पाल्पाका शिक्षकलाइ खाेप सुरू भएसँगै शैक्षिक गतिविधि सुचारु

पाल्पाका शिक्षकलाइ खाेप सुरू भएसँगै शैक्षिक गतिविधि सुचारु

पाल्पा, साउन १६

खोप लगाउने सुनिश्चितता भएपछि जिल्लाका शिक्षकहरुले शैक्षिक गतिविधि सुचारु गरेका छन् । खोपमा शिक्षकलाई विभेद गरेको भन्दै संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले साउन १४ गतेदेखि जिल्लाभरका अनलाइन कक्षासँगै सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस विरुद्धको भेराेसेल खोप जिल्लाका विभिन्न सामुदियक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई लगाउन सुरू गरिएकाे छ । साउन १६ गतेदेखि खोप दिन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी गरी ४ हजार २ सय २७ जनालाई खोप दिने कार्यक्रम रहेको छ । याे संख्या ५० वर्ष मुनी उमेर समूहकाे रहेकाे छ । ५० वर्ष माथिकाले भने खाेप लगाइसकेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

विरोध सभा चलिरहँदा खोपको सुनिश्चितता भएपछि आन्दोलनको स्वरुप फेरिएको तर सबै शिक्षकले खोप नपाए पुनः आन्दोलन गरिने शिक्षक महासंघकी अध्यक्ष धनकला गाहाले बताइन् । खोपको सुनिश्चितता भई आन्दोलन सफल भएकाले विरोधको स्वरुपलाई परिवर्तन गरी आइतवारदेखि पठनपाठन सुचारु गर्ने भनिएको छ । सबै शिक्षकले खोप पाएपछि आन्दोलन स्थगित हुन्छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकालले बताए ।
खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयलले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गरी शिक्षक महासंघले जिल्लाभरका विद्यायहरुलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस