परिवार याेजना हुनुपर्नेमा जाेड

परिवार याेजना हुनुपर्नेमा जाेड

पाल्पा, असाेज ४

आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइएकाे छ । परिवार याेजनाबद्द रूपमा सञ्चालन हुन सके व्यवस्थित र सुखी परिवार निर्माण हुने अन्तरक्रियाका सहभागिहरूले बताएका छन् ।

‘यो वर्ष कोभिड १९ को महामारीः परिवार योजना सेवामा सबै पहुँच बराबरी’ भन्ने नाराका साथ परिवार नियोजन दिवसको अवसरमा अन्तरक्रिया आयोजना गरिएको थियाे । शाखा प्रवन्धक शोभाकान्त न्यौपानेले परिवार नियोजन वास्तवमा नियाेजन नभइ एक याेजना भएकाे भएकाेले परिवार योजना सेवामा सबैको पहुँच बराबर हुनेपर्ने बताए ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले परिवार योजना कार्यक्रम प्रभावकारी हुदैँ गएको बताउँदै बालबच्चा तथा अन्य घरायासी कार्यमा पनि याेजना बनाउनु अावश्यक रहेकाे बताए । कार्यक्रममा नेपाल पत्रकार महासँघका सह सचिव कृष्ण दनार्ल र कोषाध्यक्ष मुक्ति न्यौपानेले परिवार योजनाका सन्दर्भमा ग्रामिण बस्तीमा महिला पुरुषहरुले सहज रुपमा सेवा पाउनुपर्ने बताएका थिए ।

कार्यक्रम परिवार नियोजन संघ पाल्पा शाखा र स्वास्थ्य कार्यालय पाल्पाले संयुक्त रुपमा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस