पत्रपत्रिकाको इतिहास

पत्रपत्रिकाको इतिहास

पुष्कर अथक रेग्मी 

छैटौ शताब्दीमा चिनबाट निस्किएको “त्सिंगपाओ” मनसिक पत्रनै बिश्वको पहिलो प्रकाशित पत्रिका हो । समयको क्रमसंगै तुंग राजाहरूको शासनकालमा सन् ६१८ देखि ९०५ सम्म ” पेकिङ गजेट” प्रकाशित भयो । पेकिङ गजेट र जुलियस सिजरको “एकटा डिउर्ना” लाई पत्रपत्रिकाको इतिहासमा अग्रपंक्तिमा ससम्मान राखिन्छ । 

दशौ देखि चौधौ शताब्दी सम्मको पत्रपत्रिकाको ईतिहास खोजी हुनु जरूरी छ । पन्ध्रौं शताब्दीमा आइपुग्दा जर्मनीहरूले पाण्डुलिपि पत्रिकाको शुरूवात गरे ।सन् १९५६ मा भेनिसमा “नोटिजी स्कुते” नामक पत्रिकाको प्रबाशन प्रारम्भ राज्य पक्षद्वारानै भयो  । आधुनिक स्वरूपको समाचार पत्र नेदरल्यान्डबाट सन् १५२६ देखि प्रकाशन भएको ” न्युजाइटुङ” पत्रिकालाई पत्रकारिताका इतिहासकारहरूले मान्दै आएका छन् ।बेलायतमा सन् १४७०-१४८० को दशकमै छापाखानाको बिकास भएको थियोे ।  यद्यपि बेलायतबाट आधुनिक स्वरूपको पत्रिका भने सन् १६२२ मा प्रकाशित भयो ।यसको नाम ” विकली न्युज ” थियो ।बेलायतबाटै सन् १७०२ देखि दैनिक पत्रिकाको रूपमा ” द लण्डन डेली करेण्ट” प्रकाशित भयो।    त्यतिबेला पत्रकारहरूलाई सरकारका कार्यहरू छाप्ने अधिकार थिएन । सन् १७६३ मा पत्रकार जाँन बिकलिजद्वारा छेडिएको अभियानपछि पत्रकारहरूले  “पार्लियामेन्ट प्रेश ग्यालरी ” मार्फत सरकार र राज्यका गतिविधिहरू समेत छाप्न पाए । यही क्रममा बेलायतमा सन् १८२१ देखि प्रख्यात पत्रिका ” म्यानचेष्टर गार्जियन” को स्थापना भयो । 

अमेरिकामा शुरूमा हस्तलिखित पत्रपत्रिकानै प्रकाशित थिए । पेशेवर लेखकहरूद्वारानै हस्तलिखित पत्रिका प्रकाशित हुन्थ्यो । अमेरिकामा सन्१६९० मा ” पब्लिक अाकरेन्सेस” को प्र काशन भयो । यसपछि सन्१७९३ मा ” मिनर्वा” दैनिक प्रकाशित भयो । मिनर्वाका सम्पादक ह्नोवष्टर नै यहाँको पत्रकारीताको पहिलो सम्पादक भए । फ्रान्समा सन् १६३१ ,  रूसमा सन्१७०२  र  टर्कीमा सन् १७९५  देखि पत्रिका प्रकाशनले निरन्तरता पाएको देखिन्छ । छिमेकी राष्ट्र भारतमा १९ जनवरी १७८० देखि ” बंगाल गजेट” प्रकाशन भयो ।यो अंग्रेजी भाषामा थियो । सन् १८२६ देखि हिन्दी भाषामा पहिलो पत्रिका ” सम्वाद कौमुदी ” प्रकाशित भयो ।

नेपालमा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा बि.सं १९०८ मा एउटा हाते प्रेश नेपाल ल्याइयो ।यही क्रममा नेपालको जेठो जिवित पत्रिका हुने सौभाग्य बि. सं १९५८ साल जेष्ठ ३ गते मंगलबारदेखि प्रकाशन प्रारम्भ भएको ” गोरखापत्र ” ले पायो ।

( स्रोत : देवकोटा, ग्रीष्मबहादुर(२०५९) नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ,काठमाडौ : साझा प्रकाशन )

प्रतिक्रिया दिनुहोस