जाे ९५ वर्षमा लैनाे भैंसी पालेर गुजारा गर्छन् !

जाे ९५ वर्षमा लैनाे भैंसी पालेर गुजारा गर्छन् !

पाल्पा, भदाै २०

तानसेन नगरपालिका वडा नं. ८ दमकडाका वेनिराम ढकाल उमेरले ९५ वर्ष पुगे । उमेर झण्डै शताब्दी पुग्न लाग्नुभएका ढकालले लैनाे भैंसी पालेर दूध खाँदै लामाे जीवन चलाउँदै आएका छन् ।

वेनिराम ढकालले सेराेफेराेसँगकाे कुराकानीमा भैंसी पालेर दूध खाँदै गरेकाे सुनाए । उनी भन्छन्, अ’झै रूखमा चढेर घाँस झारेर भैंसी पालिरहेकाे छु । एक दिन रूखमा भएकाे खावा (वनमाैरी) शरीरभरि टाँसिएर टाेके, म रूखबाट झण्डे खसेर मरिन । बाँच्न धेरै लेखेर हाेला ।’

वेनिरामका ४ छाेरा र ५ छाेरी छन् । तर ढकाल दम्पत्ती छुट्टै घरमा बसेर भैंसी पालेर बसेका छन् । ९५ वर्षीय ढकालले आफूले भैंसी पालेर दूध खानुकाे आनन्द नै बेग्ले हुने बताए । नातीनातीना, पनातीहरू त ६० भन्दा धेरै भैसके हाेलान्, तै पनि हामी खुसी भएरै बाँचेका छाैं । भैंसी बाध्यताले भन्दा पनि रहरले पालेकाे हाे । ढकाल ७५ वर्षीय श्रीमती खाेमता ढकालसँगै बस्दै आएका छन् ।

गिद्द सचेतना दिवसमा जेष्ठ नागरिक सम्मान

१३ औं अन्तर्राष्ट्रिय गिद्द सचेतना दिवसकाे अवसर पारेर जेष्ठ नागरिकहरूलाइ सम्मान कार्यक्रम गरिएकाे छ । अँधेरी छरछरे सामुदायिक वन उपभाेक्ता समूह, तानसेन नगरपालिका ८ ले समूहभित्रका जेष्ठ नागरिकहरूलाइ सम्मान गरेकाे हाे ।

गिद्द सचेतना दिवसका अवसरमा अायाेजित कार्यक्रममा बाेल्दै तानसेन नगरपालिकाका प्रमुख अशाेक कुमार शाहीले जेष्ठ नागरिकहरू अनुभव, सीप र क्षमताबाट पछिल्लाे पुस्ताले ज्ञान अार्जन गर्न सक्नुपर्ने बताए । उनले गिद्द प्रकृतीका कुचिकार भएकाेले गिद्द संरक्षणमा ध्यान पुग्नु आवश्यक रहेकाे बताए ।

सहायक वन अधिकृत उपेन्द्र अर्यालले पछिल्लाे समय पाल्पामा गिद्दकाे संख्या कम हुँदै गएकाेमा चिन्ता व्यक्त गर्दै सीमल संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले डिभिजन वन कार्यालयले सीमला विरूवा उत्पादन तथा प्राविधक जानकारी दिन सक्छ । गिद्द संरक्षण गर्न कसरी सकिन्छ सबैकाे ध्यान पुग्नु अावश्यक हुन्छ ।

साे कार्यक्रममा बाेल्दै समाजसेवी मीन प्रसाद बञ्जाडेले जेष्ठ नागरिकहरू समाजका एेना भएकाे र उनीहरूकाे सम्मानले स्वाभिमानमा वृद्दि हुने बताए । कार्यक्रममा जेष्ठ नागरिकहरूलाइ च्वावनप्रास र हर्लिस समेत प्रदान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस