राणाकालीन पाँच पत्रिका

राणाकालीन पाँच पत्रिका

पुष्कर अथक रेग्मी

१. सुधासागर ( जेठो ) नेपालबाटै प्रकाशन भएको सबैभन्दा पहिलो पत्रिका “सुधासागर” हो । बि. सं. १९५५ श्रावणदेखि प्रकाशन भएको यो पत्रिका मासिक रूपमा प्रकाशित हुन्थ्यो ।नेपाली भाषाको बिकास गर्नु र कथा कविता छाप्नु यस्को उद्देश्य थियो। सुधासागर पत्रिका निस्केको थियोे भनेर लेखिएको पाईन्छ तर पत्रिका संग्रह हुन सकेन् । यसको कुनै पनि प्रतिको दर्शन पाइएको छैन ।
२. गोरखापत्र (माहिलो ) सुधासागर प्रकाशित हुन लागेको करीब ३ बर्षपछि बि. सं. १९५८ साल जेष्ठ ३ गते सोमबारदेखि ” गोरखापत्र ” प्रकाशन भयो। जन्मेको अाधारमा यो माहिलो भएतापनि अहिलेसम्म बाँतिरहेको जेठो पत्रिकाको रूपमा रहेको छ ।शरूमा साप्ताहिक ,४२ बर्षको हुदा अर्धसाप्ताहिक , ४५ बर्रषको हुदा हप्ताको तीनपटक, ५९बर्षको उमेरपछि गोरखापत्र दैनिक पत्रिकाको रूपमा प्रकाशन हुँदै अाएको छ ।प्रधानमन्त्री देवशम्सेरको पालादेखि गोरखापत्र प्रकाशन हुँदै अाएको हो ।
३. शारदा ( साहिँलो)           बि.सं १९९१ साल फागुनमा ऋद्धिबहादुर मल्लको सम्पादनमा नेपाली भाषाको पत्रिका ” शारदा ” साहिलो सन्तानको रूपमा जन्मियो ।यसलाई राणा सरकारले समेत अार्थिक सहयोग प्रदान गरे।  शुरूमा राणाहरूको गुणगान गाइएता पनि नजानिदो किसिमले समाजमा चेतना ल्याएको थियो र नेपाली भाषामा प्रकाशनलाई सहयोग पुर्याएको थियो ।
४.उद्योग ( काहिंलो )      नेपाली पत्रिकाको इतिहासमा काहिंलो भइ उद्योग पाक्षिक जन्मियो । यसले उद्योग सम्बन्धि जाषृग गराउने काम गर्यो। बि. सं. १९९२ भाद्र १ गते जन्मेको यो  पत्रिकालाई राणाहरूले सहयोग गरे , तर गाहकहरू भने कमी थिए ।        ५. “साहित्य स्रोत ” ( कान्छो)               नेपाली पत्रिकाको लाममा कान्छो भइ बि. सं २००४ सालमा ” साहित्य स्रोत” प्रकाशित भयो। नेपाली भाषा साहित्यको श्रीवुद्धिका लागि यसले योगदान पुरयायो।यसले जनमानसमा परिवर्तनका लागि तरंग ल्याउने काम गर्यो। …
( स्रोत : देवकोटा ,ग्रीष्मबहादुर( २०५९) नेपालको छापाखाना र पत्रपत्रिकाको ईतिहास, काठमाडौं : साझा प्रकाशन )

प्रतिक्रिया दिनुहोस