पाल्पामा ५७ नयाँ सङक्रमित, ७१ जना निकाे हुँदा सक्रिय सङक्रमितकाे संख्या ३ सय ९६

पाल्पामा ५७ नयाँ सङक्रमित, ७१ जना निकाे हुँदा सक्रिय सङक्रमितकाे संख्या ३ सय ९६

साेमबार पाल्पामा थप ५७ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । पिसिआर परीक्षणबाट १६ र एन्टिजिनमा ४१ नयाँ काेराेना सङ्क्रमित थपिएका हुन् । यससँगै पाल्पामा काेराेनाका सङक्रमितहरूकाे संख्या ३ सय ९६ पुगेकाे छ ।

हिजाे ४ सय ३३ रहेकाे सक्रिय सङक्रमितहरू मध्ये थप ७१ जना निकाे भएर घर फर्किएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पामा केही दिनयता कोरोनाबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा अहिले ४० जना विभिन्न अस्पतालहरूका अाइशाेलेशन तथा ३ सय ५६ जना हाेम अाइशाेलेशनमा रहेका छन् । पाल्पा जिल्लामा हालसम्म काेराेनाका कारण १ सय २६ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस