दोषी ठहर भई फरार तीन अभियुक्त प्रहरीद्वारा पक्राउ

दोषी ठहर भई फरार तीन अभियुक्त प्रहरीद्वारा पक्राउ

पाल्पा, साउन १७

जिल्ला प्रहरी कार्यालय, पाल्पाले फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । पाल्पा जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाल्पा जिल्ला अदालतले फैसला गरी दोषी ठहर भएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । पक्राउ पर्नेमा रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपाने, रम्भा गाउँपालिका–१, का ४९ वर्षका कृष्णप्रसाद पाठक र निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामी रहेका छन् । न्याैपाने बैकिङ् कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका थिए । उनलाई अदालतले ७ लाख ३० हजार नगद गरिमाना तोकेको थियो ।

यस्तै रम्भा गाउँपालिका–१, का ४९ वर्षका कृष्णप्रसाद पाठक बहुबिवाह मुद्दामा दोषी ठहर भई फरार भएकालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतले १ वर्ष तीन महिना कैद सजाय तोकेको थियो । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका निस्दीका पुलामी प्रहरीको फरार सूचिमा थिए । उनलाई पाल्पा जिल्ला अदालतले ६ वर्ष कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस