छापाखानाको इतिहास

छापाखानाको इतिहास

पुष्कर अथक रेग्मी  
न्ध्रौं शताब्दीमा जान गुटेनवर्गले सर्वप्रथम छाप्ने मेसिनको आबिस्कार गरे । यस मेसिनमा टाइपमाथि कागज राखी थिची छापिन्थ्यो। यसको करीब २५० बर्षपछि बेन्जामिन फ्रेकलिनले फेरि नया किसिमको छाप्ने मेसिन बनाए । यी सबै काठका मेसिन थिए । सन् १७९८ सालमा फलामको पहिलो प्रेश मेसिन बन्यो । यो मेसिन पेचको उपयोगद्वारा चल्दथ्यो । 

सन् १८२७ मा लीवरयुक्त मेसिन बन्यो।पछि सन् १८३४ मा बाफद्वारा चल्ने मेसिन बन्यो । यो एडम प्रेशको नामले संसार प्रशिद्ध भयो । समयको क्रमसंगै बेलायतमा पहिलोपल्ट  सिलिन्डर प्रेश बन्यो ।सन् १८७५मा छाप्ने र पट्याउने मेसिनयुक्त प्रेश बन्यो र सन् १८८१ मा पहिलोपटक त्रिकोण फार्मर प्रेश मेसिन बन्यो । नेपालमा छापाखानाको स्थापना बि.सं १९०८ देखि भएको हो । प्रधानमन्त्री जंगबहदुर  राणा बेलायत भ्रमणबाट फर्किए लगत्तै साथमा ल्याएको छाप्ने मेसिनलाई  ‘गिद्दे प्रेश’ को नाम दिईएको हो । गिद्धको जस्तो अाकृति देखिएकोले मेसिनको नाम गिद्दे प्रेश राखिएको हो । शुरूमा थापाथलीमा राखिएको यस  मेसिनले हुलाक टिकट , खाम र हवाई पत्रहरू छाप्ने काम गर्यो। बोलिचालीमा  गिद्दे प्रेश भनेतापनि यसको नाम ‘ टाइप छापाखाना ‘ रहेको थियो । 

प्रधानमन्त्री जंगबहादुरकै पालामा नेपालमा फेरि अर्को छाप्ने मेसिन ल्याइयो ।जस्लाई ‘ मनोरञ्जन छापाखाना’ भनियो । यसले बि. सं १९१८/१९ सालदेखिनै पुस्तकहरू छाप्न शुरू गर्यो। काठमाडौ ठहिंटीमा रहेको यस  प्रेशले सबैभन्दा पहिले ऐनको किताब छाप्यो । बि. सं १९३० पछि नेपालमा फेरि अर्को प्रेश ल्याइयो ,जसलाई ‘ छापाखाना ‘ मात्र भनियो ।पछि जंगी लिथोग्राफी छापाखाना समेत स्थापना भयो ।बि. सं. १९६३ मा अाइपुग्दा दुइवटा  हाते छापाखाना पनि नेपालमा ल्याइयो ।  नेपालमै छाप्ने मेसिन प्रेसको अाबिस्कार बि. सं १४४९ मा भएको थियो । काठमाडौ पोखल्ड्याङ निवासी कुवेररत्न बज्राचार्यले नेपालमै फलामे हातको मेसिन अाबिस्कार गरेका थिए ।यसको नाम ‘बुद्ध प्रेश’ थियो ।  यस प्रेशबाट संस्कृत ,बुद्ध र हिन्दु धर्म ग्रन्थसंग सम्बन्धित पुस्तकहरू छापिए । पछि यो अन्नपूर्ण प्रेशको रूपमा रह्यो ।

बि. सं १९७२ सम्म अाईपुग्दा क्रमशः ढोकाटोल,नारायण ,भगवती  र सरस्वती प्रेशहरू स्थापना भए ।बि. सं १९६९ सालमा बिजुलीबाट चल्ने छापाखाना नक्सालमा स्थापना भयो । यस प्रेशबाट गोरखापत्र छाप्न सजिलो भयो । बिजुली छापाखाना नेपालको पहिलो इलेक्ट्रोनिक छापाखानाको रूपमा रह्यो ।

# स्रोत : देवकोटा, ग्रीष्मबहादुर(२०५९) नेपालको छापाखाना र पत्रकारिताको ईतिहास , काठमाडौं : साझा प्रकाशन ।

प्रतिक्रिया दिनुहोस