पाल्पाली ढाका संघको कार्यप्रगति सार्बजनिक

पाल्पाली ढाका संघको कार्यप्रगति सार्बजनिक

पाल्पा,भदौ ३१


पाल्पामा एक बर्ष पहिले स्थापना भएको पाल्पाली ढाका संघले एक बर्षको कार्यप्रगति सार्बजनिक गरेको छ । बिहिबार तानसेनमा आयोजित एक कार्यक्रमका बीच संघले कार्यप्रगति सार्बजनिक गरेको हो ।
पाल्पाली ढाका संघका प्रोजेक्ट म्यानेजर अनुशेष रायमाझीले कार्यक्रममा एक बर्षको कार्यप्रगती प्रस्तुत गर्नुभएको थियो । उहाँले पाल्पाली ढाकाको महत्व इतिहास र यसको बिकासक्रम बारेमा जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार,युके एड,तानसेन नगरपालिका र पाल्पाली ढाका संघको सहकार्यमा पाल्पाली ढाका संघ संचालित भएको म्यानेजर रायमाझीले बताउनुभयो । पाल्पाली ढाका संघको स्थापन भएसंगै ढाकाको मौलिकता र नक्कली ढाकालाई प्रतिस्थापन गर्नको लागि योगदान पुगेको म्यानेजर रायमाझीले प्रष्ट पार्नुभयो । संघले आफ्नै पाठ्यक्रम मार्फत तालिम दिइरहेको जनाएको छ । संघले नेपाली धागोलाई प्राथमिकता दिएर ढाकाको तालिम तथा उत्पादन गरिरहेको छ । सघले एक बर्षमा ५ सय जनालाई तालिम दिने लक्ष्य राखेको छ । तर यस बर्ष कोभिडका कारण १ सय ७३ जनाले तालिम पाईसकेको संघले जनाएको छ ।

तालिम पश्चात केही स्वरोजगार भएका छन् भने ६ जनाले आफ्नै उद्योग संचालन गरेको ढाका संघले जनाएको छ ।
तालिममा आधिकंस महिला उधमी सहभागी रहेका छन् । साथै संघले कारखाना सुधार कार्यक्रम संचालक गरेको छ ।उत्पादन भएका सामाग्रीको बजार ब्यबस्थापनमा विभिन्न क्षेत्रबाट सहयोग भएको संघले जनाएको छ । पाल्पाली ढाका पहिचान गर्न र नक्कली ढाकाबाट उपभोक्ता ठगिनबाट जोगाउन संघले लोगो लगाउने काम गरेको छ । तानसेन नगरपालिकाले कोसेली घरको लागि जग्गा र प्रदेश सरकारले घर निमार्णमा लगानी गरेको । कोसेली घर तानसेनको टुडिखेलमा खुल्न लागेको छ ।संघले बन्द भएका २ वटा ढाका कारखाना पुन संचालनमा ल्याएको छ ।
कार्यक्रममा पत्रकार महासंघका पूर्ब सभापती गोबिन्द भट्टराईले जिज्ञासा राख्नुभएको थियो । बिशिष्ट अतिथी तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले पाल्पाली ढाका पाल्पाको पहिचान र संस्कृतीसंग जोडिएको बताउनुभयो । उहाँले पाल्पाको विशेषताको रुपमा बिकास गर्न नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । आफ्नोपन संग जोडिएको पाल्पाली ढाकालाई नगरपालिकाले निति नै बनाएर संरक्षणमा लागेको बताउनुभयो । “यो प्रयास राम्रो भएकाले यसलाइ दीगो बनाउनु पर्ने र ढाका पाल्पाको पहिचान भएकाले यसको अपनत्व पाल्पाले नै पाउन पर्ने” मेयर शाहीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी बल्जित बोहोराले ढाका पाल्पामा मात्र नभई बिदेशमा समेत यसलाई प्रबर्धन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम पाल्पाली ढाका संघकी अध्यक्ष पुर्णमाया महर्जनको अध्यक्षता र सचिब मनोज पौडेलको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस