बगनासकालीका सबै जनप्रतिनिधि एमालेमै रहने !

बगनासकालीका सबै जनप्रतिनिधि एमालेमै रहने !

पाल्पा, भदाै २०

पाल्पाकाे वगनाशकालीमा सबै जनप्रतिनिधीहरू एमालेमै रहने भएका छन् । एमाले विभाजन भएर बनेकाे नेकपा समाजवादी पार्टीमा वगनाशकाली गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिहरूले साथ नदिने भएका हुन् ।

नेकपा एमाले बगनासकालीद्वारा आयोजित संसदीय दलको बैठकमा पालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको नेकपा एमालेका मोहन थापाले बताए। एमालेबाट १६ जना पुरुष र ११ जना महिलासहित २७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

पार्टी विभाजनपछि पनि २६ जनाले नै एमालेलाई साथ दिएको उपाध्यक्ष सरस्वती चिदीले बताइन् ।

प्रतिक्रिया दिनुहोस