जनगणना सुपरिवेक्षकलाइ काेराेना विरूद्दकाे खाेप दिइयाे

जनगणना सुपरिवेक्षकलाइ काेराेना विरूद्दकाे खाेप दिइयाे

माया बस्याल, पाल्पा, भदाै २९

नेपाल सरकारले सुरु गर्न लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ पाल्पा जिल्लामा पनि भदौ २७ / २८ गतेकाे पूर्ताजगी तालिम सुरु भएको छ । पाल्पा जिल्लामा रहेका १० वडा स्थानीय तह मध्ये २ नगरपालिका र ८ गाउँपालिका छन् जसमा ९४ जना सुपरिवेक्षकले जनगणना कार्यक्रममा अाफ्नाे दायित्व पूरा गर्ने कुरा तानसेन जनगणना कार्यालय प्रमुख भविश्वर घिमिरेले बताए ।

विश्वव्यापि रुपमा फैलिएको काेराेना माहामारीका कारण स्थगित भएको जनगणना पून सुरू हुन लागेकाे हाे । त्यसका लागि अहिले जिल्ला स्वास्थ्य कार्यालयकाे सहयोगमा जनगणना खटिने सुपरिवेक्षक ६० जनाले काेराेना विरुद्धको भेराेसिल खाेप समेत लगाईएका छन् ।

पाल्पा जिल्लाका सबै स्थानीय तहमा भदौ ३० गतेदेखि जनगणना कार्यक्रम सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस