बौदीकाली गाउँपालिकाको प्राकृतिक विपत्तिबाट सर्तक रहन अनुरोध

बौदीकाली गाउँपालिकाको प्राकृतिक विपत्तिबाट सर्तक रहन अनुरोध

नवलपुर, असार १३

बौदीकाली गाउँपालिका नवलपुरले प्राकृतिक प्रकोप जुनसुकै बेला आउन सक्ने भन्दै सचेत रहेन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले बर्षाद्को कारणले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरु जुनसुकै समयमा आउने सक्ने भएकाले सावधानी अपनाउन गाउँवासीलाई सुचना जारी गर्दै आग्रह गरेको हो । गाउँपालिकाले कुनै समस्या भएमा नजिकको वडा कार्यालय, ईलाका प्रहरी कार्यालय डेढगाउँ वा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले सबैलाई अनुरोध गर्नुभएको छ । अविरल वर्षाका कारण गाउँपालिका भित्रका विभिन्न वस्ती, खानेपानी आयोजना, सिंचाई, भवनहरु लगाएत सबै सडकहरुमा गम्भीर क्षती पुर्याएको सडक अवरुद्ध भएकाले यस्तो विषम परिस्थितिमा सम्पूर्ण गाउँपालिकाबासीहरुलाई धैर्यतापूर्वक सचेततासहित रहन अपिल गरिएको छ ।

बौदीकालीको बजेट ३९ करोड बढी: कोभिड नियन्त्रणलाई प्राथमिकता,पूर्वाधार विकासमा जोड

नवलपुरको बौदीकाली गाउँपालिकाले आगार्मी आर्थिक वर्षका लागि ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको पाँचौ गाउँसमाभा आगामि आर्थिक वर्षकालागि उपाध्यक्ष मायादेवी श्रेष्ठले सो रकम बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाले आगामी आर्थिक वर्षकाको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभामा अध्यक्ष दुर्गाबहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कोभिड महामारी नियन्त्रणलाई जोड दिएको छ । यसको रोकथाम तथा न्यूनिकरणकालागि कोभिड अस्पताल र सबै संस्थाहरुको क्षमता विकासमा जोड दिईएको छ । व्यवसायीक कृषि लाई नीति तथा कार्यक्रमले जोड दिएको छ । व्यवसायिक तरकारी, फलफुल खेती तथा पशुपालन मार्फत रोजगारी सिर्जनामा नीति तथा कार्यक्रम केन्द्रित रहेको छ । नीति तथा कार्यक्रमले गाउँपालिकाभित्र पर्यटन प्रर्वद्धन, धार्मिक तथा साँस्कृतिक र प्राकृतिक सम्पदाको विकास र प्रर्वद्धनमा समेत जोड दिएको छ । गाउँपालिका भित्रका सडकहरु सबै मौसममा चल्ने गरी सडक मर्मत, निर्माण र स्तरोन्नती गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाभित्र पन्ध्र शैयाको अस्पताल र गाउँपालिकाको प्रशासनिक भवन निर्माणको थालनी गर्ने ,सबै वडा कार्यालहरु निर्माण सम्पन्न गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।

बौदीकालीको बजेट ३९ करोड बढीःकोभिड नियन्त्रणलाई प्राथमिकता,पूर्वाधार विकासमा जोडनवलपुरको बौदीकाली गाउँपालिकाले आगार्मी आर्थिक वर्षका लागि ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको पाँचौ गाउँसमाभा आगामि आर्थिक वर्षकालागि उपाध्यक्ष मायादेवी श्रेष्ठले सो रकम बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।गाउँपालिकाले आगामी आर्थिक वर्षकाको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभामा अध्यक्ष दुर्गा बहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कोभिड महामारी नियन्त्रणलाई जोड दिएको छ । यसको रोकथाम तथा न्यूनिकरणकालागि कोभिड अस्पताल र सबै संस्थाहरुको क्षमता विकासमा जोड दिईएको छ । व्यवसायीक कृषि लाई नीति तथा कार्यक्रमले जोड दिएको छ । व्यवसायिक तरकारी, फलफुल खेती तथा पशुपालन मार्फत रोजगारी शिर्जनामा नीति तथा कार्यक्रम केन्द्रित रहेको छ ।नीति तथा कार्यक्रमले गाउँपालिका भित्र पर्यटन प्रर्वद्धन,धार्मिक तथा सास्कृतिक र प्राकृतिक सम्पदाको विकास र प्रर्वद्धनमा समेत जोड दिएको छ । गाउँपालिका भित्रका सडकहरु सबै मौसममा चल्ने गरि सडक मर्मत,निर्माण र स्तरोन्नती गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिका भित्र १५ शैयाको अस्पताल र गाउँपालिकाको प्रशासनिक भवन निर्माणको थालनी गर्ने ,सबै वडा कार्यालहरु निर्माण सम्पन्न गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।

प्रतिक्रिया दिनुहोस