पाल्पामा हराएका बृद्ध मृत फेला

पाल्पामा हराएका बृद्ध मृत फेला

सुशीला रेग्मी
रामपुर (पाल्पा), ४ साउन

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहामा तीन दिन अघि देखि हराएका बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
ख्याहा बस्ने ७० वर्षीय शालिकराम विक सोमवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विक गत साउन १ गते देखि हराइरहेका थिए । घटनाको सम्बन्धमा अनुसन्धान कार्य जारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस