पाल्पाका कार्यालयमा फैलिँदाे काेराेना, जिल्लामा छैन सतर्कता ! एकैदिन थपिए ५९ सङक्रमित

पाल्पाका कार्यालयमा फैलिँदाे काेराेना, जिल्लामा छैन सतर्कता ! एकैदिन थपिए ५९ सङक्रमित

पाल्पा, साउन २६

पाल्पाका सेवा प्रदान गर्न कार्यालयहरूमा काेराेना फैलिँदै अवस्थामा पाइएकाे छ । जिल्लाकाे प्रमुख सेवा प्रदायक कार्यालय जिल्ला प्रशासन कार्यालय पाल्पाका, कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा रोकिएको छ। २० गते देखि साउन २९ सम्म सेवा रोकिएको हाे ।

यस्तै अत्यधिक सेवाग्राहीकाे भीड हुने मालपोत कार्यालय पाल्पाका सम्पूर्ण सेवा रोकिएका छन्। कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार देखि यही साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताए । मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका सबै सेवा बन्द गर्नुपरेको र आन्तरिक काम भने भैरहने उनले बस्यालले जानकारी दिए।

यस्तै तानसेन नगरपालिका १४, अर्गली वडा कार्यालयले समुदायस्तरमा बढ्दाे काेराेना सङक्रमण देखिएपछि मंगलबारदेखी नै साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेकाे छ । जिल्लाका विभिन्न कार्यालयमा केही कर्मचारीलाई सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि परीक्षणकाे क्रम भने तिव्र पारिएकाे बताइएकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा अन्य कर्मचारीलाई समेत कोरोना पोजेटिभ भएको हुन सक्ने र सेवाग्राहीमा संक्रमण फैलन सक्ने जोखिम भएकाले कार्यालयले दिँदै आएको सेवा बन्द गर्नु परेको प्रजिअ पाण्डेले बताए। जिल्ला प्रशासनकाे शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरीबाहेक अन्य सबै सेवा बन्द भएका छन् ।

पाल्पामा कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा छ तर सावधानी घट्दाे अवस्थामा छ । पहुँचका भरमा खाेप लगाएकाहरू नेतृत्वमा हुने र सर्वसाधारणले खाेप नपाउँदा लापरवाही बढेकाे बसमा यात्रा गरिरहेका एक यात्रुले बताए । स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डको जिल्लामा उल्लङघन भैरहेकाे र सराेकारवाला निकायहरू माैन बसेकाे सर्वसाधारणकाे गुनासाे छ ।

एकै दिन थपिए ५९ सङक्रमित

मंगलवार पाल्पामा ५९ जनामा कोरोना संक्रमण देखिएकाे छ । एन्टिजेन परीक्षणमा ५४ जना र पिसिआर परीक्षणमा ५ जना गरी ५९ जना संक्रमित भएसँगै पाल्पामा सङक्रमित हुनेकाे संख्या ८ हजार ८ सय ६३ पुगेकाे छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओम प्रकाश पन्थीका अनुसार पाल्पामा अहिले ४६१ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् जसमा ३९० जना होम आइसोलेशनमा, ३१ जना एचडियूमा, ३४ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।

पाल्पामा अहिलेसम्म १ सय ३० जना कोरोना संक्रमितहरुको निधन भइसकेको छ भने ८ हजार २ सय ६२ जना निको भएर घर फिर्ता भएका छन् । २४ घण्टामा थप ६८ जना निको भएर घर फिर्ता भएका छन् ।

स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डको पूर्णरुपमा पालना गरी आफू बाँच्न र अरुलाई बचाउन सेराेफेराेन्यूज हार्दिक अपिल गर्दछ ।       

प्रतिक्रिया दिनुहोस