पाखुरे सामुदायिक वनमा २२ हजार तेजपात राेपिँदै

पाखुरे सामुदायिक वनमा २२ हजार तेजपात राेपिँदै

पाल्पा, असार १३

रैनादेवी छहरा गाउँपालिका ४, पाल्पाकाे पाखुरे सामुदायीक वनमा २२ हजार तेजपातकाे बिरूवा राेपण अभियान सुरू गरिएकाे छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयसँगकाे समन्वयमा बिरूवा राेपण कार्यक्रम सुरू गरिएकाे हाे ।

प्रदेश वन तथा वातावरण जलाधार निर्देशक ईन्द्र पछाईले वृक्षाराेपण अभियानकाे पाखुरे वनमा सुरूवात गरेका हुन् । कार्यक्रममा बाेल्दै निर्देशक पछाईले स्थानीय उपभाेक्तालाइ आत्मनिर्भर बनाउने उद्देश्यले दालचिनी (तेजपात) वृक्षारोपण गर्न लागिएको बताए । सामुदायिक बनका उपभोक्ताहरुले दालचिनी वृक्षारोपण गरेर खाली रहेका नाङ्गा र अग्ला डाँडामा वृक्षारोपण शुरु गरिएको हो कार्यक्रमका बिशिष्ठि अतिथि बन पर्यटन उधोग मन्त्रालयका उपसचिव रमेश गौतमले बताए ।

पाखुरे सामुदायीक बनका अध्यक्ष नल बहादुर रानाले आफ्नै लगानीमा पाखुरे सामुदायीक बनका उपभोक्ताहरुले खरिद गरि दिगो आम्दानी गर्ने उद्धेश्यले वृक्षारोपण गरेको बताए । वृक्षारोपण पछि स्थानीयहरुको जीवनयापनमा सहयोग पुग्ने उनी बताउँछन् । सामुदायीक बनमा उत्कृष्ट काम गरेको भन्दै ९ जना उपभोक्ता सोमान सिंह टन्डन, डिल बहादुर रायमाझी, पुर्ण बहादुर राना, गिरबल सिंह रायमाझी, तेज बहादुर राना कमल रायमाझी, रेवन्त बहादुर छहरी, हुम बहादुर राना र चुरा बहादुर छहरीलाई दोसाल्ला आोढाएर सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस