माथागढीका स्वास्थ्य स्वयंसेविकालाइ स्वास्थ्य सामाग्री

माथागढीका स्वास्थ्य स्वयंसेविकालाइ स्वास्थ्य सामाग्री

गजेन्द्र पन्थी

माथागढी गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वंयम सेविका र गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई बे‍स नेपाल अन्तर्गतकाे सुआहारा दाेस्राे कार्यक्रमको सहयाेगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ । महिला स्वास्थय स्वयम सेविकाहरुलाई प्रत्यकलाई ५० वटाका दरले मास्क र १०० एम‍.एलकाे सेनिटाइजर प्रदान गरेकाे हाे ।

यसै गरी ८ वटा  स्वास्थ्य संस्थाहरुलाई १०० वटाका दरले मास्क र ५०० एम.एल.काे सेनिटाइजर बेस नेपालका फिल्ड संयाेजक दिनेश घिमिरेले गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत राजु नेपाललाई हस्तान्तरण गर्नु भएकाे‍ हाे । बेस नेपालले पाल्पा जिल्लाका १० वटै स्थानीय तहहरुमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरणकाे कार्यक्रम रहेकाे बेश नेपालका कार्यकारी निदेर्शक शालिकराम पाण्डेले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस