पहिरोमा पुरिएर गुल्मीमा एकै घरका ३ जनाको मृत्यु

पहिरोमा पुरिएर गुल्मीमा एकै घरका ३ जनाको मृत्यु

गुल्मी, ६ असोज

पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको हाे ।

रेसुङ्गा नगरपालिका-८ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस