एक एक पाईला सामुदायिक स्वास्थ्य केन्द्र काठमाण्डौद्धारा पाल्पामा स्वास्थ्य सामाग्री वितरण

एक एक पाईला सामुदायिक स्वास्थ्य केन्द्र काठमाण्डौद्धारा पाल्पामा स्वास्थ्य सामाग्री वितरण

दिनेश घिमिरे

जेठ १९ पाल्पा

विश्वास ब्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस कोविड १९ रोकथाम तथा नियन्त्रणका लागि एक एक पाईला सामुदायिक स्वास्थ्य केन्द्र काठमाडौले पाल्पामा गाउँपालिका तथा नगरपालिकाको अनुरोध अनुसार स्वास्थ्य सामाग्री र औषधी हस्तान्तरण गरेको छ।

जिल्लाको तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका र पुर्वखोला गाउँपालिकालाई कोभिड १९ पोजिटिभ भएर बसेको व्यक्तिलाई वितरणको लागि आषधी हस्तान्तरण गरेको छ ।

जिल्लामा दैनिक रूपमा संक्रमित नागरिकहरूको सख्या वृद्धि भई रहेको र त्यस्को प्रभाव न्युनीकरण गर्नका लागी र संक्रमित भएर होम आइसोलेनमा बसेका आर्थीक स्थीति कम भएका व्यक्तिहरुलाई नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष बिनोद कुमार पोख्रेल तथा पाल्पा जिल्लाका समाजसेवी दिनेश घिमिरेको पहलमा अत्यावश्यक ९ थरीको औषधीको प्याकेट तानसेनलाई २०० प्याकेट औषधी र १५ पिस थर्मोमिटर साथै रिव्दीकोट र पुर्वखोलालाई ५०।५० प्याकेट औषधी र ३।३ पिस थर्मोमिटर वितरण गरिएको दिनेश घिमिरेले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठकले यस्तो महामारीको बेला सहयोग गर्ने सस्था एक एक पाईला नेपाल र सहकार्य गर्ने पोखरेल र घिमिरेलाई नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

रिव्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी र पुर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले औषधी सहयोग सस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्यको लागी अनुरोध र सस्थालाई पाल्पा जिल्लामा स्वागत गर्नुभएको छ ।

सामाग्री पाल्पा ल्याउन पहल गर्नुहुने नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष बिनोद कुमार पोख्रेल तथा पाल्पा जिल्लाका समाजसेवी दिनेश घिमिरेलाई पनि पालिकाको तर्फबाट सम्मान, धन्यवाद सहित आगामी दिनमा समेत सहकार्यको लागी अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस