नेपाली कांग्रेस पाल्पा अधिवेशन भदाै २१ देखी, कसरी चुनिन्छन् प्रतिनिधीहरू? (प्रक्रियादेखी संख्यासम्म)

नेपाली कांग्रेस पाल्पा अधिवेशन भदाै २१ देखी, कसरी चुनिन्छन् प्रतिनिधीहरू? (प्रक्रियादेखी संख्यासम्म)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन । त्यसैले सबै जिल्लामा वडा अधिवेशन शुक्रबारै सुरु हुनेछैन । कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ । किनभने २७ भदौमा गाउँ÷नगर अधिवेशन हुनेछ ।

पाल्पा जिल्लाकाे अधिवेशन भदाै २१ गतेदेखी सुरू गर्न लागिएकाे नेपाली कांग्रेस पाल्पाका सभापती वीर बहादुर रानाले बताए । उनले भदाै १९ गते जिल्ला कार्य समितिकाे बैठक राखेर निर्वाचनकाे अन्तिम तयारी गर्न लागिएकाे रानाले बताए । कांग्रेसले भदौ १८ गते अधिवेशन गर्न नसकेका वडाहरूमा अर्को मिति तोक्ने अधिकार सम्बन्धित जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई दिएको छ । केन्द्रीय निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिकाले भदौ १८ गते कारणवश अधिवेशन हुन नसकेका वडाहरूमा केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरी सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले नै अर्को मिति तोक्ने र अधिवेशन गराउन सक्ने अधिकार दिएको हो ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् । कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र ९प्रदेश र प्रतिनिधिसभा० कमिटी चयनका लागि मतदाता हुन् ।

पाल्पा जिल्लामा निर्वाचन अधिकृतका रूपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी खटीएकाे नेपाली कांग्रेस पाल्पाले जनाएकाे छ । उनी शुक्रबार पाल्पा अाउँदैछन् । त्रिपाठी जिल्लामा खटिएसँगै पाल्पामा नेपाली कांग्रेसकाे अधिवेशनकाे चहलपहल बढेकाे छ । पाल्पामा कुल नाै हजार १ सय ५८ जना क्रियाशिल सदस्यबाट झण्डै १ हजार ४ सय सय ४७ जना प्रतिनिधी चयन हुनेछन् ।

याे पनि पढ्नुहाेस्…पाल्पा कांग्रेसमा जिल्ला सभापतिका लागि आकाङ्क्षी को को ?

पाल्पा कांग्रेसकाे अधिवेशन भदाै २१ बाट सुरू हुनेछ । वडा अधिवेशनबाट क्षेत्र नं. १ मा ६ सय ६७ जना र क्षेत्र नं. २ मा ७ सय ८० जना जना प्रतिनिधी चयन हुनेछन् । यिनीहरू मध्येबाटै क्षेत्रीय र जिल्ला कार्यसमिति चयन हुनेछ । क्षेत्रमा ५१ जना महाधिवेशन प्रतिनिधी, ६४ जना प्रदेश महाधिवेशन प्रतिनिधी र ५५ जना जिल्ला कार्यसमितिमा चयन हुनेछन् ।

वडागत रूपमा चयन हुने प्रतिनिधी संख्या विववरण…

पाल्पाका प्रतिनिधीहरू मध्येबाट ६६ जना क्षेत्रीय कार्य समिति र १ सय २४ जना प्रदेश कार्यसमितिमा जानेछन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ । विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

कांग्रेसको नयाँ कार्यतालिकाअनुसार गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस