रम्भा १, हुँगीमा दुइ दर्जन बढी एमाले कार्यकर्ता कांग्रेस प्रवेश

रम्भा १, हुँगीमा दुइ दर्जन बढी एमाले कार्यकर्ता कांग्रेस प्रवेश

पाल्पा, भदाै २५

रम्भा गाउँपालिका वडा नं. १ हुँगीमा एमालेका २५ जना कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न भेलामा उदयमान युवाहरू कांग्रेस प्रवेश गरेका हुन् ।

यसैबीच नेपाली काङ्ग्रेस, रम्भा गाउँपालिका १ मा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । वडा अधिवेशनबाट निर्वाचित वडा समितिलाइ पद हस्तान्तरण तथा क्षेत्रीय प्रतिनिधीहरूलाइ प्रमाणपत्र प्रदान गरिएकाे सुमन पछाइले बताए ।

नेकपा एमालेमा रहेर विभिन्न पदमा नेतृत्व गरि कांग्रेस प्रवेश गरेका खेमानन्द अधिकारीले कांग्रेस सच्चा लाेकतान्त्रिक पार्टी भएकाे र एमाले सधैं रडाकाे मच्चाउने गरेकाे प्रतिक्रिया दिए । उनले एमाले परित्याग गरि नेपाली काङ्ग्रेसको सदस्यता लिएका छन् । उनीसँगै राम बहादुर घर्ती, गुप्त जिटि लगाएत २५ जना युवाहरूलाई नेपाली काङ्ग्रेस प्रवेश गरेकाे रम्भा गाउँपालिका कांग्रेसले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस