पौडेल, महतो र महाशेठ उपप्रम; शेरबहादुरलाई स्वास्थ्य, एमालेका ४ बाहेक पुराना सबै बिदा

पौडेल, महतो र महाशेठ उपप्रम; शेरबहादुरलाई स्वास्थ्य, एमालेका ४ बाहेक पुराना सबै बिदा

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका पुराना अधिकांश मन्त्रीलाई बिदा गरेका छन् ।

शुक्रवार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा एमालेबाट पुराना ४ मन्त्रीले मात्र निरन्तरता पाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेललाई निरन्तरता दिँदै उपप्रधानमन्त्री बनाइएको छ । उनका अलावा कृष्ण गोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्वाङले निरन्तरता पाएका छन् ।

एमालेबाट नयाँ अनुहारका रूपमा शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।

यसअघि मन्त्री छँदा बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूका सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

यसअघि उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलसहित एमालेका सबै मन्त्रीलाई बिदा गरिएको छ ।

नयाँ थपिएका रघुवीर महाशेठ उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका छन् ।

जसपाबाट थपिने र एमालेबाट थपिने मन्त्रीहरूको शपथ आजै साँझ एक साथ हुने बालुवाटार स्रोतले जानकारी दियो ।लोकान्तर डटकममा समाचार छ ।

प्रतिक्रिया दिनुहोस