पाल्पाकाे निषेधाज्ञा जेठ ३१ सम्म लम्बियाे, बैंक बिहान खुल्ने

पाल्पाकाे निषेधाज्ञा जेठ ३१ सम्म लम्बियाे, बैंक बिहान खुल्ने

जेठ २४ गतेसम्म रहेकाे पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिकाे बैठककाे निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म थप भएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा भएकाे बैठकले बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७-१० सम्म खाेल्ने निर्णय गरेकाे छ । यस्तै तरकारी पसल ९ बजेसम्म खुल्नेमा १० बजेसम्म खुल्न दिने भएकाे छ ।

कोभिड विरुद्धको खाेप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । खाेप ६०-६४ वर्ष भनिएकाेमा खाेप कम उपलब्ध भएकाले ६२-६४ उमेरका लागि मात्र लगाइने निर्णय भएकाे बताइएकाे छ ।

हेर्नुहाेस् निर्णय…

प्रतिक्रिया दिनुहोस