नेपाली काङ्ग्रेसको महाधिवेशन छलफल युथ सर्कलमा

नेपाली काङ्ग्रेसको महाधिवेशन छलफल युथ सर्कलमा

कपिल देवकाेटा, पाल्पा

सुशील काेइराला साेसलिष्ट युथ सर्कल जिल्ला कार्यसमिति पाल्पाको अायाेजनामा ” नेपाली काङ्ग्रेसको अागामी महाधिवेशन ” विषयक जुम (भर्चुअल ) विचार गाेष्ठी सम्पन्न भएकाे छ। उक्त भर्चुअल विचार गाेष्ठीका प्रमुख अतिथि वक्ता नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा मिनेन्द्र रिजालले हिजो मात्रै सभापति शेर बहादुर देउवाले पार्टीको महाधिवेशन भदौ भित्रै सम्पन्न गर्न अाफु प्रतिबद्द रहेको कुरा उल्लेख गर्दै वक्तव्य जारी गरेको कुरा जानकारी गराउनु भयाे ।

डा रिजालले महाधिवेशनकाे कुरा गरिरहनु भन्दा पहिला कृयासिल सदस्यताकाे विषयलाई टुङ्याएर अघि बढ्नु पर्ने कुरामा जाेड दिनु भयाे । भर्चुअल विचार गाेष्ठीमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गुरु राज घिमिरे , नेविसंघ महामन्त्री उर्मिला थपलिया , लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस पाल्पाका सभापति वीर बहादुर राना, अधिवक्ता गाेकर्ण बन्जाडे, सुशील काेइराला साेसलिष्ट युथ सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापा लगायतले भदौ भित्रै महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार हुनुपर्ने साथै काेभिडले भाैतिक उपस्थितिमा महाधिवेशन गर्न नदिएता पनि अन्य वैकल्पिक उपाय अपनाएर महाधिवेशन गर्नुपर्ने कुरामा जाेड दिनुभयो ।

विचार गाेष्ठीमा नेपाली काङ्ग्रेस प्रती अास्थावान ५० भन्दा बढी ब्यक्तिहरूकाे सहभागीता रहेकोे थियोे । उक्त विचार गाेष्ठीकाे सहजिकरण सुशील काेइराला साेसलिष्ट युथ सर्कल पाल्पाका अध्यक्ष युवराज चन्द ठकुरीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस