स्वास्थ्यकर्मीहरुको लागी क्षमता अभिबृद्धी तालिम सुरु

स्वास्थ्यकर्मीहरुको लागी क्षमता अभिबृद्धी तालिम सुरु

बिष्णु खनाल
पाल्पा,असोज ६


रिब्दीकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुको लागी क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । मंगलबारबाट सुरु भएको तालिम एक साता सम्म संचालन हुने छ ।
रिब्दीकोट गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा तालिम सुरु भएको हो । पहिलो चरणको कार्यक्रम ७ दिन सम्म संचालन हुनेछ ।कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी र ख्याहा स्वास्थ्य चौकी प्रमुख हरि बहादुर कुमालले गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको छ । पोषण तालिम पश्चात सहभागी स्वास्थ्यकर्मीहरुले सिकेका ज्ञान र सीपलाई सेवाग्रही समक्ष कार्यकुसलताका साथ ब्यबहारमा लागु गर्ने बिश्वास पालिका अध्यक्ष जिसिले ब्यक्त गर्नुभयो । दोस्रो चरणको तालिम असोज १४ गते देखि २० गते सम्म चल्ने छ । तालिममा २४ जनाको सहभागीता रहेको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी खनाल प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याल,लेखा अधिकृत मन्जु पन्थी सुआहारा पाल्पाका फिल्ड संयोजक दिनेश घिमिरेको उपस्थिती रहेको सन्तोष ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रम शिब जिसीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस