एमाले अध्यक्ष ओली समूहलाइ एकैदिनमा चार धक्का !

एमाले अध्यक्ष ओली समूहलाइ एकैदिनमा चार धक्का !

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

नेकपा एमाले अध्यक्ष के पी ओली समूहकाे निर्णयकाे विपरित चार निर्णय एकै दिन भएकाे छ…

१) एमाले पार्टी अध्यक्ष के पी ओलीले गठन गरेको १० औँ महाधिवेशन कमिटी सर्वोच्चद्वारा अबैध

२) प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिले ल्याएको नागरिकता सम्बन्धि अध्यादेश सर्वोच्चद्वारा खारेज ।

३) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिस्वासको मत गुमाए ।

४) फ्लोर क्रस गरेको भनी कारबाहीमा परेका कर्णाली प्रदेशका एमालेका ४ सांसदको पद नजाने सर्वोच्चको निर्णय ।

प्रतिक्रिया दिनुहोस