रम्भा गाउँपालिकामा अधिकांश जनप्रतिनिधी नेकपा एमालेमै ! श्रेष्ठ खुले नेकपा (एस) मा

रम्भा गाउँपालिकामा अधिकांश जनप्रतिनिधी नेकपा एमालेमै ! श्रेष्ठ खुले नेकपा (एस) मा

पाल्पा, भदाै १८

रम्भा गाउँपालिका नेकपा एमाले संसदीय दलकाे बैठक सम्पन्न भएकाे छ । संसदीय दलका नेता रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीकाे अध्यक्षतामा बैठक बसेकाे हाे । नेकपा एमाले अध्यक्ष याेगेन्द्र प्रसाद गैरेकाे प्रमुख अातित्थतामा बसेकाे बैठकले नेकपा एमाले विभाजन गरेर बनेको नवगठित नेकपा (एकीकृत समाजवादी) नजाने र एमालेमै रहने सर्वसम्मत निर्णय गरेकाे हाे ।

याे पनि पढ्नुहाेस्…

रम्भा गाउँपालिका भित्रका सबै जनप्रतिनिधीहरू नेकपा एमालेभित्रै रहने प्रतिवद्दता व्यक्त भएकाे छ, बैठकले एमालेमै रहने सर्वसम्मत निर्णय गरेकाे रम्भा गाउँपालिका प्रवक्ता समेत रहेका कृष्ण प्रसाद रेग्मीले बताए ।

तर रम्भा गाउँपालिका वडा नं. ५ का वडा सदस्य इश्वरी प्रसाद श्रेष्ठ भने नेकपा (एस) पाल्पाकाे भेलामा सहभागी भएका थिए । श्रेष्ठले सेराेफेराेसँगकाे कुराकानीमा अाफू नेकपा (एस) नेपाल समूहमै भएकाे बताए । उनी भन्छन्, गाउँपालिकाकाे भेलामा म पनि गएकाे थिए, हस्ताक्षर पनि गरे तर म नेपाल समूह समाजवादी मै हुँ । गाउँपालिका अध्यक्षकाे मन राख्न हस्ताक्षर गरे पनि अाफू नेपाल समूहमै रहने उनले स्पष्ट पारे ।

रम्भा गाउँपालिका वडा नं. ५ का वडा सदस्य इश्वरी प्रसाद श्रेष्ठले अाफू निर्वाचन कार्यालयमा नेकपा एसकाे सनाखतमा सहभागी हुने बताए । उनी भन्छन्,’मैले अध्यक्षकाे नाम राख्न एमाले जिल्ला कमिटिलाइ लेखेकाे पत्रमा हस्ताक्षर गरेकाे तर नेपाल समूहमै रहने हाे, म भेलामै सहभागी भएकाे थिए ।’

प्रतिक्रिया दिनुहोस