पाल्पामा निषेधाज्ञा जेठ ३१ गते राती १२ बजेसम्म थप

पाल्पामा निषेधाज्ञा जेठ ३१ गते राती १२ बजेसम्म थप


पाल्पा,जेठ २३


पाल्पामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जेठ ३१ गते राती १२ बजेसम्म थप गरेको हो ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर अझै पनि नियन्त्रणमा नआएको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
बैठकले सबै बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७–१० सम्म खुलाउने निर्णय गरेको छ । जिल्लामा गत चैत १७ गतेदेखि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस