पाल्पामा २८ देखी ७२ वर्षसम्मका वडा सभापति ! कांग्रेस वडा अधिवेशन सम्पन्न

पाल्पामा २८ देखी ७२ वर्षसम्मका वडा सभापति ! कांग्रेस वडा अधिवेशन सम्पन्न

पाल्पा, भदाै २४

पाल्पामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएकाे छ । जिल्लाकाे कुल ८१ वडामा वडा कमिटी गठन भएकाे छ । ८१ वडामध्ये एक जना महिलामात्र वडा सभापतिमा निर्वाचित भएकी छिन् ।

वडा अधिवेशनबाट जिल्लामा सबैभन्दा कान्छा वडासभापती बनेका छन्, २८ वर्षीय प्रकाश ज्ञवाली । यस्तै सबैभन्दा बढी उमेरका वडा सभापति बनेका छन्, वगनाशकाली गाउँपालिका ५ का ७२ वर्षीय नन्द किशाेर अमात्य । ७० वर्षीय गणेश बस्याल समेत वडा सभापतीमा निर्वाचित भएका छन् ।

प्रकाश रामपुर नगरपालिका वडा नं. ३ काे कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा ज्ञवाली पाल्पाको रामपुर वडा सभापति निर्वाचित भएका हुन् । पाल्पामै युवा पुस्ताको उदय भएको भन्दै कांग्रेस नेता कार्यकर्तामा उत्साह छाएको छ ।

पाल्पा जिल्लामा कांग्रेस वडा सभापति विजेताहरू…

प्रतिक्रिया दिनुहोस