रम्भामा निर्वाचनबाटै चुनिइन बालक्लव प्रतिनिधिमा पुष्पा

रम्भामा निर्वाचनबाटै चुनिइन बालक्लव प्रतिनिधिमा पुष्पा

पाल्पा, भदाै २८

रम्भा गाउँपालिकामा बालक्लव अध्यक्ष निर्वाचन माध्यमबाट चयन भएकी छिन् । मंगलबार भएकाे दाेस्राे अधिवेशनबाट पुष्पा सारू रम्भाकाे गाउँपालिका बालक्लवकाे अध्यक्षमा चयन भएकी हुन् ।

‘सामान्य अवस्थामा कोभिड महामारी, बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मूलनाराका साथ बालदिवस मनाइएकाे छ । बालदिवसकाे अवसरमा रम्भा गाउँपालिकामा बालभेला तथा अधिवेशन सम्पन्न गरिएकाे हाे । बालक्लव अध्यक्षमा पुष्पा १२ मत अन्तरले विजयी भएकी हुन् । उनकाे प्रतिस्पर्धीमा सलिना सुनारी रहेकी थिइन् ।

अधिवेशनबाट उपाध्यक्षमा साेनिया रसायली, सचिव नकुल विक, सहसचिव शान्ति सिंजाली, काेषाध्यक्ष अनुषा विक र सदस्यहरूमा सुष्मा सुर्यवंशी, पुजा घर्ती, अञ्जली माझी, सागर विक, मूना नेपाली र दुर्गा पून निर्वाचित भएका छन् । रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले रम्भाकाे ५ वटै वडाबाट निर्वाचित भएर ११/११ र ३/३ जना मनाेनित भएका अाएका प्रतिनिधीहरूबाट गाउँपालिका स्तरीय बालक्लव गठन भएकाे बताए । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएकाे बताइएकाे छ ।

रम्भा गाउँपालिका बालमैत्री घाेषणा हुने क्रममा रहेकाे गाउँपालिका हाे । रम्भाकाे वडा नं. ३ पिपलडाँडा बाहेकका अन्य वडाहरू बालमैत्री घाेषणा भैसकेका छन् । गाउँपालिका प्रवक्ता रेग्मीले रम्भाले ५१ वटै सूचकहरू पूर्ण भैसकेकाे र बालमैत्री घाेषणा हुनमात्र बाँकी रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस