वगनाशकालीका ३५ वर्षीय युवक मृत भेटिए

वगनाशकालीका ३५ वर्षीय युवक मृत भेटिए

पाल्पा, असाेज ८

पाल्पाकाे वगनाशकाली गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् । वगनाशकाली गाउँपालिका ७, खानीगाउँ झाँक्रिस्थान बस्ने दिपक भट्टराइ मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

३५ वर्षीय भट्टराइ अाफ्नै घरदेखी ५ सय मिटर पर बिहीबार साँझ ७ः३० बजे मृत अवस्थामा भेटिएका हुन् । भट्टराइकाे शव बारीकाे कुनामा भेटिएकाे र घटनाकाे बारेमा थप अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस