तानसेनका महिलाहरूलाइ बाख्रा वितरण

तानसेनका महिलाहरूलाइ बाख्रा वितरण

पाल्पा, असाेज ५

तानसेन नगरपालिका ५, अर्चलेका किसानहरुलाई बाख्रा वितरण गरिएको छ । कृषि तथा पशु उधमशिलता बिकास परियोजना अन्तर्गत आदर्श स्वावलम्बन महिला द्वारा उपहार महिला समुह लाइ बाख्रा उपहार दिइएको हो ।

तानसेन नगरपालिका हेफर प्रोजेक्ट नेपाल को आर्थिक सहयोग तथा ग्रामीण आर्थिक बिकास सघ (रेडा) द्वारा संचालित कार्यक्रमबाट बाख्रा उपहार प्रदान गरिएकाे रेडाका कार्यकारी निर्देशक लिला कार्कीले बताए । बाख्रा वितरण गर्दै तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, हेफर इन्टरनेश्नल नेपालका प्रमुख तीर्थ रेग्मी, हेफरका कार्यक्रम अधिकृत अनन्त सिलवाल लगायतले उद्यमशील कार्यबाट राेजगारी सिर्जना गर्न महत्वपूर्ण याेगदान पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस