माथागढी गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्तोष थापा विजयी

माथागढी गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्तोष थापा विजयी

मुक्तिप्रसाद न्यौपाने

पाल्पा, असार १७

माथागढी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तोष थापा मगर विजयी भएका छन् । उनले ६ हजार ९६ मत ल्याएर विजयी भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकै निर्मला भट्टराईले ५ हजार ६ सय २४ मत ल्याएर विजयी बनिन् ।अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेका विमल काफ्लेले ४ हजार २१ मत ल्याउँदा उपाध्यक्षमा माया चिदीले ४ हजार १ सय १ मत प्राप्त गरेकी हुन् । यस गाउँपालिकाको सबै वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस