लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुखमा नियुक्त

लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिए ।

मन्त्रिपरिषद्काे आजकाे बैठकले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस