राम्दीमा पहिराे जाँदा एककाे मृत्यु, डुम्रेकाे पहिराेले घर बगायाे, सिद्दार्थ राजमार्ग अवरूद्द (फाेटाेभिडियाे)

राम्दीमा पहिराे जाँदा एककाे मृत्यु, डुम्रेकाे पहिराेले घर बगायाे, सिद्दार्थ राजमार्ग अवरूद्द (फाेटाेभिडियाे)

पाल्पा, भदाै १३ 

गल्याङ नगरपालिका–१ राम्दी, स्याङ्जामा पहिरोले घर पुरिएको छ । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो । सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार छ । उद्धार गरिएका मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

गल्याङ नगरपालिका १, राम्दी, स्याङजा

मृत्यु हुनेमा वालिङ् नगरपालिका १४ की ४० वर्षीय धनमाया उम्रको निधन भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । यता अाइतबार बिहान पहिराेले तानसेन नगरपालिका–८ डुम्रेमा घर बगाएकाे छ ।

पहिरोले देवबहादुर सारुको दुई तल्ले पक्की घर समेत बगाएको छ । केही पशु चौपाया पुरिएका छन् । सोही स्थानका अन्य तीन घर पहिरोको जोखिममा परेका छन् ।

पहिरोले तानसेन नगरपालिका ८, डुम्रे र गल्याङ नगपालिका १ मा सिद्दार्थ राजमार्ग अवरूद्द भएकाे छ ।

भिडियाेमा हेर्नुहाेस्, पाल्पा डुम्रेकाे पहिराे लाइभ…

प्रतिक्रिया दिनुहोस