माथागढीद्वारा हाते ट्याक्टर तथा घरेलु कुटानी पिसानीकाे मिल वितरण

माथागढीद्वारा हाते ट्याक्टर तथा घरेलु कुटानी पिसानीकाे मिल वितरण

गजेन्द्र पन्थी

(माथागढी) पाल्पा, साउन २७

माथागढी गाउँपालिकाले कृषकहरुका लागि हाते ट्याक्टर तथा घरेलु कुटानी पिसानीकाे  मिल  वितरण कार्यक्रम आज सम्पन्न गरेकाे छ । गाउँपालिका भित्रका ८ वटा वडाका कृषी ब्यवसायमा लागेका सक्रिय कृषकहरु र बैदेसिक राेजगारीबाट काेभिड संक्रमित भै फर्की कृषी ब्यवसायमा लागेका कृषकहरुलाई लक्षित गरी कार्यक्रम संञ्चालन गरेकाे हाे ।

कृषी यान्त्रीकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषी यन्त्र तथा उपकरण हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकाे ४५ लाख   प्रदेश सरकारकाे १७ लाख ५० हजार र कृषकहरुकाे ४५ लाख रुपैया गरी कुल १ कराेड ७ लाख ५० हजार रुपैयाँकाे लागतमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा गाउँपालिकाकाे  अध्यक्ष सन्ताेष थापाले परम्परागत कृषी प्रणाालीबाट अब आधुनिक कृषी ब्यवसाय गरी आम्दानीकाे स्राेत बढाउन र आयआर्जमा जाेड दिई आत्मनिर्भर गराउने उद्देश्यले कार्यक्रम ल्याइएकाले सबै दत्त चित्त भै लाग्नु पर्नेमा जाेड दिनुभयाे । यसै गरी गाउँपालिकाकाे उपाध्यक्ष निर्मला भट्टराईले कृषीमा आत्म निर्भर भै ब्यवसायिक कृर्षी तर्फ अगाडी बढ्न आग्रह गर्नु भयाे । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले यसकाे सही ढंगले सदुपयाेग गरी मनग्य आम्दानी लिन कृषकहरुलाई अनुराेध गर्नुभयाे ।

वार्ड नं ८ का कृषक ज्ञान बहादुर पुलामीले याे कार्यक्रमले कृषकहरुलाई काम गर्न हाैसला थपेकाे बताउनु भयाे ।कार्यक्रम गाउँपालिकाकाे आयाेजना कृषी अधिकृत किरण पराजुलीकाे संञ्चालन र गाउँपालिकाकाे अध्यक्ष सन्ताेष थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । 

प्रतिक्रिया दिनुहोस