शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष, पप स्कुलका सहायक प्रअ पाेखरेलकाे निधन

शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष, पप स्कुलका सहायक प्रअ पाेखरेलकाे निधन

पाल्पा, भदाै २३

नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पाेखरेलकाे तानसेनमा निधन भएकाे छ । ५६ वर्षीय पाेखरेललाइ स्वास्थ्यमा समस्या देखिएपछि युनाइटेड मिशन अस्पताल पाल्पा पुर्याउँदै गर्दा मृत्यु भएकाे हाे ।

पाल्पाकाे पद्मपब्लिक नमूना माध्यमिक विद्यालय, तानसेनका सहायक प्रधानाध्यामक समेत रहेका पाेखरेलमा विगत ७ दिनदेखी स्वास्थ्यमा समस्या देखिएकाे थियाे । उच्च रक्तचापका कारण उनकाे निधन भएकाे बताइएकाे छ । ताप्लेजुङ जिल्लामा जन्मिएका पाेखरेलकाे स्थायी बसाेबास झापाकाे पृथिनगर नगरपालिकामा रहेकाे छ ।

२०२३ असार ४ गते जन्मिएका पाेखरेल २०४४ सालदेखी अस्थायी शिक्षण सेवामा रहि २०६० सालमा स्थायी भएका थिए । पाेखरेलका दुइ छाेरा र श्रीमति छन् । मृत अात्माकाे चीर शान्तिकाे कामना ।

प्रतिक्रिया दिनुहोस