पाण्डेकाे अध्यक्षतामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, काे काे छन् समाजवादीमा (भिडियाे)

पाण्डेकाे अध्यक्षतामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, काे काे छन् समाजवादीमा (भिडियाे)

पाल्पा, भदाै २६

खिमानन्द पाण्डे (कमल) को अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पा जिल्ला कमिटी गठन भएकाे छ । तानसेनमा शनिबार सम्पन्न भेलाले ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको हाे ।

साविक नेकपा एमालेका जिल्ला कमिटीका सहसचिव पाण्डेकाे अध्यक्षतामा गठन भएकाे कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उप सचिवमा कमल सेन रहेका छन् । भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ ।

भेलालाइ सम्बाेधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोम प्रसाद पाण्डेले पार्टि विभाजन हुँदा अाफूहरूकाे मनाेभावनामा ठेस पुगेकाे बताउँदै एमाले अध्यक्ष केपी शर्माका कारण नेकपा एमाले विभाजन हुन पुगेकाे र कम्प्युनिष्ट पार्टीहरूकाे एकता अावश्यक रहेकाे बताए ।

भेलालाइ सम्बाेधन गर्दै केन्द्रीय सदस्य बालकृष्ण चापागाईं, रुपन्देही सचीव सिद्दिचरण भट्टराई, लेखनाथ पोखरेल, रमा घर्ती लगायतले कार्यकर्ताकाे मनाेभावनामा ठेस पुर्याउने खालका गतिविधीले राजनीतिक अस्थितरता सिर्जना गरेकाे बताएका थिए । उक्त भेलालाइ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख कृष्ण कार्की र प्राध्यापक भेषराज सुवेदीले सम्बाेधन गर्दै पार्टी व्यक्तिकाे प्रवृति अनुसार भन्दा पनि विचार र सिद्दान्तका अाधारमा चल्नुपर्ने बताएका थिए ।

समाजवादीले एक सय २५ सदस्यीय जिल्ला कमिटिमा ७५ सदस्यको नाम सार्वजनिक गरेको छ । बाँकी ५० जनाको नाम टुङ्ग्याउन बाँकी रहेको समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस