रिलायबल नेपालको बार्षिक उत्सब

रिलायबल नेपालको बार्षिक उत्सब

कपिल देवकोटा
भदौ १६ तानसेन
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले स्थापनाकालको पाचौं बर्षमा प्रवेश गरेको छ। बार्षिक उत्सबको अवसरमा पाल्पा शाखाले तानसेन विशाल बजारमा रहेको कार्यालमा विविध कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सब समारोहमा बोल्दै संस्थाका पाल्पा शाखा प्रबन्धक सुवास गैरेले यस संस्था स्थापना भएको ४औ वर्ष पूरा गरि ५औ वर्षमा प्रवेश गरिरहदा ३६ लाख बिमित पुगेको र ८२ ओटा शाखा कार्यालयले सेवा प्रदान गरिरहेको जानकारी गराउनु भयो ।
साथै संस्थाको १५ हजार बिमा अभिकर्ताहरू रहेको जानकारी दिनुभयो । प्रबन्धक गैरेले मिहिनेत र इमान्दारिताले नै यस संस्थाले पाल्पामा चर्चा कमाएको बताउनु भयो । समारोहमा सम्पुर्ण अभिकर्ताको तर्फबाट सुनिता अधिकारीले आफ्नो भनाइ राख्दै शुभकामना ब्यक्त गर्नुभयो। वार्षिकोत्सब समारोहमा २५ भन्दा बढी अभिकर्ता तथा संस्था संग आबद्ध ब्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस