विपन्न परिवारलाई ईस्लामिक सक्रिय युवा समाजको सहयोग

विपन्न परिवारलाई ईस्लामिक सक्रिय युवा समाजको सहयोग

सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ जेठ
कोरोनाको माहामारी न्युनिकरणका लागि पाल्पामा निषेधाज्ञा जारी गरेपछि समस्यामा परेका विपन्न परिवारलाई ईस्लामिक सक्रिय युवा समाज दोहा कतारले रामपुर नगरपालिका वडा नं ४ ईस्लामपुर क्षेत्रका नागरिकलाई आर्थिक रकम सहयोग गरेको छ ।
कतारमा वैदेशिक रोजगारमा रहेका युवाहरुद्धारा गठित ईस्लामिक सक्रिय युवा समाजमा आबद्ध सदस्यले सङ्कलन गरेर पठाएको रकम आज विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । निषेधाज्ञाको मारमा परेका गरिव, विपन्न परिवारका नागरिकलाई थोरै भएपनि आर्थिक सहयोग पाएपछि ठुलो राहत मिलेको छ ।
वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपाली युवाहरुले सङ्कलन गरेको एक लाख रकमबाट ईस्लामपुर क्षेत्रका २० घरपरिवारलाई प्रति परिवार पाँच हजारका दरले रकम सहयोग गरेको ईस्लामिक सक्रिय युवा समाज दोहा कतारका सदस्य मन्जुर आलम मियाँले बताउनुभएको छ ।
कोरोना माहामारीको जोखिम न्युनिकरण गर्नका लागि जारी निषेधाज्ञाका समयमा मजदुरी गरेर दैनिक गुजारा चलाउने नागरिक बढी निषेधाज्ञाको मारमा परिरहेका छन् । साँझ बिहानको जोहो गर्न तथा औषधी उपचारमा आर्थिक रकम अभावको समस्या झेल्दै आएका नागरिकलाई छनौट गरी रकम वितरण गरिएको रहिम मियाँले जानकारी दिनुभएको छ । सन् २००५ मा कतारमा स्थापना भएको यस समाजमा आबद्ध व्यक्तिले वैदेशिक रोजगारको क्रममा कमाएको रकमबाट केही रकम छुट्टाएर सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष शेख अब्दुलाले बताउनुभएको छ । हाल यस संस्थामा ६० जना सदस्य आबद्ध रहेका छन् । फोटो पनि छ है,,,,,,,,,,,,,,

प्रतिक्रिया दिनुहोस