पाल्पामा ६३ जना सङ्क्रमित थपिए

पाल्पामा ६३ जना सङ्क्रमित थपिए

पाल्पा, असोज ३
पाल्पामा आईतबार ६३ जना कोरोना संक्रमितहरु थपिएका छन् । यससँगै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या पाल्पामा १ सय ७२ जना पुगेको छ । एन्टिजेन परीक्षणमा ६१ जना र पिसिआर परीक्षणमा २ जनामा कोरोना सङक्रमण देखिएको हो ।
२० जनाको पिसिआर परीक्षण गर्दा २ जना र १ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरुको कुल संख्या १० हजार ९० पुगेको कार्यालयले जनाएको छ । २४ घण्टामा थप २५ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिलेसम्म २ सय २४ जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस