सत्यवती बज्यैकाे मन्दिर पुग्न केबलकार बन्दै !

सत्यवती बज्यैकाे मन्दिर पुग्न केबलकार बन्दै !

प्रकाश नेपाल
पाल्पा, जेठ २५
चिच्याएर बर माग्ने गरिएकाे सत्यवती बज्यैकाे मन्दिर पुग्न केबलकार स्थापना हुने भएकाे छ । पाल्पा जिल्लाकाे तिनाउँ गाउँपालिकामा रहेकाे मन्दिरमा मेलाकाे समयमा पुग्नकै लागि झण्डै तीन घण्टा पैदलयात्रा जानुपर्ने बाध्यता छ । सत्यवती ताल मन्दिर र त्यस क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रवर्धन उदेश्यले केबुलकारको स्थापना गरिन लागेको हो ।
सत्यवती दर्शन प्रा.लीको १सय १० करोडको लगानीमा तिनाउ गाउपालिकाको चौबिस माइल देखि मन्दिर नजिक १ हजार ३ सय ५० मिटर लम्बाइको केबुलकार बन्ने संचालक डिल्लीराज बस्यालले बताए । कोभिड संक्रमणको समान्य अवस्था भए पछि १८ महिनाको अवधिमा निर्माण कार्य पुरा गरिने र त्यसका लागि आवश्यक पुर्वाधारको निर्माण कार्य अगाडि बढाएको बताए । फरक बिषेशता भएको नेपालको एक मात्र धार्मिक क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने उदेश्यले केबुलकारको निर्माण संगै सत्यवती बज्यैको मन्दिर र बाजेको मन्दिर निर्माण हुने संचालक बस्यालले बताए । मन्दिर निर्माण कार्यका लागि नेपाल सरकारले डि .पि .आर तयार गरिसकेको छ ।
फरक विषेशता भएको यस मन्दिरमा कार्तिक महिनाको पुर्णिमामा विषेश पूजा हुने र यस मन्दिरमा चिच्याएर वर मागे पुरा हुने धार्मिक जन विश्वास रहेको छ । यस मन्दिरमा दर्शनका लागि घण्टै सम्मको पैदल यात्रा बाट स्वदेशी तथा भारतिय भक्तजनहरु आउने गरेको स्थानिय बासिन्दा तथा वडा अध्यक्ष दान बहादुर गाहाले बताए । धार्मिक दृष्टिकोण बाट महत्व ठानिएको सत्यवती वातावरणिय हिसाबले पनि महत्व बोकेको स्थानमा केबुलकारको स्थापनाको कारण यस क्षेत्रको पर्यटन बिकासमा ठुलो सहयोग पुग्ने उनले बताए ।
सांस्कृतिक रुपमा समेत उत्तिकै महत्व रहेको यस क्षेत्रमा भारतको उत्तरप्रदेश र विहार बाटद समेत धार्मिक आस्थाका कारण अन्य समयमा समेत भक्तजनहरु आउने गर्दछन् । पछिल्लो समयमा सडकको स्तर उन्नति भए पछि सहज भए पनि केबुलकार संचालनमा आए पछि भारतिय पर्यटकहरुको उल्लेखिय रुपमा वृद्धी हुने गाउपालिका का अध्यक्ष ओम बहादुर घर्तीले बताए ।
केबुलकार सगै पर्यटकलाई लक्षित गरी खाजा घर अथिती गृहको निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । सिद्धार्थ राजमार्गको चौबिस माइल , झुम्साबाट सडकले जोडिएको यस क्षेत्र अग्लो ठाउ भए पनि सिमसार क्षेत्र भएकाले पृथक विषेशता भएको यस क्षेत्रमा पर्यटन बिकासमा सहयोग पुग्ने र धार्मिक महत्व भएकाले प्रचार प्रसारको कमिका कारण अपेक्षाकृत रुपमा बिकास हुन सकेको थिएन । केबुलकारका कारण यस क्षेत्रको बिकासमा थप सहयोग पुग्ने स्थानियहरुको भनाई रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस