पूर्वखाेला मिडियाको कार्यालय उद्घाटन

पूर्वखाेला मिडियाको कार्यालय उद्घाटन

कपिल देवकोटा

पाल्पा,असाेज ४

पूर्वखाेला मिडियाको कार्यालय उद्घाटन भएको छ । पुर्वखाेला मिडिया प्रा लि ले पुर्वखाेला गाउँपालिका ३ रिङ्नेरहमा अाफ्नाे कार्यालय स्थापन गरेको छ। १ वर्ष अगाडि कम्पनी दर्ता गरि सञ्चालित मिडियाले अहिले सम्म कार्यालय विहिन रूपमा स्थानीय तथा राष्ट्रिय समाचार सम्प्रेषण गर्दै अाइरहेकाे थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले रिबन काटेर कार्यालय उद्घघाटन गर्दै यश मिडिया अहिले सम्म कार्यालय विहिन भए पनि सत्य तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्दै अाइरहेकाे र अबका दिनमा थप सशक्त भइ समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जाेड दिदै शुभकामना ब्यक्त गर्नुभयो । यसै गरि कार्यक्रमका विशिष्ट अतिथिहरू पुर्वखाेला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरू , गाउँपालिका उपाध्यक्ष भागिरथि भट्टराई , स्थानीय पाठ्यक्रम निर्माण समिति सदस्य कृष्ण प्रसाद भट्टराई , रिङ्नेरहका कार्यवाहक वडाध्यक्ष हिरा बहादुर ढेगा , पत्रकार तथा लेखक निलकण्ठ न्याैपाने , नागरिक समाज पुर्वखाेला प्रतिनिधि हरि प्रसाद न्याैपाने , नबप्रतिभा बचत तथा ऋण सहकारी संस्थाका पुर्वखाेला शाखा प्रमुख अनिल लामा लगायतले मिडियालाइ बधाई तथा शुभकामना दिनुभयो ।

साथै मिडियाका कार्यकारी निर्देशक डिल्ली राज पङ्गेनीले प्रतिवेदन प्रस्तुत गर्दै अहिले यस मिडिया द्वारा कन्दरा न्युज र कन्दरा युटुभ टेलिभिजन सञ्चालनमा रहेको जानकारी गराउनुभयाे । मिडियाका सम्पादक अमृत काम्मुले सञ्चालन गर्नुभएको कार्यक्रम मिडियाका अध्यक्ष भरत सिंजालीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस