पाल्पामा थप ६१ जनामा संङ्क्रमण पुष्टि,थप ३को मृत्यु

पाल्पामा थप ६१ जनामा संङ्क्रमण पुष्टि,थप ३को मृत्यु

पाल्पा, जेठ १९


पाल्पामा बुधबार थप ६१ जना कोरोना सङ्क्रमित थपिएका छन । कोरोना संक्रमणकै कारण पाल्पामा बुधबार थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट ३ का ८१ बर्षका पुरुष छन । त्यस्तै पूर्बखोला ४ का ३२ बर्षका पुरुष र रम्भा २ का ७९ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा थप १ सय २ जना निको भएका छन ।
संक्रमित हुनेहरुमा ३१ जना पुरुष र ३० जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासंगै पाल्पामा थप ६१ जना कोरोना सङ्क्रमित भएका हुन । जिल्लामा हाल १ हजार ७४ जना सक्रिय संक्रमित रहेका छन ।
जिल्लामा कोरोना सङ्ंक्रमणकै कारण मृत्यु हुनेको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस