तानसेनमा छ्याप्छ्याप्ती म्याद गुज्रेका सामाग्री, अनुगमन समितिद्वारा नष्ट !

तानसेनमा छ्याप्छ्याप्ती म्याद गुज्रेका सामाग्री, अनुगमन समितिद्वारा नष्ट !

पाल्पा, भदाै ३०

तानसेनमा म्याद गुज्रिएका सामान बिक्री व्यापक हुन थालेकाे । बुधबार गरिएकाे बजार अनुगमनमा म्याद गुज्रिएका सामाग्री जफत गरि नष्ट समेत गरिएकाे छ ।

चाडपर्व नजिकिएसँगै म्याद गुज्रिएको समानहरु धेरै आयात हुनसक्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएकाे छ । तानसेन नगरपालिकाकाे मेहल्धारा र गैरागाउँ क्षेत्रमा बजार अनुगमन गरिएकाे छ । बुधबार २८ पसलहरूमा अनुगमन गरिएकाे छ । किराना पसल, खाद्यान्न, निर्माण, कस्मेटिक, फलफूल, तरकारी तथा मासु पसल अनुगमनका क्रममा ६ हजार ३० रूपैयाँ बराबरकाे सामाग्री जफत गरि नष्ट गरिएकाे घरेलु तथा साना उद्याेग कार्यालयका उद्याेग अधिकृत देवीराम भण्डारीले बताए ।

तानसेनमा बजार अनुगमन गरिँदै ।

कोरोना सङक्रमणका कारण बन्द गरिएका पसलहरू सूचारू हुन थालेपछि व्यापारीहरूसँग म्याद गुज्रिएकाे सामाग्रीहरू समेत बढी देखिएकाे हाे । बिस्कुट, मसला, जुस, तेल तथा व्यूटीपार्लरका सामाग्रीहरूमा बढीमात्रामा म्याद गुज्रिएकाे पाइएकाे जिल्ला प्रशासन कार्यालय पाल्पाका नायव सुब्बा हरिप्रसाद पन्थीले बताए । अनुगमनका क्रममा मूल्यसूची टाँस नगरिएकाे, हाेर्डिङ बाेड नराखिएकाे, म्याद नाघेका सामाग्री बिक्रि गरेकाे, पसल दर्ता नगरि सञ्चालन गरिएकाे पाइएकाे थियाे ।

गुणस्तरहिन तथा म्याद गुज्रिइका सामानहरु बरामद गरेर नष्ट गरिएको अनुगमनमा सहभागी भरत अाचार्यले बताए । चाडपर्व नजिकिएसँगै तानसेनमा बजार अनुगमन तिव्र पारिने अनुगमन समितिले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस