तानसेनबासीकाे वर्षौ देखिको सपना पुरा, कालीगण्डकीको पानी घरघरमा

तानसेनबासीकाे वर्षौ देखिको सपना पुरा, कालीगण्डकीको पानी घरघरमा

प्रकाश नेपाल
पाल्पा , जेठ २६
तानसेन नगरबासीको धित मर्ने गरि प्यास मेटाउने हो भने कालीगण्डकी भन्दा अन्यको विकल्प छैन भन्दा धेरैलाई आश्चर्य लाग्यो । अथक र लामो समयको देखिको प्रयास पछि कालीगण्डकी नदीको पानी यतिखेर सबैको घर घरमा पुगेको छ । बढ्दो जनसख्या र बढ्दो जन घनत्वका कारण तानसेनमा खानेपानीको समस्याको विकराल रुप लिएको थियो ।तानसेनलाई खानेपानीको व्यवस्थापन प्रताप शमशेरको समय देखि भएका योजनाहरु पुराना र जिर्ण हुदै जानु , पानीको मुहानमा पानी नै कमी हुदै जादा काकाकुल बन्ने अवश्थामा पुगेको नगरमा कालीगण्डकीको पानी छताछुल्ल हुने गरी आए पछि नगरबासी दिर्घ कालीन रुपमा समस्या समाधान भएकामा खुसी भएका छन् ।
दुई दशक भन्दा अगाडि तानसेन नगरको खानेपानी समस्या समाधानका लागि महायज्ञ पनि गरियो । त्यसमा सरकारको पनि सहयोगका कारण सिस्ने मुलको खानेपानी योजना पनि सम्पन्न गरियो तर सिस्नेको पानी जति आउनु पर्ने हो त्यती आउन पाएन ।
प्रभासमा बोडिङ गडेर लिफ्टिङ गर्ने योजना पनि बन्यो ।काम पनि भयो । पाइप लाइनको काम गर्ने समयमा बजेट आएन । श्रीनगर डाडामा बोरिङको प्रयास पनि भयो त्यो पनि सफल भएन । त्यस पछि कालीगण्डकीको योजना अगाडि बढाइएको उपभोक्ता समितिका सचिव केशव पौडेलले बताए ।
अन्तिम प्रयासका रुपमा काली गण्डकी थियो । यसलाई कार्यन्वयन ग¥यो , त्यस बखतमा काली गण्डकीको पानी तानसेनमा आउनु भनेको ल‚ाको सुन जस्तै हो भनेर समितिलाई उत्साहित गर्नुको सट्टा हत्तोसाहित बनाउने काम भयो । यसको श्रेय चकोर मान शाक्यलाई दिनु पर्दछ । उहाको सार्थक प्रयासका कारण सफल भएको हो तर दैवको विडम्वना योजना सम्पन्न भएर घर घरमा पानी झरेको देख्न पाउनु भएन । सचिव पौडेलले भने ।
तानसेन नगरलाई दैनिक ३५ लाख रुपैया भन्दा बढि पानी आवश्यक पर्दछ । तर तानसेनमा बाझा , भुल्के सहित अन्य स्रोतबाट ७ देखि ८ लाख लिटर पानीको आपूर्ति हुने हो । बाकी सबै स्थानिय ढुगें धारा ट्रया‚र बाट आपूर्ति भएको थियो ।
अव २० वर्ष सम्मका लागि कालीगण्डकीको पानी पुग्ने समितिका व्यवस्थापक दिवाकर अर्यालले बताए । ।
दुईमहिना अगाडि यसको परिक्षण भएको थियो । सफल भयो । अब पुन एक पटक पानीको ल्याव परिक्षण गरिने छ उनले भने ।
यस प्रणाली बाट प्रति सेकेण्ड ३६ लिटर क्षमता रहेकोमा हाल ४५ मिनेटमा एक लाख लिटर पानी तानसेनको मुख्य रिर्जभ टकींमा झरेको आयोजनाका प्राविधिक केशव खत्रीले बताए । कालीगण्डकी नदी किनारामा पहिलो चरणमा निर्मित इनार बाट २० वर्ष पछि सम्म पनि प्रति सेकेण्ड ३६ लिटर पानी आउने र योजनालाइ दिर्घ कालिन बनाउन दोस्रो इनार र प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेकाले ल्यावको परिक्षणबाट पिउनका लागि योग्य भएको प्रमाणित भए पछि बल्ल पिउन भनिएको हो उनले भने ।
लामो प्रतिक्षा बाट काली गण्डकीको पानी आयो तर परिक्षण बिना नै पानीको प्रयोग गरिरहेको स्थानिय बासिन्दा प्रतिक्षा सिंजालीले बताइन ।कुनै समय त महिनामा दुई पटक मात्र धारामा पानी आयो । त्यो संझदा अहिले कस्तो कस्तो हुन्छ । त्यसैले परिक्षण बिना नै पानीको प्रयोग गरेको उनले बताइन ।
करिव ५० हजार जनसख्या रहेको यस नगरमा यस योजनाले साविकको एक देखि आठ वडाका जनसख्या समेटिने छन । योजना सम्पन्न गर्नका लागि २५ करोड ३९ लाख रुपैंया खर्च भएको छ । हाल सम्म ३ हजार ५ सय धारा वितरण भएको छ । नया धारा जडानका लागि १ हजार ५ सय निवेदन परेको छ । यसलाई क्रमिक रुपमा वितरण गर्दै जाने समितिले जनाएको छ । बजार भित्र वितरण प्रणाली अन्तर्गत शाखा लाइनका केही ठाउमा पाइप लाइन जिर्ण भएकले यसको व्यवस्थापन नगर्दा सम्म कठिनाइ हुने समितिका कोषाध्यक्ष भिमसेन कार्कीले बताए। यस योजनाका लागि बेग्लै टि ओ डी मिटर जडान गर्नु पर्ने हुन्छ । तर विद्युत प्राविधिकरणले जडान गर्न ढिलाई गरिदिदा अहिले मासिक रुपमा १० देखि १५ लाख रुपैंया विद्युत महसुल वापत खर्च भइ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस