्ने विषयगत ज्ञान अर्थात् सब्जेक्टिभिटीमा विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्चले इन्टरभ्यु, फोकस ग्रुप डिस्कसन, अब्जर्भेसनजस्ता टुलको प्रयोगबाट सूचना संकलन गर्छ । त्यसैअनुरूप ज्ञान प्राप्तितिर अगाडि बढ्छ ।

तेस्रो कुरा तपाईंले आफ्नो रिसर्चको क्रेडिबिलिटी प्रमाणित गर्नुपर्ने हुन्छ । क्वान्टिटिभ रिसर्च भए टुल्सको रियायबिलिटी र भ्यालिडिटी अनि सम्पूर्ण प्रक्रियाको वस्तुनिष्ठता पुष्टि गर्नुपर्छ । क्वालिटेटिभ रिसर्चको क्रेडिबिलिटी पुष्टि गर्ने आफ्नै आधार छन् । यसबारे पछिल्ला पाठमा छलफल गर्दै गरौंला ।

चौथो पक्ष भनेको इथिकल कन्सर्न हो । तपाईंले जुनसुकै रिसर्च गरे पनि तपाईंको इमानदारी आवश्यक पर्छ । यसमा खासगरी तपाईंको सूचना संकलन कार्य पारदर्शी एवम् विनाजोरजबर्जस्ती सम्पन्न भएको प्रमाणित हुनुपर्छ । अझ अगाडि भन्नुपर्दा सूचनादाताको स्वेच्छिक स्वीकृतिविना तपाईं सूचना संकलन गर्न सक्नुहुन्न । अझ तपाईंले उनीहरूसँग अन्तर्वार्ता वा समूह छलफल गर्नुभएको छ भने त तपाईंले उक्त सूचना विश्लेषण गरिसकेपछि उनीहरूसँग भेटेर उनीहरूले भन्न खोजेको र तपाईंले विश्लेषण गरेको कुरो एउटै हो कि होइन भनेर विमर्शसमेत गरेर एकिन गर्नुपर्ने हुन्छ ।

पाठ १२

मेथोलोजी–३

गएका ११ पाठले पक्कै पनि प्रपोजल लेख्ने कुरामा केही मद्दत भयो नै होला भन्ने आशा गर्दै आजको पाठ १२ सुरु गर्दै छु ।

रिसर्चका प्रकार

मेथोलोजी च्याप्टरमा अझै धेरै कुरा गर्न बाँकी छ । हामीले क्वान्टिटिभ वा क्वालिटिभ रिसर्चबारे धेरै चर्चा ग¥यौं । रिसर्चको अर्को पक्ष पनि छ । त्यो हो– मिक्स्ड मेथोड रिसर्च । यसको अर्थ हुन्छ– तपाईं आफ्नो थेसिसमा दुवैथरी कुरा मिसाउन चाहनुहुन्छ । कसैले यसमा पनि क्वान्टिटिभ हेभी र क्जालिटिभ कम गर्न र कसैले क्वान्टिटिभ कम र वा क्वालिटिभ हेभी पनि बनाउन सक्छन् । दुवैको उत्तिकै सन्तुलन मिलाएर पनि यस्तो थेसिस लेख्न सकिन्छ । मिक्स्ड मेथोड छान्नेले आफ्नो रिसर्च क्वैसन डिजाइन गर्दा नै यसको हेक्का राख्नुपर्ने हुन्छ, कुन रिसर्च क्वैसन क्वान्टिटिभ र कुन क्वालिटिभ डाटा लिने भनेर । त्यसैले सबैभन्दा पहिले तपाईं कुन रिसर्च गर्ने हो– टुंगोमा पुग्नुपर्ने हुन्छ । मिक्स्ड मेथड नै गर्ने भए पनि क्वान्टिटिभ पार्टमा र्यान्डमनेस एन्ड रिप्रिजेन्टेटिभनेस भने हुनैपर्छ ।

यदि तपाईं क्वान्टिटिभ रिसर्च गर्न चाहनुहुन्छ भने कुन प्रकारको क्वान्टिटिभ हो, त्यसतर्फ विचार गर्नुस् । जस्तो सर्वे, क्रस सेक्सनल, केस स्टडी के हो तपाईंले गर्न खोज्नुभएको, त्यसमा स्पष्ट हुनु आवश्यक छ । किनभने त्यसले तपाईंको बाँकी काममा सघाउँछ । त्यस्तै यदि तपाईं क्वालिटिभ रिसर्च गर्न चाहनुहुन्छ भने कुन प्रकारको क्वालिटिभ हो, त्यसमा स्पष्ट हुनु जरुरी छ । जस्तो इथ्नोग्राफी, फेनोमेनोलोजी, केस स्टडी के हो त रु यसैले तपाईंको बाँकी कामलाई एउटा स्पष्ट मार्गतिर लैजान्छ ।

युनिट अफ एनालाइसिस

तपाईंले जुनसुकै रिसर्च छनोट गर्नुभए पनि भोलि डाटा एनालाइसिस गर्दा युनिट या एनालाइसिस के हो भन्ने कुरा आजै निक्र्यौल गर्नुपर्छ । युनिट या एनालाइसिस भन्नाले तपाईंको डाटा व्यक्तिप्रधान हो कि संस्थाप्रधान हो वा कुनै समूह विशेषप्रधान हो भन्ने कुरा ठहर गर्नु हो । यसले तपाईंको डाटा कलेक्सन टुल र प्रसेसमा सघाउ पुर्याउँछ ।

पाठ १३
पोजिटिभिजम एन्ड पोस्ट पोजिटिभिजम

गएका १२ वटा पाठबाट हामीले रिसर्च प्रपोजल कसरी तयार गर्ने भन्नेबारे संख्यात्मक (क्वान्टिटिभ) र गुणात्मक (क्वालिटिभ) दुवैथरी अनुसन्धानबारे छलफल गर्यौं । आजबाट हामी तिनै दुईथरी अनुसन्धानका गहन विषयवस्तुभित्र प्रवेश गर्ने प्रयास गर्नेछौं ।

तपाईंको अनुसन्धानले के कुराको खोजी गर्छ भन्ने कुरा तपाईंले कुन सत्य अंगीकार गर्नुहुन्छ (अन्टोलोजी) भन्ने कुरासँग प्रत्यक्ष सरोकार राख्छ । खासगरी प्राकृतिक विज्ञानलाई आधार बनाएर गरिने अनुसन्धान नामले वैज्ञानिक अनुसन्धान हुन् । यिनले बाहिर खोजी गरी सत्य पत्ता लगाउने कोसिस गर्छन् । सामाजिक विज्ञानमा आधारित अनुसन्धान दुई किसिमले मोडिएका हुन्छन् । पहिलो उही वैज्ञानिक तरिका तर शाश्वत सत्य नभई सत्यको नजिक पुग्ने प्रयास हो भने दोस्रोचाहिँ सत्य परिस्थितिपरक हुन्छ । एउटा सत्य सबैका लागि कहिले पनि प्राप्त गर्न सकिँदैन भन्ने विश्वास गरिन्छ ।

पोजिटिभिजम स् सत्य भन्ने कुरा हाम्रो काबुबाहिरको कुरा हो । यो यही समाजमा अवस्थित छ र त्यो शाश्वत सत्य हो । वैज्ञानिक पद्धतिद्वारा उक्त सत्य जस्ताको तस्तै पत्ता लगाउन सकिन्छ । यस्तो सत्य वस्तुगत हुन्छ । यसलाई अनुसन्धानकर्ताको विषयगत विचारले फरक पार्दैन । अनुसन्धानका प्रायः सबैजसो क्रियाकलाप सदीयौंदेखि यही मूल विचारमा आधारित छ । आज पनि हामी यसैलाई आधार बनाएर संख्यात्मक अनुसन्धान गरिरहेछौं अनि आफूले स्याम्पल छनोट गरेको जनसंख्यामा त्यसलाई सामान्यीकरण गरिरहेछौं ।

पोस्ट पोजिटिभिजम स् यो पोजिटिभिजमभन्दा केही फरक तर अनुसन्धान विधि करिब–करिब उस्तै देखिने अनुसन्धान हो । फरक के हो भने यस्तो प्रकृतिको अनुसन्धानले सत्यको करिब पुग्न सकिने तर बाहिरी संसारमै वस्तुगत सत्य छ भन्ने कुरामा भने पूर्ण विश्वास गर्दैन । यसले दुईवटा प्रमुख कुरामा आफ्नो ध्यान लगाउँछ । पहिलो कुरा त के हो भने तपाईंले गर्ने व्याख्या तपाईंले अवलोकन गर्नुभएको वा संकलन गर्नुभएको तथ्यभित्रै अन्तर्निहित हुन्छ र दोस्रो कुरा तथ्यांक संकलन प्रक्रिया पारदर्शी र व्यवस्थित हुनुपर्छ ।

मुख्य कुरा त के हो भने अनुसन्धान प्रश्न बनाउँदा वा त्यसलाई कार्यान्वयन गर्दा वा तथ्यांक संकलन गर्दा वा कुनै वस्तुस्थिति अवलोकन गर्दा वा त्यसको व्याख्या गर्दा ती कुरा अनुसन्धानकर्ताको प्रभावभन्दा बाहिर राख्न कठिन हुन्छ । त्यसैले सत्य भन्ने कुरा कुनै न कुनै रूपमा विषयगत हुन पुग्छ । अहिले बढी मात्रामा प्रचलित गुणात्मक अनुसन्धान यो कोटीभित्र पर्छन् । त्यसैले पोस्ट पोजिटिभिजमले आफ्ना रिसर्च फाइन्डिङ्सलाई इभिडेन्स बेस्ड रियालिटिजमात्र मान्छ न कि पोजिटिभिजमले जस्तो एब्सोलुट त्रुथ ।

पाठ १४

रिसर्च प्याराडिम

रिसर्च प्याराडिमले सामाजिक विज्ञानको दार्शनिक पक्षलाई उजागर गर्छ । एउटा अनुसन्धानकर्ताको यो संसार हेर्ने दृष्टिकोण जस्तो छ, उसले गर्ने अनुसन्धान पनि त्यस्तै हुन्छ । ज्ञान के हो ?सत्य के हो भन्नेबारे प्रत्येक मानिसको आ–आफ्नै विश्वास र सोचाइ हुन सक्छन्, जसले उसको अध्ययनमा गहिरो प्रभाव पार्छ । किनभने यही प्याराडिमले नै अनुसन्धानकर्ताले सामाजिक परिवेश कसरी बुझेको छ भन्ने कुरा देखाउँछ । त्यसैले त अनुसन्धान विधि तय गर्नुअघि नै रिसर्च प्याराडिम के हो भन्ने कुरा खुलाउनुपर्ने हुन्छ । खासगरी अन्टोलोजी र इपिटिमोलोजीलाई रिसर्च प्याराडिमको दार्शनिक आधार मानिन्छ ।

यदि तपाईं बाहिरी विश्वमा भएका कुरालाई नै आफ्नो सत्य मान्नुहुन्छ र त्यसभन्दा अरू सत्य केही छैन भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको प्याराडिम भनेको पोजिटिभिजम भयो किनभने पोजिटिभिजिस्टले संसारलाई हेर्ने दृष्टिकोण र तपाईंको दृष्टिकोण समान भयो । प्राकृतिक विज्ञानसँग सम्बन्धित अनुसन्धान यस कोटीमा पर्छन् । यदि तपाई बाहिरी विश्वको सत्य आत्मसात् त गर्नुहुन्छ तर ज्ञान भन्ने कुरा भ्यालु फ्री हुन सक्दैन भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्च प्याराडिम भनेको पोस्ट पोजिटिभिजम हुने भयो । खासगरी सामाजिक विज्ञानमा अनुसन्धान गर्ने संख्यात्मक अनुसन्धान यो कोटिका अनुसन्धान हुन् । अर्को रूपमा यसलाई क्रिटिकल रिलिजम पनि भनिन्छ । जसले ज्ञानको निर्माण समाजबाटै हुने भए पनि संरचनात्मक रूपमा वैज्ञानिक सिद्धान्तलाई पनि नकार्दैन ।

यदि तपाईं सत्य भन्ने कुरा समाजमा रहने मानिसले निर्माण गर्ने हो । यो प्रत्येक मानिसको सोचाइमा भर पर्छ भन्नुहुन्छ भने तपाईंको रिसर्च प्याराडिम भनेको इन्टरप्रिटिभिजम भयो, जसले कन्स्ट्रक्टिभिजममा विश्वास गर्छ । यो रिसर्च प्याराडिम भनेको पोजिटिभिजमको ठ्याक्कै अर्को ध्र्रुव हो । अर्थात् प्रायः गुणात्मक अनुसन्धान गर्नेहरू यो प्याराडिम अँगाल्छन् ।

एउटा अर्को विश्वास छ– जसले पोजिटिभिजमरपोस्ट पोजिटिभिजम र इन्टरप्रिटिभिजमजस्तो आ–आफ्नो डम्फु लिएरमात्र अनुसन्धान गर्नुपर्छ भन्ने छैन भन्ने कुरा अगाडि सार्छ । त्यो नै व्यावहारिक हो भनिन्छ । तपाईंको रिसर्च क्वैसन्सले माग गरेको उत्तरका आधारमै रिसर्च प्याराडिम तय हुन्छ । कुनै रिसर्च क्वैसन्सले पोजिटिभिजम खोज्ला त कुनैले इन्टरप्रिटिभिजम । त्यस्ता थुप्रै अनुसन्धान भएका छन् ।

त्यसरी निकै महत्वपूर्ण अध्ययन गर्न सकिन्छ । यो अवस्थामा तपाईंको रिसर्च प्याराडिम भनेको प्रग्म्याटिजम हुन पुग्छ । खासगरी मिक्स मेथड रिसर्च वा संख्यात्मक भए पनि गुणात्मक सूचनासमेत संकलन गरेर अनुसन्धानलाई बल पुर्याउने काम भएको छ भने वा गुणात्मक अनुसन्धान भए पनि संख्यात्मक तथ्यांकसमेतको संकलनबाट अनुसन्धान गरिएको छ भने त्यस्ता अनुसन्धानमा यो दृष्टिकोण मौजुद रहन्छ

पाठ १५

गएका १४ पाठमा हामीले अनुसन्धान प्रस्तावना तयार पार्नेसम्बन्धी धेरै मसला छलफल गर्यो । आशा छ– यसबाट उच्चशिक्षा तहमा अध्ययन गर्ने विद्यार्थी (स्नातकोत्तर, एमफिल र पीएचडी) लाई केही राहत अनुभूति भएको हुनुपर्छ । आजदेखि हामी अनुसन्धान विधि अर्थात् तपाईंको खास विधि (मेथड अफ रिसर्च) बारे कुराकानी गर्नेछौं । पहिला गुणात्मक अनुसन्धानका विधिबारे चर्चा गरौं ।

इथ्नोग्राफी

समाजमा हुने गरेका काम–कारबाही, अन्तक्र्रिया, त्यहाँ बस्ने मान्छेको बुझाइ, कुनै खास समूह वा संस्थाको संस्कृतिजस्ता कुराका आधारमा तयार पारिने अनुसन्धान यसअन्तर्गत पर्छन् । यसको मूल जरा भनेको मानवशास्त्र नै हो । मानवीय व्यवहार उसको संस्कृतिसँग गाँसिएको हुन्छ । उसका विचार, धारणा, काम–कारबाही, अरूप्रति हेर्ने दृष्टिकोण सबै त्यसैले निर्देशित गरेको हुन्छ । के त्यस्ता सांस्कृतिक, सामाजिक, परिवेश रहेछन् त रु जसले गर्दा ती मानिसको विचार, भावना वा बुझाइ फरक–फरक बन्ने रहेछ रु वा उनीहरूको खास संस्कृति र विचारका मूल आधार के रहेछन् त ? जस्ता प्रश्नको जवाफ नै इथ्नोग्राफी हो ।

यसका लागि अवलोकन (तपाईं आफैं एउटा अंश भएर गर्ने), अन्तर्वार्ता, छलफल एवम् उनीहरू अवस्थित समाजका धरोहर अध्ययनजस्ता काम गरेर विस्तृत रूपमा सूचना संकलन गर्ने र जस्ताको तस्तै विवरण विश्लेषणसहित अरूमाझ पुर्याउने काम इथ्नोग्राफी विधिका ठोस प्रक्रिया हुन् । यसमा बाहिरबाट कस्तो देखिन्छ भन्दा पनि तपाईं आफैं त्यसको अंश भएर भित्रबाट नियाल्दा कस्तो रहेछ भन्ने अनुसन्धान गरिन्छ । त्यसैले यस्तो अनुसन्धान गर्ने मानिस लामो समय (प्रकृति हेरी कम्तीमा ६ महिनादेखि माथि) उनीहरूले अध्ययन गर्न चाहेको समूहसँग आबद्ध हुन्छन् । आफूसमेत अनुसन्धानको साधन भएर काम गर्छन् ।

यति गहन अनुसन्धान भएकाले तपाईंले कुनै खास समूह, समुदाय, व्यक्तिको झुन्डजस्ता विशेषप्रकारको परिवेश छान्नुपर्ने हुन्छ । यस्तो अनुसन्धान गर्दा धेरै स्याम्पल हुनुपर्छ भन्ने छैन । तपाईं एउटामात्रै समूहको विस्तृत अध्ययन गरेर थेसिस लेख्न सक्नुहुन्छ । यो सामाजिक अनुसन्धानसँग सम्बन्धित भएकाले तपाईं समाजका विकृति, विसंगति, बनावट, त्यहाँका मान्छेको रहनसहन, चालचलन, विचारजस्ता कुरालाई आफ्नो अनुसन्धानको मुख्य विषय बनाउन सक्नुहुन्छ ।

उदाहरणका लागि पर्सेप्सन एन्ड प्राक्टिसेस अफ हाइयर एजुकेसन अमोङ वुमेन स् एन इथ्नोग्राफिक स्टडी अफ पीएचडी होल्डर्स भन्ने विषय तपाईंको रोजाइ हो भने तपाईंले एजम गरेका केही तीनरचार महिला छनोट गर्नुहुन्छ । उनीहरूसँग बसेर उच्चशिक्षा हासिल गर्दा उनीहरूले गरेका अनुभव, चुनौती, समस्याजस्ता कुरामा छलफल गर्नुहुन्छ । प्रत्येकको छुट्टाछुट्टै अन्तर्वार्ता गर्नुहुन्छ, उनीहरूसँगै घुलमिल गरेर पढाइसँग सम्बन्धित महिलाका भित्री समस्याका कुरा खोतल्न सक्नुहुन्छ । उनीहरूको पढाइको निरन्तरता कसरी रह्यो, कहाँ–कहाँ संघर्ष गर्नुपर्यो, किन त्यस्तो संघर्ष भोग्न पर्यो रु घरपरिवार र समाजले हेर्ने दृष्टिकोण कस्तो रह्यो, आज पढाइ पूरा गर्दा कस्तो अनुभव हुँदै छ आदि–आदि गुणात्मक सूचनाका पोको बनाएर विश्लेषण गर्न सक्नुहुन्छ । उनीहरू हुर्केको परिवेश अध्ययन गर्नुहुन्छ, उनीहरूको सामाजिक र सांस्कृतिक आधार बुझ्नुहुन्छ । उनीहरूका परिवार र उनीहरू बस्ने समाजका अरू मान्छेसँग समेत यससम्बन्धमा कुरा खोतल्नुहुन्छ अनि एउटा सिंगै थेसिस लेख्नुहुन्छ ।

पाठ १६

फेनोलोजी

गएका पाठबाट हामी गुणात्मक अनुसन्धानका प्रकारमा छलफल गर्दै छौं । त्यसैक्रममा आज फेनोलोजी के हो रु यो अनुसन्धानमा कति महत्वपूर्ण छ रु र, यसलाई कसरी प्रयोग गर्न सकिन्छ रु भन्नेबारे छोटो टिप्पणी प्रस्तुत छ । दर्शन र मनोविज्ञानका पक्षसँग सम्बन्धित फेनोलोजीले तपाईं बाँच्नुभएको परिवेशमा तपाईंकै जीवन्त अनुभवको खोजी गर्छ । त्यस्तो परिवेश खास–खास परिस्थितिमा विशेष हुन्छन् । तिनलाई उजागर गर्न अरू विधिभन्दा फेनोलोजी बढी उपयुक्त हुन्छ ।

फेनोलोजी वास्तवमा फेनोमेननबाटै बनाइएको हो । उदाहरणका लागि एउटा क्यान्सरपीडितले आफ्नो जीवन कसरी बाँचिरहेको छ त ? भन्ने अध्ययन गर्नुप¥यो भने कुनचाहिँ विधि उपयुक्त होला रु बाहिरबाट उसलाई देख्नेले भनेका कुराको आधार वा अरू क्यान्सरपीडितका आधारमा गरिने सामान्यीकरण वा जो पीडित छ, उसैको पूर्ण कहानीमा आधारित अनुसन्धान प्रभावकारी हुन्छ ।

यहाँ उल्लेख गरिएका कुनै पनि विधि प्रयोग गरेर यो अनुसन्धान गर्न सकिन्छ तर सबैभन्दा भरपर्दो र अर्थपूर्ण नतिजाचाहिँ फेनोलोजीबाट निकाल्न सकिन्छ । सम्बन्धित क्यान्सरपीडित कसरी बाँचेको छ रु उसका जीवन्त अनुभव के छन् ? क्यान्सर भएको छ भनेर थाहा पाउँदापाउँदै र जीवन क्षणिक छ भन्ने बुझ्दाबुझ्दै पनि जिउनुको वास्तविक अर्थ के होला ? जीवनयापन कसरी हुँदै छ?जीवनप्रति उसको दृष्टिकोण कस्तो छ ? जस्ता सरल लाग्ने तर गहिरो मनोवैज्ञानिक र दार्शनिक आधारमा उभिएर खोतलिने सूचना फेनोलोजी विधि मानिन्छन् ।

यहाँ तपाईंको फेनोमेनन भनेको ‘क्यान्सर रोग’ भयो । त्यो रोगसँग लडेर बाँचेका मान्छे तपाईंका सूचनादाता अर्थात् स्याम्पल भए । उनीहरूको जीवन्त अनुभव लाइभ्ड एक्सपेरियन्स तपाईंको सूचना अर्थात् डाटा भयो । तपाईंको मूल अनुसन्धान प्रश्न भनेको ह्वाट इज इट लाइक टु लिभ ए लाइफ विथ क्यान्स रु हुने भयो । एउटा क्यान्सरपीडितले जीवनप्रति हेर्ने दृष्टिकोण र उसले लगाउने जीवनको अर्थ तपाईंको अनुसन्धानका मूल नतिजा हुने भए ।

तपाईं त्यस्ता केही व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुन्छ । उनीहरूसँग कुराकानी र अन्तर्वार्ता गर्नुहुन्छ । उनीहरूका विचार आफ्नो नोटबुकमा टिप्नुहुन्छ । सहमति लिएर त्यस्ता अनुभव रेकर्ड गर्नुहुन्छ । उनीहरूका अनुहारमा देखिएका पीडा नियाल्नुहुन्छ र त्यसलाई आफ्नो सूचनाको एउटा पाटो ठान्नुहुन्छ । उनीहरूका परिवेश अवलोकन गर्नुहुन्छ । आफूले तयार पारेका सूचना उनीहरूसँग फेरि छलफल गर्नुहुन्छ । उनीहरूले गरेकै अनुभव जस्ताको तस्तै उनीहरूकै भाषामा तोडमरोड नगरीकनै सामाजिक सिद्धान्त, मनोविज्ञान र दर्शनका आधारमा विश्लेषण गर्नुहुन्छ । त्यसपछि एउटा थेसिस तयार पार्नुहुन्छ ।

यसमा प्रत्यक्ष अनुभवका चार पाटा चासोका विषय हुन सक्छन् । लाइभ्ड स्पेस (स्पासियालिटी), लाइभ्ड बडी (कर्पोरियालिटी) टेम्पोरारी टिचर इन नेपाल, एक्सपेरियन्स अफ स्टुडेन्ट्स हु अल्वेज स्टुड फस्र्ट इन अल क्लास एक्जामिनेसन्स, एक्सपेरिएन्सिङ अ पार्लिमेन्टरियन, लिभिङ अ लाइफ इन इल्डर्ली होम इटीसी । यी अनुसन्धान अरू विधिबाट गर्न नसकिने होइनन् तर लाइभ्ड एक्सपेरियन्स पहिचान गर्ने उपयुक्त विधिका रूपमा फेनोलोजी अग्रस्थानमा देखापर्छ ।

पाठ १७

गुणात्मक अनुसन्धान

केस स्टडी

विगत केही पाठदेखि हामी गुणात्मक अनुसन्धानका प्रकारबारे अध्ययन गर्दै छौं । त्यसैक्रममा यसपटक केस स्टडीलाई संक्षिप्तमा नियाल्ने छौं । कुनै पनि परिवेशको विस्तृत अध्ययन गरी जीवन्त प्रस्तुति गर्नु केस स्टडी मानिन्छ । हुन त गुणात्मक केस स्टडीमा अरू गुणात्मक अनुसन्धानजस्तै विषयगत बुझाइ र धारणाको महत्व त हुन्छ नै । तर पनि केही वस्तुगत विचार पनि यसभित्र अट्न सक्छ । त्यो वस्तुगत विचार प्ल्युरालिजमको सन्दर्भमा यहाँ लागू हुन्छ न कि संख्यात्मक अनुसन्धानमा जस्तो रिलेटिभिजमका रूपमा र केस स्टडी अनुसन्धान गर्नेले खासगरी आफ्नो प्याराडिमका लागि कन्स्ट्रक्टिभिजम छान्ने गर्छन् ताकि जुन परिवेशको केस अध्ययन गर्न खोजेको हो, त्यसै परिवेशसँग साक्षात्कार गर्ने मानिससँगको कुराकानीका आधारमा खोजिएको अर्थ निकाल्न सकियोस् । अर्थात् तपाईंको सूचनादाता नै तपाईंको ज्ञानका निर्माणकर्ता हुन् ।

यो विधिमा तपाईं आफ्नो अनुसन्धान सहभागीको अनुभवलाई उनीहरूको कथा–व्यथाका रूपमा चित्रण गर्नुहुन्छ र तपाईंका सहभागीले उक्त परिवेशमा भोगेका कठिनाइ, उनीहरूले गरेका उपलब्धि, धारणा, विचार समेटेर एउटा जीवन्त तस्बिर तयार पार्नुहुन्छ, ताकि तपाईंका पाठकले आफैं त्यहाँ पुगेजस्तो गरी केस प्रस्ट बुझ्नेछन् । केस स्टडीमा सूचना संकलन विभिन्न पक्षबाट गरिनुपर्छ । जुन परिवेशको केस स्टडी हो, त्यो परिवेशको परिचयविना तपाईंको अध्ययन अधुरो रहन्छ । यसकारण परिवेशलाई चिनाउने कुनै पनि तथ्यांक वा सूचना तपाईंले संकलन गरेको हुनुपर्छ ।

केस स्टडी मूलतः बहुसूचना पद्धतिमा आधारित हुन्छ । उदाहरणका लागि यदि तपाईंको विषय ‘इन्टिग्रेसन अफ आईसीटी इन हाइयर एजुकेसन स् ए केस अफ ओडीएल इन नेपाल’ छ भने उच्चशिक्षा जहाँ सूचना प्रविधि प्रयोग गरी अनलाइन दूरशिक्षा प्रदान गरिन्छ, त्यो तपाईंको फेनोमेनन अर्थात् परिवेश भयो । तपाईंले त्यस्ता विश्वविद्यालय वा कलेजको केस स्टडी गर्नुहुन्छ । नेपालमा रहेका त्यस्ता संस्थाको जीवन्त वर्णन तपाईंको लक्ष्य हुन्छ । आफ्नो व्याख्या जीवन्त बनाउन तपाईं ती संस्थामा आईसीटी प्रयोग गरी ओडीएल सञ्चालन र विद्यार्जनमा अग्रगामी भूमिका खेल्ने शिक्षक, प्रशासक, नीति निर्माता, प्राविधिज्ञ सूचनाको एउटा पाटो मान्नुहुन्छ (सेवा प्रदाय) भने विद्यार्थी र अभिभावक ९लक्षित वर्ग० अर्को पाटो मान्नुहुन्छ ।

पहिलो पाटोको अनुभव संस्थापरक हुन्छ, जसमा वर्तमान स्थिति, कमीकमजोरी र भविष्यको योजना समावेश हुन्छ । लक्षित समूहको पाटोमा उनीहरूले अनुभव गरेका राम्रा र कठिन कथा, उनीहरूले पाएका फाइदा र बेफाइदा, उनीहरूले चाहेका र पाएका परिवेश समावेश गरिन्छन् । मूलतः केस स्टडीले किन र कसरीको विस्तृत विवरण माग्छ । यसो गर्दा तपाईंले इन्टरभ्यु, पार्टिसिपेन्ट, अब्जर्भेसन, फोकस ग्रुप स्टडीजस्ता विधि उपयोगमा ल्याउनुहुन्छ । एउटाबाट पाएको सूचनालाई अर्कोसँग टाँस्दै व्याख्या गर्नुहुन्छ । यो बहुविधि केस स्टडीका लागि धेरै आवश्यक यस कारणले मानिन्छ कि तपाईंले केसको विस्तृत अध्ययन गरेको होस् । एउटा सूचनामामात्रै भर नपरेको होस् ।

तर, यतिले मात्र पनि तपाईंको डाटा पुग्दैन । तपाईंलाई आफ्नो केस स्टडी पूरा गर्न अरू सेकेन्डरी इन्फरमेसन पनि जरुरी हुन्छ । जस्तो संस्थाको इतिहास, सूचना प्रविधि प्रयोगको फेहरिस्त र विकास, अनलाइन सञ्चालन भएका क्षेत्र, तिनको व्यवस्थापनदेखि आईसीटी र ओडीएल प्रयोगमा ती संस्थाको प्रत्येक विवरण (लगानी, प्रक्रिया र उपलब्धि) अनि त्यसबाट प्रदान गरिएका शिक्षाका सबै पाटाको सूक्ष्म सूचना तपाईंको केस स्टडीको थुँगा हुन्, जसलाई उनेर तपाईं आफ्नो थेसिस लेख्नुहुन्छ ।

छानिएका संस्था एकैखाले हुन् । तिनले उच्च शिक्षामा एकीकृत गरेको सूचना प्रणाली र अनलाइन प्रक्रियामा खासै भिन्नता छैन भने तपाईं धेरै संस्थाको अध्ययन गरेर एउटा केस स्टडी गर्नुहुन्छ । तर, संस्थाका आईसीटी र ओडीएलका पक्ष एक–अर्कामा तात्विक रूपमै फरक छन् भने तपाईं एउटा थेसिसभित्रै मल्टिपल केसेसको अध्ययन ल्याउनुहुन्छ ।

पाठ १८

नयाँ सिद्धान्त प्रतिपादन

ग्राउन्ड थ्यौरी

कुनै अनुसन्धानकर्ताले बजारमा उपलब्ध सिद्धान्तलाई आफ्नो अध्ययनको आधार बनाउँदैन । आफूले संकलन गरेका सूचनाका आधारमा नयाँ सिद्धान्त प्रतिपादन गर्छ भने त्यसलाई ग्राउन्ड थ्यौरी भनिन्छ । यसको अर्थ हुन्छ– थ्यौरी तपाईंको अध्ययनको तथ्यमा ग्राउन्डेड अर्थात् अन्तर्निहित हुन्छ । थेसिस लेख्ने काम भनेकै तपाईंको अध्ययनलाई कुनै न कुनै थ्यौरीको आँखाले हेर्नु हो, जुन तपाईंको अनुसन्धान प्रश्न रिसर्च क्वैसनसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् ।

यसो भन्दा के कुरा पनि बुझ्नुपर्छ भने शैक्षिक अनुसन्धानको काम भनेको बजारमा भएका ज्ञानमा नयाँ ज्ञान थप गर्नु हो । जुन आफ्नो अध्ययनका आधारमा र तपाईंले छनोट गर्नुभएको थ्यौरीका आधारमा भन्न सक्नुहुन्छ । यसअघि प्रतिपादन गरिएका थ्यौरीमा तपाईंको अनुसन्धानले के कुरा थप गर्न सक्यो, के कुरा ठीक छ वा छैन भन्ने भन्न सक्यो वा पूर्णतः त्यो थ्यौरीलाई नकार्दै नयाँ थ्यौरी दिन सफल भयो रु भन्ने कुरा नै थेसिसका मूल मर्म हुन् । हामीले लेख्ने थेसिस पनि यही मर्ममा आधारित हुनुपर्छ । अरूको थ्यौरीलाई आधार बनाएर गरिने अनुसन्धान र त्यसबाट प्राप्त नतिजाका आधारमा केही नयाँ ज्ञान वा थ्यौरी प्रतिपादन गर्नु डिडक्टिभ एप्रोच हो भने अरूको थ्यौरीको सहायताविना नै आफ्नै डाटाका आधारमा नयाँ थ्यौरी प्रतिपादन गर्नु ग्राउन्डेड थ्यौरी अर्थात् इन्डक्टिभ एप्रोच हो ।

कुन अवस्थामा ग्राउन्डेड थ्यौरी अनुसन्धान गर्ने त रु भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । तपाईंले छनोट गर्नुभएको विषयमा यसअघि निकै कम अनुसन्धान भएका छन् वा त्यससम्बन्धी ज्ञान अत्यन्तै न्यून छ भने त्यस्तो अवस्थामा ग्राउन्डेड थ्यौरी उपयोग गर्न सकिन्छ । अर्को अर्थमा तपाईंले छान्नुभएको शीर्षकमा लिटेरेच रिभ्यु गर्न पर्याप्त अनुसन्धान छैनन् भने तपाईं आफैंले ग्राउन्डेड थ्यौरी उपयोग गरी योगदान दिन सक्नुहुन्छ ।

त्यस्तै तपाईंले छनोट गरेकाजस्तै विषयवस्तुमा यसअघि गरिएका अनुसन्धानले कुनै खास भेरिएबल्स वा कन्स्ट्रक्टस पत्ता लगाइसकेका छन् । तर, तिनको आपसी सम्बन्धको व्याख्या गरेर थ्यौरी निर्माण गरेका छैनन् भने पनि तपाईं ग्राउन्डेड थ्यौरीको सहायता लिन सक्नुहुन्छ । एउटा गतिलो थ्यौरी निर्माण गर्न सक्नुहुन्छ । यसबाट के कुरा बुझ्नु जरुरी छ भने तपाईंले छनोट गर्नुभएको विषयमा कम ज्ञान बजारमा उपलब्ध छ वा एउटा तहसम्म एड्भान्स नलेज बजारमा छ । तर, थ्यौरी बन्न बाँकी छ भने त्यस्तो अवस्थामा ग्राउन्डेड थ्यौरी बढी उपयोगी हुनेछ ।

यसो भनिरहँदा अर्को कुरा के पनि ख्याल राख्नुपर्छ भने ग्राउन्डेड थ्यौरी अनुसन्धान विधि अरूभन्दा केही फरक देखिन्छ । अरू प्रकारको अनुसन्धानमा तपाईं पहिले सूचना संकलन गर्नुहुन्छ अनि त्यसको विश्लेषण गर्नुहुन्छ । तर, ग्राउन्डेड थ्यौरीमा सूचना संकलन र विश्लेषण प्रक्रिया साथसाथै गरिएको हुन्छ । तपाईं डाटा कलेक्सनको दौरान त्यसैमा आधारित हाइपोथेसिस निर्माण गर्नुहुन्छ । त्यो हाइपोथेसिसको परीक्षण गर्न थप डाटा संकलन गर्नुहुन्छ । यसलाई अनुसन्धानमा एब्डक्सन भनिन्छ । जसमा डाटा कलेक्सन र डाटा एनालाइसिससँगसँगै अघि बढाइनुपर्ने हुन्छ । ग्राउन्डेड थ्यौरी संख्यात्मक वा गुणात्मक दुवैथरी अनुसन्धानमा प्रयोग गर्न सकिन्छ ।

पाठ १९

गुणात्मक अनुसन्धानको पाँचौं विधि

न्यारेटिभ इन्क्वायरी

गुणात्मक अनुसन्धानका विधि छलफल गर्नेक्रममा हामीले यसअघि चार विधिबारे चर्चा गर्यौं । आज पाँचौं विधि न्यारेटिभ इन्क्वायरीबारे संक्षिप्त परिचयबारे जानकारी गराउँछु ।

मान्छेका आ–आफ्नै कथा हुन्छन् । विगत नै उनका कथा हुन् । आफू र आफ्नो वरिपरिका अरू मान्छे र परिवेशमा आधारित अनुभव उनका कथाका आधार हुन् । ती कथालाई अर्थपूर्ण तवरले अगाडि ल्याउने प्रक्रियामा न्यारेटिभ इन्क्वायरीले राम्रो भूमिका खेल्न सक्छ । त्यसैले यो विधि नितान्त अनुभवका विश्लेषणमा आधारित हुन्छ । अब प्रश्न उठ्न सक्छ– कस्तो अनुभव रु अनुसन्धानमा कुनै खास परिस्थिति वा परिवेशलाई आधार बनाउनुपर्ने हुन्छ, त्यो भनेको फेनोमेन हो । तपाईंले व्यक्तिका कुन परिवेशको अनुभवमा आधारित कथालाई अनुसन्धान गर्न लाग्नुभएको हो भन्ने कुरा प्रस्ट हुनु जरुरी छ ।

न्यारेटिभ इन्क्वायरी विधिमा अनुसन्धानकर्ताले तीन साझा सवाल ध्यानमा राख्नुपर्ने हुन्छ, जसले उनको अवधारणात्मक प्रारूप कन्सेप्चुअल फ्रेमवर्क तयार पार्न सहयोग गर्छ । पहिलो हो– टेम्पोरालिटी अर्थात् अस्थायित्व । हाम्रा अनुभव क्रमशः परिवर्तन हुँदै जान्छन् । ती कुरा हाम्रो परिवेशमा रहेका अरू मान्छे, स्थान र अन्य घटनाले फरक गर्छ । मान्छेको अनुभव मूलतः समय सापेक्षित हुन्छ । त्यसैभित्र उसका कथा र व्यथाका सही बीजारोपण हुन्छ भन्ने कुरा न्यारेटिभ इन्क्वायरीको दार्शनिक आधार हो ।

दोस्रो सवाल हो– सोसियल्टीको । न्यारेटिभ इन्क्वायरी विधि अवलम्बन गर्ने अनुसन्धानकर्ताले आफ्नो सूचनादाता स्याम्पलरइनफम्र्यान्टको भावना, चाहना, इच्छा, आकांक्षाजस्ता वैयक्तिक सूचना संकलन गर्नुपर्छ । तर, उसको सांस्कृतिक, सामाजिक, भाषिक र संस्थागत सामाजिक परिवेश भुल्नुहुँदैन । यिनै सामाजिक परिवेशमा उनका कथा देख्न, बुझ्न र अर्थपूर्ण तरिकाले अनुभव गर्न सकिन्छन् ।

तेस्रो सवाल हो– प्लेस अर्थात् स्थानको । कुनै पनि घटनाको मूल अंश कुन स्थानमा घटेको हो भन्नेसँग बढी सरोकार राख्छ । तपाईंले जसको कथामा आधारित अनुसन्धान गर्दै हुनुहुन्छ, उनको अनुभव कुन र कस्तो भौतिक वातावरणबाट निर्देशित रहेछ भन्ने खुट्ट्याउने हो भने तपाईंको अनुसन्धान अधुरो रहन्छ ।न्यारेटिभ इन्क्वायरी कथाबाटै सुरु हुन्छ । एउटा यस्तो कथा जुन तपाईं उनीहरूसँगको सामिप्यता, छलफल, अन्तक्र्रिया, अन्तर्वार्ताबाट जस्ताको तस्तै निकाल्न प्रयास गर्नुहुन्छ । एउटा यस्तो कथा जुन उनीहरूको जीवन र जिउनुसँग गाँसिएको हुन्छ । त्यसैले न्यारेटिभ इन्क्वायरीको अन्तिम लक्ष्य भनेको कसैको कथालाई जीवन र जिउने पद्धतिसँग गाँसेर हेर्नु र विश्लेषण गर्नु हो ।

तपाईंको अनुसन्धान ‘जेन्डरिङ टेक्नोलोजी इन हाइयर एजुकेसन स् अ न्यारेटिभ इन्क्वायरी अफ स्टुडेन्टस् अफ अनलाइन डिस्टेन्स एजुकेसन इन नेपाल’ भन्ने शीर्षकमा छ भने तपाईंले त्यस्ता उच्चशैक्षिक संस्थामा अध्ययन गर्ने (अझ त्यस्तो अनुभव गरिसकेका) विद्यार्थी छान्नुहुन्छ । उनीहरूसँग बसेर विगत र वर्तमानका अनुभव संकलन गर्नुहुन्छ, प्रत्येकले भोगेको जीवनकथाका रूपमा । यस्तो कथा सही रूपमा आवोस् भन्नका लागि तपाईं पहिल्यै कसरी अगाडि बढ्ने, के–के कुरा सोध्ने, वैयक्तिक र सामाजिक परिवेश कसरी छुट्ट्याउने, अनुभवका समयलाई कसरी वर्गीकृत गर्ने कुरामा आधारित भएर छलफल र अन्तर्वार्ताका लागि ट्रिगर्स बनाउनुहुन्छ । तपाईंको अनुसन्धानका लागि तपाईंलाई चाहिने सूचानाका आधारमै तपाईं त्यस्ता ट्रिगर्स तयार पार्नुहुन्छ, जुन तपाईंको रिसर्च क्वैसनसँग प्रत्यक्ष सरोकार राख्छन् ।

माथि उल्लेख भएको अनुसन्धान शीर्षकका लागि कम्तीमा तपाईंले सूचना प्रविधिमा लैंगिक पहुँच, सूचना प्रविधि उपयोगमा लैंगिक विभेद, उच्चशिक्षामा लैंगिक समानता, अनलाइन र दूरशिक्षामा लैंगिक सहभागिता, अध्ययन पूरा गर्न गरिने संघर्षमा लैंगिक परिवेश, त्यसलाई असर पार्ने वैयक्तिक र सामाजिक आधार, समयका हिसाबले परिस्थितिजन्य अवस्था, समयको ट्रान्जिसनजस्ता सूचना सूचनादातासँग उनीहरूले भोगेका कथाका रूपमा लिनुपर्छ । ती कथालाई उनीहरूको मौलिक भनाइ उल्लेख गर्दै लिटरेचर र थ्यौरीको सहायताले अर्थपूर्ण विश्लेषण गरी थेसिस लेख्नुहुन्छ ।

यस्तो विधि प्रयोग गर्ने अनुसन्धानकर्ताले सोही परिप्रेक्ष्यमा आफ्नो अनुभवसमेत देखाउनुपर्ने हुन्छ । जसलाई पर्सनल जस्टिफिकेसन भनिन्छ । यस्तो विधिमा थेसिस लेख्दा ठाउँठाउँमा कथाका जटिलतालाई अर्थपूर्ण बनाउन तस्बिर, कविता, वर्ड इमेज, मेटाफरजस्ता सशक्त माध्यम प्रयोग गर्दा तपाईंले अगाडि ल्याउन खोज्नुभएका कथा जीवन्त बन्छ ।

थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा छन् । नियमित कक्षा नलिएकाले लेख्न तरिका थाहा नहुँदा उनीहरूले वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् ।

पाठ २०

संख्यात्मक अनुसन्धान

संख्यात्मक अनुसन्धानका प्रकार

गएका पाँच पाठमा हामीले गुणात्मक अनुसन्धानका प्रकारबारे सामान्य परिचय गर्यौं। अबका केही पाठमा संख्यात्मक अनुसन्धानका प्रकारको परिचय पाउनेछौं । हुन त संख्यात्मक अनुसन्धानका धेरै प्रकार हुन्छन् । जस्तो सर्वे, कोरोलेसनल, क्याजुअल कम्पेरेटिभ, एक्सपेरिमेन्टल, एक्सपट्स फ्याक्टो, हिस्टोरिकल कन्टेन्ट एनालाइसिस आदि । जसमध्ये सर्वे धेरैजसो संख्यात्मक अनुसन्धानकर्ताले प्रयोग गर्ने विधिभित्र पर्छ ।

सर्वे, एक्पेरिमेन्टल र कन्टेन्ट एनालाइसिस गरी संख्यात्मक अनुसन्धानलाई तीन खण्डमा बाँडिएको पाइन्छ । किनभने एक्पेरिमेन्टल अनुसन्धानले कुनै घटना वा परिदृश्यका कारण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ । केस इफेक्ट रिलेसनसिप, क्याजुअल कम्पेरेटिभ र त्यस्तै कन्टेन्ट एनालाइसिसमा उपलब्ध सेकेन्डरी डाटाका आधारमा अनुसन्धान गरिन्छ । बाँकी अरू प्रकारका संख्यात्मक अनुसन्धानमा प्रायः सर्वेको उपयोग गरिएको हुन्छ ।

सर्वे

सामाजिक विज्ञानमा अति लोकप्रिय मानिएको विधि सर्वे हो । संख्यात्मक अनुसन्धानको मुटु मानिने यो विधि संसारका विभिन्न मुलुकमा उत्तिकै उपयोगमा छ । अरूजस्तै यो अनुसन्धानमा पनि अनुसन्धानको निश्चित उद्देश्य वा अनुसन्धानात्मक प्रश्नलाई नै मूल आधार बनाइएको हुन्छ । सर्वेको मूल उद्देश्य भनेको स्याम्पलबाट पपुलेसनमा फाइन्डिङ्सलाई सामान्यीकरण गर्नु हो । उदाहरणका लागि तपाईंको अनुसन्धान विषय ‘इन्ट्रप्रेन्युरियल ओरियन्टेसन एन्ड स्कुल पर्फमेन्स : अ सर्वे अफ प्राइभेट हाइयर सेकेन्डरी स्कुल प्रिन्सिपल्स इन नेपाल’ भन्ने छ भने तपाईंको पपुलेसन नेपालका सबै निजी उच्चमाध्यमिक विद्यालय भए ।

यी सबैलाई प्रतिनिधित्व हुनेगरी तपाईं स्याम्पल छनोट गर्नुहुन्छ । अनि त्यो स्याम्पलको अध्ययनबाट आएको निचोड सबै निजी उच्चमाध्यमिक विद्यालयमा लागू हुन्छ भनी दावा गर्नुहुन्छ । त्यसैले सर्वे अनुसन्धान गर्ने मान्छेले सबैभन्दा पहिले एक निश्चित पपुलेसन छान्नुपर्छ । त्यो पपुलेसनलाई प्रतिनिधित्व गर्ने स्याम्पल छनोट गर्दा वैज्ञानिक विधि प्रयोग गर्नुपर्छ । र्यान्डम स्याम्प्लिङ टेक्निक्स कति संख्या भए प्रतिनिधिमूलक संख्या हुन्छ भनेर हचुवाको भरमा भन्न सकिँदैन । यसका लागि तपाईं स्याम्पल निर्धारण गर्ने उपलब्ध सूत्र प्रयोग गर्नुहुन्छ ।

संख्या निर्धारण भइसकेपछि तपाईं त्यो संख्या कुन–कुन हुन् त भनेर निक्र्याैल गर्न लाग्नुहुन्छ । जस्तो माथिको उदाहरणमा ३५० उच्चमावि तपाईंको स्याम्पल हो भने त्यो संख्या पुर्याउन के गर्ने भन्ने सवाल अहम् हुन्छ । तपाईं आफूखुसी जुनकुनै उच्चमाविमा पसेर तथ्यांक संकलन गर्न सक्नुहुन्न । किनभने सर्वे अनुसन्धानले र्यान्डम सेलेक्सनमार्फत प्रतिनिधिमूलक स्याम्पल परिकल्पना गरेको हुन्छ । यसका लागि तपाईंले सबै निजी उच्चमाविको सूची बनाउनुहुन्छ । अनि त्यसलाई कोडिङ गर्नुहुन्छ । त्यसपछि र्यान्डम टेबल प्रयोग गरेर ३५० वटा छान्नुहुन्छ । यो स्याम्पल र्यान्डम स्याम्प्लिङ भयो ।

पाठ २१

संख्यात्मक अनुसन्धान

यदि तपाईंको अनुसन्धान उद्देश्य, अनुसन्धानात्मक प्रश्न वा हाइपोथेसिसले वर्गीकृत रूपमा माध्यमिक विद्यालय (मावि) को सूचना माग गर्छ भने तपाईं पहिले निजी माविका प्रिन्सिपललाई वर्गीकृत स्ट्राटिफाइ गर्नुहुन्छ । यस्तो वर्गीकरण तपाईंको आवश्यकताअनुरूप पुरुष र महिला, उमेर, अनुभव, तालिम, योग्यता, उपलब्धिजस्ता स्ट्राटिफिकेसन हुन सक्छ । तर, याद गर्नुपर्ने कुरा के हो भने स्ट्राटिफिकेसनमा गइसकेपछि सबै स्ट्राटिफिकेसनको समानुपातिक प्रतिनिधित्व हुनैपर्छ । जसलाई स्ट्राटिफाइड प्रोपर्टीअनट र्यान्डम स्याम्प्लिङ भनिन्छ । जस्तो निजी माविमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला प्रिन्सिपल छन् भने तपाईंको स्याम्पल पनि त्यही अनुपातमा हुनु जरुरी छ । यसरी स्याम्पल छानिसकेपछि तपाईं आफ्नो टुल्स लिएर फिल्ड जाने तर्खरमा लाग्नुहुन्छ ।

सर्वे प्रयोग गरिने टुल्स भनेको क्वैसननायर नै हो । क्वैसननायर तयार पार्दा क्लोज्ड टाइप अर्थात् चिनो लगाउनेखालका प्रश्न समावेश गरिन्छन् । कसैले क्वैसननायरमा बहुवैकल्पिक प्रश्न समावेश गर्छन् भने कसैले लिकर्ट टाइप स्केल प्रयोग गर्दा पहिले नै एउटा कुरामा गम्भीर ध्यान दिनुपर्ने हुन्छ । यदि तपाईंको लिकर्ट टाइप स्केलबाट तपाईंले प्यारामेट्रिक टेस्ट प्रयोग गरी विश्लेषण गर्ने लक्ष्य लिनुभएको छ भने तपाईंको स्केल इनटरभल स्केल हुनु जरुरी छ किनभने अर्डिनल स्केलमा ननप्यारामेट्रिक टेस्टमात्र प्रयोग गर्न सकिन्छ ।

त्यसैले आफ्नो अनुसन्धान प्रश्न वा हाइपोथेसिस हेरेर कुन स्केलको लिकर्ट टाइप स्केल बनाउने भन्ने कुरा अगाडि नै तय गर्नुपर्ने हुन्छ । टुल्ससमा समावेश गरिने विषयवस्तु लिटेरेचर बेस गर्ने चलन छ । कसैकसैले अरूले प्रयोग गरेका उस्तै अनुसन्धानका टुल्स पनि प्रयोग गर्छन् तर सबैभन्दा उपयुक्त तपाईं आफैंले डेल्फी टेक्निक प्रयोग गरी टुल्स बनाउनुभयो भने त्यो अझ बढी विश्वसनीय र भरपर्दाे मानिन्छ । तपाईंको टुल्स तयार भइसकेपछि त्यो टुल्सको रिलाएबिलिटी र भ्यालिडिटी सुनिश्चित हुनुपर्छ । त्यसका लागि तपाईंको स्याम्पल जस्तै समूहमा गई पाइलट टेस्ट गर्नुपर्छ ।

पाइलट टेस्टबाट प्राप्त सूचनालाई विश्लेषण गरी रिलाएबिलिटी स्कोर निकाल्न सकिन्छ । यसका थुप्रै सूत्र भेट्न सकिन्छ । तपाईंको टुल्सको रिलाएबिलिटी ० दशमल ७ भन्दा माथि हुनुपर्छ । त्यति नआउन्जेल टुल्समा सुधार्दै पाइलटबाटै रिलाएबिलिटी टेस्ट गर्दै जानुपर्छ ।भ्यालिडिटीको विभिन्न प्रकार छन् । यदि तपाईंको उद्देश्य भविष्यको पूर्वानुमान परीक्षण गर्नु छ भने तपाईंले प्रेडिक्टिभ भ्यालिडिटीको सूत्र प्रयोग गर्नुपर्छ । नभए प्रायः संख्यात्मक अनुसन्धानमा कन्टेन्ट भ्यालिडिटी (तपाईंको अनुसन्धानात्मक प्रश्नले खोजेका उत्तरका लागि तपाईंले छान्नुभएको विषयवस्तु मिले नमिलेको हेर्नुहोस्) जस्तो माथिको उदाहरणमा इन्ट्रेपे्रन्युरियल ओरियन्टेसनले कभर गर्नुपर्ने विषयवस्तु सन्तुलित मात्रामा छन् छैनन् । फेस भ्यालिडिटी टुल्स तपाईंले राखेका उद्देश्य पूरा गर्नेखालको छ छैन, हेर्ने प्रचलन छ । यति सुनिश्चित भएपछि तपाईं तथ्यांक संकलनका लागि प्रस्थान गरे हुन्छ ।

पाठ २२

संख्यात्मक अनुसन्धानको अर्काे विधि

एक्सपेरिमेन्टल रिसर्च

गएको दुई पाठमा हामीले सर्वे अनुसन्धानबारे धारणात्मक छलफल ग¥यौं । अब संख्यात्मक अनुसन्धानको अर्काे प्रमुख विधि एक्सपेरिमेन्टल रिसर्चबारे जानकारी लिनेछौं । कुनै पनि असरको आफ्नै कारण हुन्छ । अर्थात् एउटा चलले अर्काे चललाई प्रभाव पारेको हुन्छ भन्ने सामान्य वैज्ञानिक सिद्धान्त मानिन्छ । कुन इन्डिपेन्डेन्ट भेरिएबल (चल) ले डिपेन्डेन्ट भेरिएबलमा कस्तो प्रभाव पर्छ भनी कज–इफेक्ट रिलेसन हेर्ने अनुसन्धानलाई एक्सपेरिमेन्टल रिसर्च भनिन्छ ।

संख्यात्मक अनुसन्धानका अन्य विधिले सामान्यतः एउटा चलको अर्काे चलसँगको सहसम्बन्ध कोरेलेसनमात्र देखाउँछ भने एक्सपेरिमेन्टल रिसर्चले यही कारणले यो अवस्थाको सिर्जना भएको हो भनी ठोकुवा गर्छ । खासगरी मेडिकल र साइकोलोजी क्षेत्रमा यसले आफ्नो पकड जमाएको छ । सामाजिक विज्ञानमा पनि यसको प्रयोग हुँदै आएको छ । यो अनुसन्धानमा अनुसन्धानकर्ताले इन्डिपेन्डेन्ट भेरिएबललाई आफ्नो अनुसन्धानको उद्देश्यअनुसार मेनिपुलेट गर्छ । अर्थात् कस्तो इन्टरभेन्सन गर्ने र त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा अनुसन्धानकर्तामा भर परेको हुन्छ ।

उदाहरणका लागि तपाईंको एक्सपेरिमेन्टल रिसर्चको विषय ‘द इफेक्ट’ या ‘कम्प्युटर बेस्ड म्याथ इन्सट्रक्सन इन सेकेन्डरी स्कुल्स अफ नेपाल’ भन्ने छ भने तपाईंको इन्डिपेन्डेन्ट भेरिएबल कम्प्युटर विधि भयो भने डिपेन्डेन्ट भेरिएबलचाहिँ माध्यमिक विद्यालयका विद्यार्थीको उपलब्धिमा देखिएको भिन्नता भयो । यो अनुसन्धानमा अनुसन्धानकर्ताले कम्प्युटर विधि कुन वातावरणमा दिने, कसरी दिने, कुन पाठमा दिने, कुन कक्षाका भन्नेजस्ता निर्णय आफैं गर्न पाउने हुनाले त्यसलाई उसको उद्देश्यअनुरूप व्यवस्था गर्ने स्वतन्त्रता छ । जसलाई अनुसन्धानकर्ताले मेनिपुलेट गरेको भनिन्छ ।

एक्सपेरिमेन्टल रिसर्चमा उही स्तरका दुई समूहमा अध्ययन गरिन्छन् । एउटा एक्सपेरिमेन्टल गु्रप र अर्काे कन्ट्रोल ग्रुप । माथिको उदाहरणमा यदि तपाईं कक्षा ९ को विद्यार्थीका अल्जेब्रामा कम्प्युटर विधिको नतिजा हेर्न चाहनुहुन्छ भने जुन कक्षामा यो विधिबाट शिक्षण गर्नुहुन्छ, त्यसलाई एक्सपेरिमेन्टल ग्रुप र जुन समूहमा तपाईं ट्रेडिसनल मेथडबाट पढाउनुहुन्छ, त्यसलाई कन्ट्रोल ग्रुप भनिन्छ । तपाईंले प्रयोग गर्ने कम्प्युटर विधिलाई इन्टरभेन्सन भनिन्छ । यो विधिमा तपाईंले छान्ने स्याम्पल वैज्ञानिक विधिबाटै हुनु आवश्यक छ । किनभने तपाईं आफ्नो स्याम्पलमा अनुसन्धानपश्चात् प्राप्त नतिजालाई पूरै कक्षा ९ पपुलेसनको अल्जेब्रा शिक्षणमा कम्प्युटर प्रभावको सामान्यीकरण गर्नुहुन्छ ।

त्यसैले स्याम्पल सेलेक्सनमा र्यान्डमनेस जरुरी छ । यस्तो एक्सपेरिमेन्टल रिसर्च तीनप्रकारका हुन्छन् । तिनका पनि विभिन्न स्वरूप हुन्छन् । मुख्य तीनवटा भनेको प्रि एक्सपेरिमेन्टल, क्वाइज एक्सपेरिमेन्टल, ट्रु एक्सपेरिमेन्टल रिसर्च हुन् ।

पाठ २३

पूर्वप्रयोगात्मक विधि

गएको पाठ २२ मा हामीले एक्सपेरिमेन्टल रिसर्चको सामान्य परिचय पायौं । त्यसैको निरन्तरतास्वरूप आजको पाठदेखि हामी एक्सपेरिमेन्टल डिजाइनका प्रकारबारे छलफल गर्दै छौं ।

प्रि एक्सपेरिमेन्टल डिजाइन

यसको नामैबाट थाहा हुन्छ कि यो एक्सपेरिमेन्टल अनुसन्धान हो । तर, यसले निकालेको नतिजामा त्यति विश्वास गरिहाल्ने अवस्था रहँदैन । यस्तो अनुसन्धानमा भरपर्दाे तुलनात्मक समूहको व्यवस्था गरिँदैन, जसले गर्दा नतिजा एकोहोरो हुन जान्छ । उदाहरणका लागि तपाईंलाई आफूले पढाउने कक्षामा कुनै नयाँ विधि प्रयोग गर्न मन लाग्यो । त्यो विधि कत्तिको प्रभावकारी होला भन्ने जिज्ञासा उठ्यो । तपाईं प्राथमिक तहमा अंग्रेजी पढाउनुहुन्छ र वल्र्ड फ्ल्यास कार्ड प्रयोग गरेर पढाए उनीहरूको भोकाबुलरी बढ्छ कि एकपटक हेर्नुप¥यो भन्ने तपाईंलाई लाग्यो । तपाईं आफूले पढाउने पाठ्यपुस्तकका आधारमा त्यस्तो सामग्री बनाएर एक हप्ता परीक्षण गर्नुभयो भने विद्यार्थीको भोकाबुलरीमा आएको परिवर्तन मापन गर्नुभयो ।

यसबाट तपाईं एउटा निर्णयमा पुग्नुहुन्छ । यो प्रि एक्सपेरिमेन्टल डिजाइन हो । यसप्रकारको डिजाइनलाई वन सट केस स्टडी भनिन्छ । किनभने तपाईंले एउटा समूहमा एउटा प्रयोग गर्नुभयो । त्यसैका आधारमा निष्कर्ष निकाल्नुभयो । तर, तपाईंकै प्रयोगका आधारमा विद्यार्थीको अंक बढेको वा घटेको भन्ने आधार छैन । अरू कारणले पनि उनीहरूको उपलब्धिमा असर परेको हुन सक्छ, जुन तपाईंले यहाँ हेर्ने प्रयास गर्नुभएको छैन । न त कुनै तुलनात्मक समूह व्यवस्था गरियो न त अरू असर पार्ने तत्व अनुसन्धानमा नियन्त्रण गर्ने प्रयास नै भयो । न त तपाईंले यसमा कुनै पूर्वपरीक्षा लिएर पछिको अंक नै तुलना गर्नुभयो ।

अब प्रि एक्सपेरिमेन्टल डिजाइनकै अर्काे किसिम हेरौं । वन ग्रुप प्रि टेस्ट पोस्ट टेस्ट डिजाइन नामैबाट थाहा भयो– यो अनुसन्धानमा एउटामात्र समूह हुन्छ । त्यो समूहको प्रि टेस्ट गरेर तपाईंले लागू गर्ने प्रयोग, जसलाई अनुसन्धानको भाषामा ट्रिटमेन्ट भनिन्छ । त्यो प्रयोग गरिन्छ । अन्त्यमा फेरि परीक्षण पोस्ट टेस्ट गरिन्छ । उदाहरण अघिकै लिउँ । तपाईंले विद्यार्थीको भोकाबुलरी कति रहेछ भनेर एउटा टेस्ट बनाउनुहुन्छ । फ्लास कार्ड प्रयोग गरेर शिक्षण गर्नुअघि त्यो टेस्ट लिनुहुन्छ । उनीहरूको अंक रेकर्ड गर्नुहुन्छ ।

त्यसपछि फ्लास कार्ड प्रयोग गरेर पढाउनुहुन्छ अनि अन्त्यमा फेरि त्यही टेस्ट लिएर मापन गर्नुहुन्छ । ती दुईको फरक नै फ्लास कार्ड प्रयोगको सफलता वा असफलता मान्नुहुन्छ । यसमा पनि तुलनात्मक समूह, जसलाई अनुसन्धानको भाषामा कन्ट्रोल ग्रुप भनिन्छ । तपाईंले प्रयोग नगरेका कारण अघिको डिजाइनभन्दा अलि राम्रो देखिए पनि माथि भनिएका अरू कारणका आधारमा कमजोर डिजाइन नै मानिन्छ ।

प्रि एक्सपेरिमेन्टल डिजाइनको तेस्रो प्रकार हो– स्टाटिक ग्रुप कम्प्यारिजन डिजाइन । अघिल्ला दुईप्रकारको तुलनामा यो डिजाइन अलि फरक छ । यसमा दुई समूह हुन्छन् । एउटाले तपाईंको नयाँ प्रयोगको अवसर पाउँछन् भने अर्काेले परम्परागत शिक्षण अनि तपाईंको परीक्षण सकिएपछि दुवै समूहको भोकाबुलरी मापन गरिन्छ । जुन समूहको सरदर अंक बढी भयो त्यही शिक्षण प्रभावकारी मानिन्छ । तर, यसमा पनि समूह छान्दा तपाईंले उस्तै बनाउने प्रयास नगरेको, प्रि टेस्ट नगरेको, अरू इन्टरभेनिङ भेरिएबल जसकारणले पनि उपलब्धिमा तल–माथि पर्न सक्छ । नियन्त्रण नगरिएका कारण कमजोर डिजाइन नै मानिन्छ ।

पाठ २४

क्वाजी एक्सपेरिमेन्टल डिजाइन

गएको पाठमा हामीले प्री एक्सपेरिमेन्टल डिजाइनबारे छलफल गर्यौं । आज एक्सपेरिमेन्टल डिजाइनको अर्को प्रकार क्वाजी एक्सपेरिमेन्टल डिजाइनबारे केही कुरा गर्नेछौं । वास्तवमा एक्सपेरिमेन्टल डिजाइनले ‘कारण र असर’ बारे अनुसन्धान गर्छ । कुनै पनि घटनाको पछाडि कारण हुन्छ । त्यो कारक तत्व यही नै हो भनेर किटान गर्ने काम एक्सपेरिमेन्टल रिसर्चले गर्छ । त्यसैले एक्सपेरिमेन्टल रिसर्चमा धेरै चलको अर्थात् मूल नतिजामा असर पार्ने तत्व इन्डिपेन्डेन्ट भेरिएबलको पहिचान गरी आफूले हेर्न खोजेका कारणभित्र बसेर अनुसन्धान गर्नुपर्ने भएकाले यो सजिलो पक्कै छैन ।

अझ अगाडि भन्नुपर्दा तपाईंले हेर्न खोज्नुभएको कारण र त्यसको असरको अध्ययन गर्दा अरू कारणले पनि त त्यसो हुन सक्छ नि ? भनेर प्रश्न उठ्यो भने तपाईंको अनुसन्धान दोषमुक्त हुँदैन । यही मूल कुरा ध्यानमा राखी एक्सपेरिमेन्टल रिसर्च गर्ने अनुसन्धाताले आफ्नो अनुसन्धानमा र्यान्डमनेस प्रयोग गरेको हुन्छ । एकभन्दा बढी इन्डिपेन्डेन्ट भेरिएबललाई कि त अनुसन्धानभित्रै समाहित गराउँछ कि त त्यसको प्रभाव नदेखिनेगरी अनुसन्धानको ढाँचा निर्माण गर्छ ।

आजको हाम्रो विषय क्वाजी एक्सपेरिमेन्टल डिजाइनले भने र्यान्डमनेसको ठूलो कुरो गर्दैन । अर्थात् कहीं कतै गरे पनि भएका समूहभित्र मात्र सीमित हुन्छ । तर, ती समूह अनुसन्धानअघि बराबरी क्षमताका थिए भनेर भन्ने आधार खडा गर्दैन । त्यसैले पनि यसलाई क्वाजीभित्र रखिएको हो । सामाजिक विज्ञानका अनुसन्धानमा सधैं र्यान्डमनेस सम्भव छैन न त एउटा थेसिस लेख्ने विद्यार्थीले लामो समय खर्च गरेर काम गर्न सक्छ । त्यस्तो अवस्थामा गर्न सकिने र कारण र असरबारे केही भन्न पनि मिल्ने हिसाबको अनुसन्धान हो– क्वाजी एक्सपेरिमेन्टल रिसर्च । उदाहरणका लागि तपाईंको रिसर्च क्वैसन यस्तो थियो– ‘डु ग्रेड टुवेल्भ स्टुडेन्ट्स युजिङ मोबाइल्स विथ इन्टरनेट पर्फम बेटर इन ल्याङ्वेज टेस्ट स्कोर्स देन दोज हु डु नट’ ?

यसमा तपाईंले कक्षा १२ मा पढ्ने विद्यार्थीको भाषा सिकाइमा मोबाइल प्रयोगको मात्र असर हेर्न खोज्नुभएको छ । जसमा तपाईंले दुईवटा समूह छान्नुपर्ने भयो । एउटा इन्टरनेटसहितको मोबाइल प्रयोगकर्ता र अर्को मोबाइल प्रयोग नगर्ने समूह वा गरे पनि इन्टरनेट प्रयोग नगर्ने समूह । अब समूह र त्यसका सदस्यहरू कसरी छनोट गर्ने त ? तपाईंले आफ्नो कक्षाका विद्यार्थीबीच वा केही विद्यालयमात्र लिएर अध्ययन गर्ने सोच बनाउनुभएको छ भने ती कक्षा १२ मा पढ्ने विद्यार्थीको दुई समूह पहिचान गरेर, उनीहरूलाई भाषाको परीक्षण गरेर उनीहरूको नतिजा तुलनाका आधारमा आफ्नो रिसर्च क्वैसनको उत्तर पाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंले पर्पोसिभ स्याम्पल प्रयोग गर्नुभयो, र्यान्डम स्याम्पल होइन । अझ ¥यान्डम स्याम्पल गरेर विद्यार्थी छनोट गर्न त सक्नुहुन्छ तर तपाईंले छनोट गर्नुअघि ती दुई विद्यार्थी समूह उस्तै क्षमताका थिए भनेर भन्नचाहिँ सक्नुहुन्न । र, तपाईंको स्कुल छनोट र विद्यार्थी छनोट प्रक्रिया यहाँ स्पष्ट छैन । तर पनि तपाईंले एउटा अनुसन्धान गर्नुभयो । त्यसका आधारमा नतिजाको विश्लेषण गरी कारण र असरबारे व्याख्या गर्नुभयो । खासगरी सामाजिक विज्ञानमा यस्ता थुप्रै अनुसन्धान भएका छन्, जहाँ अनुसन्धानमा प्रयोग हुने व्यक्तिहरू सब्जेक्ट्स कुनै वैज्ञानिक आधारविना छनोट गरिन्छन् तर अनुसन्धानका अरू सबै प्रक्रिया पूरा गरिएका हुन्छन् ।

यस्तो अनुसन्धानमा त्रुटी प्रशस्त भए पनि यसलाई शैक्षिक जगत्ले मान्यता दिएको छ । यो प्रकारको अनुसन्धानलाई क्वाजी एक्सपेरिमेन्टल अर्थात् पूरा रूपको एक्सपेरिमेन्टल होइन भन्ने अर्थमा बुझ्न सकिन्छ । अघिकै उदाहरणमा हेरौं, जहाँ अनुसन्धानकर्ताले सोझो रूपमा आफ्नो कक्षाका विद्यार्थीबीच यो अनुसन्धान ग¥र्यो तर भाषा सिकाइमा प्रभाव पार्ने इन्टरनेटसहितको मोबाइलबाहेक अरू इन्डिपेन्डेन्ट भेरिएबल कन्ट्रोल गर्न सकेन वा गर्ने अवसर थिएन । यस्तो अवस्थामा पनि उसले भाषा सिकाइमा इन्टरनेटको असर अध्ययन गर्यो भने त्यो पूर्ण रूपमा नभए पनि क्वाजी एक्सपेरिमेन्टल रिसर्चको नमुना मानिन्छ ।

क्वाजी एक्सपेरिमेन्टल रिसर्चका प्रमुख डिजाइन यसप्रकार छन् ।

नन इक्वाइभलेन्ट कन्ट्रोल ग्रुप प्री टेस्ट–पोस्ट टेस्ट डिजाइन

टाइम सेरिज डिजाइन

इक्वाइभलेन्ट टाइम स्याम्पल डिजाइन

यीभित्र पनि थुप्रै प्रकारका अन्य डिजाइन हुन्छन् । यी डिजाइनबारे संक्षिप्त रूपमा आगामी पाठमा क्रमशः छलफल गरिनेछ ।

पाठ २५

नन इक्वाभलेन्ट कन्ट्रोल ग्रुप प्री टेस्ट–पोस्ट टेस्ट डिजाइन

O……….X………O

O……….C………O

यो डिजाइनमा दुई समूह हुन्छन् । एउटा प्रयोगात्मक र अर्काे नियन्त्रित समूह । यसप्रकारको डिजाइनमा समूह छान्दा करिब–करिब उस्तै देखिने दुई समूह छानिन्छन् । तर, ती समूह र्यान्डम सेलेक्सन गरिएका हुँदैनन् । न त कुनै वैज्ञानिक प्रक्रियाबाट उनीहरू समान हुन् भन्ने सुनिश्चितता गरिएको हुन्छ ।

त्यसैले यो डिजाइनको नाम नै नन इक्वाभलेन्ट भनिएको हो । प्रयोगात्मक समूहमा तपाईंले गर्न खोज्नुभएको प्रयोग गरेर नतिजा हेरिन्छ भने नियन्त्रित समूहमा पहिला जे–जसो थियो, त्यसमा परिवर्तन नगरी त्यसैका आधारमा नतिजा हेर्ने काम हुन्छ । खासगरी यो डिजाइनमा समूह छनोट भइसकेपछि दुवै समूहमा प्री टेस्ट लिइन्छ । र, त्यसको नतिजा रेकर्ड गरिन्छ । त्यसपछि प्रयोगात्मक समूहलाई अनुसन्धानकर्ताले गर्न चाहेको प्रयोग गरिन्छ । जस्तो तपाईं आफ्नो पढाउने विषयमा कुन उपायले कक्षा शिक्षण राम्रो होला भनेर चिन्तित हुनुहुन्छ ।

बजारमा अचेल विभिन्न विषय पढाउने स्वदेशी तथा विदेशी भिडियो उपलब्ध छन् । तपाईंलाई ती सामग्री प्रयोग गर्दा पो विद्यार्थीको सिकाइ राम्रो हुन्छ कि भनेर प्रयोग गर्न मन लाग्यो । तर, तपाईंसँग आफ्नोजस्तै देशभरिका कक्षा प्रतिनिधित्व हुनेगरी समूह बनाउन र अनुसन्धान गर्ने हैसियत रहेन । यस्तो अवस्थामा तपाईंले गर्न सक्ने भनेको आफ्नै कक्षाका विद्यार्थीलाई दुई समूहमा बाँडेर वा आफ्नो नजिकैको कुनै स्कुलको त्यही कक्षा र तपाईंको कक्षालाई दुई समूह मानेर एउटालाई प्रयोगात्मक र अर्काेलाई नियन्त्रित समूह बनाउनु हो ।

अनि एउटा समूहलाई तपाईं बजारमा उपलब्ध भिडियो प्रयोग गरेर पढाउनुहुन्छ भने त्यही विषयवस्तु अर्काे समूहलाई पुरानै शैलीबाट पढाउनुहुन्छ । त्यसपछि अघि प्री टेस्ट लिँदा प्रयोग गरिएको प्रश्न नै प्रयोग गरेर उनीहरूको पोस्ट टेस्ट गर्नुहुन्छ । प्रयोगात्मक अनुसन्धानमा प्री टेस्ट र पोस्ट टेस्टका प्रश्न फरक हुनुहुँदैन । त्यसपछि प्री टेस्ट र पोस्ट टेस्टको नतिजा हेरेर पहिला उनीहरूको त्यस विषयमा कस्तो ज्ञान थियो र पछि कति प्रगति भयो भनेर दुईवटा टेस्टबाट प्राप्त फरक नतिजा हेरेर छुट्याउनुहुन्छ । तपाईंको प्रयोगले साँच्चै विद्यार्थीको उपलब्धिमा प्रभाव पार्यो वा पारेन भन्ने निष्कर्ष निकाल्नुहुन्छ ।

यसमा तपाईं दुवै समूहको नतिजा हेरेरमात्र आफ्नो निर्णय लिनुहुन्छ । यस्तो अनुसन्धान किन क्वाजी एक्सपेरिमेन्टल रिसर्च भयो त ? भन्ने हो भने यसमा एक्सपेरिमेन्टल रिसर्चको अरू सबै विधि पूरा भए पनि तपाईंले समूह र यसका सदस्य छनोट गर्दा र्यान्डम सेलेक्सन गर्न नसक्नुभएकाले मात्र हो भन्ने तर्क दिनुपर्ने हुन्छ । यदि र्यान्डमनेस उपयोग गर्न सक्ने हो भने यही डिजाइन ट्रु एक्सपेरिमेन्टल हुन्छ ।

पाठ २६

टाइम सेरिज डिजाइन

O1….O2….O3….O4….X….O5….O6….O7….O8

यो डिजाइनमा एउटा समूहको लामो समय अर्थात् धेरैपटक अवलोकन गरिन्छ । तपाईंले गर्ने प्रयोग इन्टरभेन्सन ….X…. भन्दा अघि र पछि पनि विभिन्न चरणमा तपाईंले छान्नुभएको समूहको अवलोकन गरिन्छ । एउटा ट्रेन्ड निकालिन्छ । अझ अगाडि भन्नुपर्दा तपाईंको समूहको व्यवहार तपाईंले कुनै प्रयोग गर्नुअघि कुन ट्रेन्डमा विकास हुँदै आएको थियो र तपाईंको इन्टरभेन्सनपछि त्यसले कुन रूप लियो ? भन्ने कुरा मापन गर्न टाइम सेरिज डिजाइन उपयोगी हुन्छ ।

यसमा एउटा समूह हुन्छ । जसको तपाईंले विभिन्न इन्टरभलमा टेस्ट लिनुहुन्छ वा अवलोकन गरी रेकर्ड राख्नुहुन्छ । त्यसपछि त्यो समूहको व्यवहारमा परिवर्तन हुन्छ कि भनेर तपाईं एउटा इन्टरभेन्सन गर्नुहुन्छ । फेरि उस्तै अन्तराल इन्टरभलमा अवलोकन वा परीक्षण गर्नुहुन्छ । अनि इन्टरभेन्सनअघिको व्यवहारको ढाँचा र इन्टरभेन्सनपछिको व्यवहारको ढाँचालाई एउटा ग्राफमा राख्नुहुन्छ र ट्रेन्ड हेर्नुहुन्छ । उदाहरणका लागि तपाईंको कक्षामा विद्यार्थी समयमा आउँदैनन् । तपाईंले प्रत्येक सात दिनमा कति विद्यार्थी समयमा आउँछन् भन्ने रेकर्ड एक महिनासम्म राख्नुभयो । कुनै हप्ता धेरैजना समयमा आए होलान् त कुनै हप्ता थोरै । त्यसपछि तपाईंलाई एउटा जुक्ति निकाल्न सके यिनीहरू समयमा आउँछन् कि जस्तो लाग्यो ।

तपाईंले चार हप्तापछि समयमा आउने विद्यार्थीलाई अर्काे हप्ता एउटा कलम दिने विचार गर्नुभयो । आउँदो हप्ता त्यसै गर्नुभयो । त्यसपछिका हप्तामा कतिजना समयमा आए, त्यसको अवलोकन गरेर रेकर्ड राख्नुभयो । त्यसपछि तपाईंले अपनाउनुभएको प्रयोगको असर कति हप्तासम्म रहँदोरहेछ भनेर फेरि उनीहरूको समयको उपस्थिति प्रत्येक हप्ता रेकर्ड गर्दै जानुभयो भने तपाईंको अनुसन्धान टाइम सेरिज एक्सपेरिमेन्ट हुन्छ । अनि कलमको पुरस्कार दिनुअघि उनीहरूको साप्ताहिक उपस्थितिको अवस्था र एकपटक कलम दिइसकेपछि त्यो उत्प्रेरणाले उनीहरूको उपस्थितिमा आएको परिवर्तन र त्यसको दिगोपनसमेत तपाईंले यो डिजाइनबाट थाहा पाउन सक्नुहुन्छ । र, विद्यार्थी नियमित उपस्थितिमा उत्प्रेरणाको प्रभाव आँकलन गर्नुहुन्छ । यो डिजाइनमा कन्ट्रोल ग्रुप थपेर मल्टिपल टाइम सेरिज डिजाइन पनि गर्न सकिन्छ ।

पाठ २७

इक्वाइभलेन्ट टाइम स्याम्पल्स डिजाइन

O1…X…O2…O3…X…O4…

यो डिजाइनमा पनि एउटा समूहको लामो समय अर्थात् धेरैपटक अवलोकन गरिन्छ । तपाईंले गर्ने प्रयोग इन्टरभेन्सन (X…..O…..O…..X…..O) भन्दा अघि र पछि पनि विभिन्न चरणमा तपाईंले छान्नुभएको समूहको अवलोकन गरिन्छ । एउटा ट्रेन्ड निकालिन्छ । तर, टाइम सेरिजभन्दा के फरक छ भने यो डिजाइनमा तपाईं आफ्नो इन्टरभेन्सन कहिले गरेर त कहिले रोकेर विद्यार्थीको व्यवहार कुन अवस्थामा कस्तो हुने रहेछ भनेर आँकलन गर्न सक्नुहुन्छ ।

अझ अगाडि भन्नुपर्दा– तपाईंको समूहको व्यवहार तपाईंले कुनै प्रयोग गर्नुअघि कुन ट्रेन्डमा विकास हुँदै आएको थियो र तपाईंको इन्टरभेन्सनपछि त्यसले कुन रूप लियो ? र, फेरि बीचमा नदिँदा के असर पर्यो ? भन्ने कुरा मापन गर्न इक्वाइभलेन्ट टाइम स्याम्पल्स डिजाइन उपयोगी हुन्छ । यसमा एउटा समूह हुन्छ । जसको तपाईंले विभिन्न इन्टरभलमा टेस्ट लिनुहुन्छ वा अवलोकन गरी रेकर्ड राख्नुहुन्छ । त्यसपछि त्यो समूहको व्यवहारमा परिवर्तन हुन्छ कि भनेर तपाईं एउटा इन्टरभेन्सन गर्नुहुन्छ । फेरि उस्तै अन्तराल इन्टरभलमा अवलोकन वा परीक्षण गर्नुहुन्छ ।

यो डिजाइन र अघि व्याख्या गरिएको टाइम सेरिज डिजाइन उस्तै–उस्तै हुन्छ । फरक यति हो कि– यो डिजाइनमा एकपटकभन्दा बढी इन्टरभेन्सन गरिन्छ । अझ कहिले इन्टरभेन्सन गरेर त कहिले नगरेर व्यवहारको परिवर्तन अवलोकन गरिन्छ । जस्तो अघिकै उदाहरणमा तपाईंले कलम दिँदा भएको प्रगति र नदिँदाको प्रभाव एकथरी हुन सक्छ भने फेरि बीचमा कलमको प्रयोग गर्दा के फरक हुँदोरहेछ भनेर आफ्नो प्रयोगलाई विभिन्न चरणमा कहिले दिने र कहिले रोक्ने गरेर विद्यार्थीको उपस्थितिमा त्यसको प्रभाव अध्ययन गर्नुभयो भने त्यो इक्वाइभलेन्ट टाइम स्याम्पल्स डिजाइन हुन पुग्छ ।

हामी अर्काे पाठदेखि ट्रु एक्पेरिमेन्टल डिजाइनमा प्रवेश गर्नेछौं ।

पाठ २८

ट्रु एक्सपेरिमेन्टल डिजाइन

हामी संख्यात्मक अनुसन्धानअन्तर्गत एक्सपेरिमेन्टल डिजाइनको छलफलमा छौं । यसअघिका केही पाठमा प्री एक्सपेरिमेन्टल र क्वाजी एक्सपेरिमेन्टल डिजाइनबारे जानकारी लियौं । र, यो पनि भन्यौं कि सब्जेक्ट र्यान्डम एसाइनमेन्ट नभएका कारण त्यस्ता डिजाइनमा आन्तरिक र बाह्य वैधताको खतरा रहिरहन्छ ।

त्यसैले एक्सपेरिमेन्टल डिजाइनअन्तर्गत एउटा त्यस्तो डिजाइनको छलफल गर्दै छौं, जसले कारण र असरबारे तपाईंलाई शंकारहित नतिजा प्रदान गर्न सक्छ । खासगरी यो डिजाइनमा अनुसन्धानकर्ताले चाहेका भेरिएबल्सको असरलाई प्रभाव पार्न सक्ने अरू इन्डिपेन्डेन्ट भेरिएबल, कन्फाउन्डिङ भेरिएबल वा इन्टरभेनिङ भेरिएबललाई नियन्त्रण गरिएको हुन्छ, जसको प्रभाव अनुसन्धानमा पर्दैन । त्यसैले ट्रु एक्सपेरिमेन्टल डिजाइनलाई कारण र असर अनुसन्धान गर्ने उपयुक्त विधि मानिएको हो ।

यसमा कम्तीमा पनि दुईवटा समूह हुन्छन् । ती र्यान्डम सेलेक्सनको विधिअनुसार छनोट गरिन्छन् । र्यान्डम गर्दा दुवै समूह बराबर भएको मानिन्छ । तपाईंको एक्सपेरिमेन्टमा आन्तरिक तथा बाह्य वैधताको प्रश्न उठ्दैन । यो डिजाइनका मुख्य तीन किसिम प्रयोगमा आएका छन् । तीमध्ये पनि पहिलो दुई प्रख्यात छन् । तलका डिजाइन हेरौं–

(१) प्री–टेस्ट, पोस्ट–टेस्ट कन्ट्रोल ग्रुप डिजाइन

R……………..O1…………….X…………..O2

R……………..O1…………….C……………O2

यो डिजाइनमा दुई समूह छन् । ती दुवैको छनोट ‘आर’ अर्थात् र्यान्डम विधिमा आधारित छ । दुवैलाई प्री–टेस्ट लिइएको छ । एउटा समूहलाई ट्रिटमेन्ट ‘एक्स’ दिइएको छ । अर्काे समूह कन्ट्रोल ग्रुप ‘सी’ बनाइएको छ । र, अन्त्यमा फेरि दुवै समूहलाई पोस्ट–टेस्ट लिइएको छ । उदाहरणका लागि यदि तपाईं ‘द इफेक्ट कज्ड बाई टीन एज म्यारिज अन स्टुडेन्ड ल्याङवेज एचिभमेन्ट इन कलेजेज अफ अर्घाखाँजी’ विषयमा अनुसन्धान गर्न चाहनुहुन्छ । यहाँ १३ देखि १९ वर्षबीचमा विवाह गर्ने विद्यार्थीको उपलब्धि हेर्नुपर्ने भएकाले यो डिजाइनअनुसार तपाईंलाई दुई समूह आवश्यक पर्यो ।

एउटा कलिलो उमेरमा बिहे गर्नेको समूह र अर्काे कलिलो उमेरमा बिहे नगर्ने समूह । सबैभन्दा पहिला त तपाईंले त्यस्तो अध्ययनका लागि कलेजको छनोट गर्नुपर्यो । अनि त्यसभित्रका विद्यार्थी र तपाईंको अध्ययन अर्घाखाँची जिल्ला भएकाले त्यो जिल्लामा कति कलेज छन् पत्ता लगाउनुहोस् । त्यसपछि ती कलेजलाई प्रतिनिधित्व गर्ने कति कलेज लिनु आवश्यक पर्छ भन्ने कुरा ‘ल’ निकाल्ने सूत्र प्रयोग गरी निक्र्याैल गर्नुहोस् ।

अनि कति कलेज चाहिँदोरहेछ भन्ने संख्या एकिन गर्नुहोस् । अब भएका कलेजमध्ये तपाईंलाई जति कलेज आवश्यक हुन्छ, त्यो छान्न र्यान्डम विधि प्रयोग गर्नुहोस् । ती कलेज पहिचान भइसकेपछि त्यहाँ पढ्ने विद्यार्थीमध्ये कतिजना कलिलो उमेरमै बिहे गरेका रहेछन् पत्ता लगाउनुहोस् । तीमध्ये तपाईं फेरि ‘ल’ निकाल्ने सूत्र प्रयोग गरी कति विद्यार्थी अध्ययनमा सामेल गर्दा प्रतिनिधित्व हुन्छ पत्ता लगाउनुहोस् । र, फेरि र्यान्डम विधिबाट उनीहरूको छनोट गर्नुहोस् । अनि त्यत्तिकै संख्यामा र्यान्डम विधिबाटै कलिलो उमेरमा बिहे नगर्ने विद्यार्थी छनोट गर्नुहोस् । अब तपाईंसँग दुई समूह तयार भए पहिलो एक्सपेरिमेन्टल ग्रुप र दोस्रो कन्ट्रोल ग्रुप र तपाईंको उद्देश्य भाषामा परीक्षण गर्नु रहेकाले आफूले परीक्षण गर्न खोजेको भाषाको एउटा टेस्ट बनाउनुहोस् । त्यो भाषाको शिक्षण गर्नुअघि दुवै समूहलाई आफूले बनाएको टेस्ट हल गर्न दिनुहोस् । उनीहरूको क्षमता रेकर्ड गर्नुहोस् ।

त्यसपछि दुवै समूहलाई भाषा शिक्षण तपाईंको उद्देश्यअनुसारको शीर्षक गर्नुहोस् । र, पुनः अघि दिइएको टेस्ट नै दिनुहोस् । उनीहरूको क्षमता रेकर्ड गर्नुहोस् । तपाईंसँग अब एक्सपेरिमेन्टल ग्रुप र कन्ट्रोल ग्रुपका दुई उपलब्धि रेकर्डमा भए । अब प्री–टेस्ट र पोस्ट टेस्टका उपलब्धि तुलना गर्नुहोस्, दुवै समूहको फरक–फरक ढंगले । यसबाट तपाईंको शिक्षणबाट विद्यार्थीमा आएको परिवर्तन थाहा हुन्छ । त्यसपछि तपाईंको मूल मुद्दा कलिलो उमेरमा बिहे गर्नेको उपलब्धि हेर्नतिर लाग्नुहोस् । यसका लागि दुवै समूहको पोस्ट–टेस्टको नतिजालाई तुलना गर्नुहोस् ।

यदि एक्सपेरिमेन्टल ग्रुपको अंक बढी देखिए कम उमेरमा बिहे गर्नेको भाषिक उपलब्धि धेरै हुन्छ भन्नुहोस् । कम देखिए उनीहरूको भाषिक उपलब्धि कम हुने रहेछ भन्ने निष्कर्ष निकाल्नुहोस् । यसरी तुलना गर्दा तपाईं प्री टेस्टको दुवैको अन्तरबीचको भिन्नता हेरेर पनि छुट्याउन सक्नुहुन्छ । ती दुईबीच देखिएको अन्तर सिग्निफिकान्ट हो कि होइन भन्ने हेर्न भने प्री टेस्ट वा अन्य कुनै स्टाटिसटिकल इन्फेरेन्सको प्रयोग गर्न सकिन्छ ।

पाठ २९

ट्रु एक्सपेरिमेन्टल डिजाइन

ट्रु एक्सपेरिमेन्टल डिजाइनको एउटा प्रकार प्री–टेस्ट पोस्ट टेस्ट कन्ट्रोल गु्रप डिजाइनबारे अघिल्लो पाठमा छलफल गरियो । अब बाँकी प्रसंग ।

(२) पोस्ट–टेस्ट वन्ली कन्ट्रोल ग्रुप डिजाइन

R…………….X…………….O1

R…………….C…………….O1

पाठ २८ र यो डिजाइनमा एउटा कुरामात्रै फरक छ । अघिल्लो डिजाइनमा प्री–टेस्ट पोस्ट टेस्ट दुवै लिइएको थियो भने यसमा पोस्ट टेस्टमात्र लिइएको छ ।

यो डिजाइनमा दुई समूह छन् । ती दुवैको छनोट ‘आर’ अर्थात् र्यान्डम विधिमा आधारित छ । एउटा समूहलाई ट्रिटमेन्ट ‘एक्स’ दिइएको छ । अर्काे समूह कन्ट्रोल ग्रुप ‘सी’ बनाइएको छ । र, अन्त्यमा दुवै समूहलाई पोस्ट टेस्ट लिइएको छ । उदाहरणका लागि यदि तपाईं ‘डु द स्टुडेन्ट्स थट बाई टेन इयर्स एक्सपेरियन्स्ड टिचर्स पर्फम बेटर इन म्याथम्याटिक्स देन दोज थट बाई लेस देन टेन इयर्स एक्सपेरियन्स्ड टिचर्स’ भन्ने रिसर्च क्वैसनको उत्तर पत्ता लगाउन एउटा एक्सपेरिमेन्टल रिसर्च गर्न चाहनुहुन्छ र यो डिजाइन प्रयोग गर्न खोज्नुहुन्छ भने तल दिएका प्रक्रिया अवलम्बन गर्नुहोस् ।

सबैभन्दा पहिला दस वर्षभन्दा बढी अनुभव भएका शिक्षकले पढाउने स्कुल पत्ता लगाउनुहोेस् । त्यसपछि तिनीहरूको प्रतिनिधित्व संख्या एकिन गर्नुहोेस् । त्यत्तिकै संख्यामा दस वर्षभन्दा कम अनुभव भएका शिक्षकले पढाउने स्कुल छान्नुहोस् र प्रतिनिधि संख्या बराबर बनाउनुहोस् । यो छनोट प्रक्रिया र्यान्डम हुनु जरुरी छ । स्कुल छान्दा र्यान्डम, शिक्षक छान्दा र्यान्डम हुनुपर्छ ।

तपाईंको प्रयोगमा तपाईंले गणित विषयमा उनीहरूको उपलब्धि हेर्न चाहनुभएकाले सबै शिक्षक त्यही विषयको हुनुपर्छ । तपाईंको एजम्सन पनि यहाँ जरुरी छ । विद्यार्थीको उपलब्धि भनेको तपाईंले लिने पोस्ट टेस्टमा विद्यार्थीले पाउने अंक मान्ने हो भने त्यो नै तपाईंको एजम्सन भयो ।

अब दस वर्षभन्दा बढी अनुभव भएकाले पढाएको विद्यार्थी जति एक्सपेरिमेन्टल ग्रुप र अरू शिक्षकले पढाएको विद्यार्थी कन्ट्रोल ग्रुप हुने भएर अब विद्यार्थी पनि त्यसैगरी र्यान्डम एसाइन्मेन्ट गर्नुहोस् । बराबर संख्यामा दुवै थरी शिक्षकको कक्षामा राख्नुस् । छात्र र छात्रा पनि समानुपातिक बनाउनुस् ।

त्यसपछि गणितको कुनै पाठ तपाईंको उद्देश्यअनुसार रोज्नुस् र दुवै थरीका कक्षामा पढाउन लगाउनुस् । एउटा समूहमा १० वर्षभन्दा बढी अनुभव भएको गणित शिक्षकलाई पढाउन लगाउनुस् । अर्काे समूहमा १० वर्षभन्दा कम अनुभव भएका शिक्षकलाई पढाउन लगाउनुस् । पढाएको विषयवस्तुमा आधारित एउटा परीक्षा बनाउनुहोेस् । पढाइ सकिसकेपछि दुवै समूहमा विद्यार्थीको परीक्षण गर्नुहोेस् । कुन प्रकारको शिक्षकले पढाएको विद्यार्थीले बढी उपलब्धि हासिल गर्छन्, दुवैको नतिजा तुलना गरी निर्णय लिनुहोेस् । ती दुईबीच देखिएको अन्तर सिग्निफिकान्ट हो कि होइन भन्ने हेर्न भने टी टेस्ट वा अन्य कुनै स्टासटिकल इन्फ्रेन्सको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस