पत्रकार महासंघ पाल्पालाई लायन्स र लियोको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

पत्रकार महासंघ पाल्पालाई लायन्स र लियोको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

पाल्पा, जेठ २४
नेपाल पत्रकार महासंघ पाल्पा शाखालाई मास्क, पञ्जा र सेनिटाईजर सहयोग गरिएको छ । पाल्पा लायन्स क्लव र लियो क्लव अफ पाल्पा दोस्रोले महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मालाई कोभिड १९ सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।
कोभिड १९ महामारीको समयमा निरन्तर सूचना प्रवाह गरिरहेका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको लायन्सका डिस्ट्रिक्ट स्टाटेजी कोअर्डिनेटर सुशील प्रधानले बताउनुभयो । कोरोना संक्रमणको जोखिमका बीच सुरक्षित रहेर सूचना प्रवाह गर्न सहयोगी सामाग्री प्रदान गरिएको प्रधानले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले कोरोना महामारीको समयमा सत्य तथ्य समाचार प्रवाह गर्न पत्रकारहरु स्थलगत रुपमा खटिँदा स्वास्थ्य सामाग्री सहयोगी बन्ने बताउनुभयो । पाल्पा लायन्स अध्यक्ष शारदा नेपालले सानो सहयोगले पत्रकारहरुको सुरक्षा संवेदनशीलतामा सहयोगीसिद्ध बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस